कान दुख्ने समस्या छ ? यसरी गर्न सकिन्छ घरमै उपचार

कानमा कुपित वायु प्रविष्ट भएर शूर उत्पन्न गर्दछ । यसलाई कानको दुखाइ भनिन्छ ।

घरेलु उपचार

१ आँकको पातलाई खटाइमा पिसेर रस निकाल्नुहोस् । यो रसमा तेल र नुन हालेर थूहर (एक प्रकारको रुख) को काठमा भर्नुहोस् । त्यसपछि यो काठमा थिचेर रस निकाल्नुहोस् । रसलाई तताएर कानमा हाल्नाले कानको दुखाइ ठीक हुन्छ ।

२. आँकको पातलाई घीउ लगाएर आगोमा तताएर तथा त्यसको रस निकालेर कानमा हाल्नाले कानको दुखाइ ठीक हुन्छ ।

३. बाख्राको मूत्रमा सिधेनुन हालेर तताएर कानमा हाल्नाले कानको दुखाइ ठीक हुन्छ ।

४. अरलु (कलाबु) को रसमा तेल पकाउनुहोस् । यो तेल मनतातो पारेर कानमा हाल्नाले सबै प्रकारका कानका दुखाइहरु ठीक हुन्छन् ।

घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *