जीवन शाक्य
हामी बारबार बिरामी पर्छाै र यसबाट मुक्ति पाउन चिकित्सक, धामी झाक्री र स्वास्थ्यकर्मीकहाँ पुग्छौं । वास्तविक कारण कसैले राम्ररी भन्दैन, औषधि लगायत खान नहुने खानेकुराहरु बार्न र केही योगहरुको परामर्श सम्म दिने गरेको पाइन्छ । कतिपय अवस्थामा बिरामी पर्नुका वास्तविक कारण चिकित्सकले पनि बताउँदैनन्,चिकित्सकलाई समय पनि हँुदैन । केही दिनपछि निको त होला तर घरिघरी बिरामी पर्नु हाम्रो नियति जस्तै भैसकेको छ । रोग या स्वास्थ्यको स्थायी दीर्घकालीन समाधानमा यथेष्ट सचेतता अनपाएको देखिदैन ।
हाम्रो संस्कार परम्परा, स्कूल क्याम्पस र विश्व विद्यालय स्तरको पढाई सिकाई, समाज, संघसंस्थाको प्रकृति हेर्दा प्राविधिक शिक्षा पढ्न नपाएकाले रोजगार पाउन कठिन छ । उत्प्रेरणा, लगनशिलता, उत्साह दिदैन, मात्र खर्च धेरै गराउने देखिन्छ । जीवनमा मान्छेहरु बीच प्रेम सद्भाव, सहयोग, सम्बन्ध धेरै कम छ । सहज तरिकाले काम सम्पन्न गर्न कठिन छ । सबै–सबै आफनो स्वार्थ फाइदा नाफाको लागि दौडिरहेका छन् । यसले काम क्रोध, लोभ मोह अहंकार ईष्या द्धेष गर्न सिकाउँछ । कुनै पनि उपायले पैसा कमाउन, मिठो खान लाउन, शक्ति, सत्ता कमाउन सिकाउँछ । प्रायः सवै शान्ति, स्वास्थ्य, सार्थकता भन्दा अशान्त, तनाव, रोगी, बिरामी, दुःख, कष्ट पाएर बाँचिरहेका देखिन्छन्, बुढेसकालमा अवस्था झन् खराब छ ।
भित्री हृदयले खोज्ने शान्ति, स्वास्थ्य, सन्तोष, सफलताको चाहनाका लागि मठ मन्दिरमा जाने, पुजाआजा गर्ने फूल अक्षता चढाउने, देवी देवतालाई भाकल गर्ने, कुखुरा, बोका राँगा आदिको बली दिने चलन, संस्कार छ । केही धार्मिक आश्रमहरु पुगेका छन्, हामी पनि पुगेका छौ, कोही चार धाम धाउँछन्, अनेक नाम चलेका मन्दिरहरु चाहर्छन्, चाहरेका छन् । वास्तविक शान्ति, स्वस्थ जीवन वा कामना चाहना पुरा भएर सन्तोष सुख प्राप्त भयो या भएन ? थाहा छैन । जहाँ सम्म लाग्छ, प्रायको पुरा भएको छैन । धार्मिक आश्रमका नियमहरु, खानपान, भनाई र निर्देशनहरु सवैलाई अनुकुल लाग्दैन । र धेरैले आश्रम छोड्ने गरेका पनि छन् । केही आश्रमहरुमा योग सिकाइन्छ । योग भनेको व्यायाम, प्रणायाम मात्र हो भन्ने धेरैको सोच हो । अति जरुरी कुरा पनि हो यो जीवनमा । तर ब्यायाम, प्रणायामले मात्र सफलता, स्वास्थ्य र शान्ति पाइन्छ भन्ने हुँदैन, त्यो केही प्रतिशत मात्रै होला ।
आखिर के हो त वास्तविक स्वास्थ्य, शान्ति, पाउने बाटो ? के हो आधार ? यसको लागि केही खोज गर्नेहरु गुरुको खोज गरी गुरुको शरणमा, आश्रममा पुगेका छन् । घर, श्रीमति, परिवार छाडेर भिक्षु, जोगी भएर लाग्नेहरु पनि भेटिन्छन् समाजमा तर के तिनीहरुले वास्तवमा शान्ति, स्वस्थ, सार्थकता पाएका छन् ? यसको अध्ययन, अनुसन्धान त छैन । तर, पायो नै भन्ने आधार पनि देखिदैन । उनीहरुको रहनसहन, पहिरन र केही छिनको व्यवहार हेरेर मात्र उनीहरुले शान्ति, स्वास्थ्य, सन्तोष सफलता पायो भन्ने ढुक्क आधार देखिदैन ।
जे होस् एउटा निश्चित कुरो भन्न सकिन्छ गुरुको पुच्छर समातेर नै शान्ति, स्वास्थ्य सार्थकता पाउन सकिन्छ भन्ने छैन । आफै परिश्रम, आफै लगन मगन वा निश्चित जीवन जिउने वाटोहरु तय गरेर केही वर्ष कठोरताका साथ नलागे सम्म कसैले केही पाउन कठिन नै हुन्छ । त्यसै केही पाइदैन, पाए पनि लिनु, खानु हुँदैन, सित्तैमा पाएको कुरोले केही साथ दिदैन । बरु बिग्रिने भड्किने सम्भावनाहरु टगाराको रुपमा उभिने हुन्छ । एक पक्षिय होइन, जीवन सम्बन्धी आवश्यक विषय क्षेत्रहरुको बारेमा जान्ने थाहा पाउने गर्नै पर्दछ । कितावी ज्ञानले मात्र हँुदैन । तर, लामो समय सम्म हामीले आफै भित्रको हृदयले खोज्ने, खोजेको शान्तिलाई खोज्ने, थाहा पाउने, चिन्ने कार्य गरेका छैनौ । आफै भित्रको श्वास (जसलाई लिन नसके ३ मिनेट बाँच्न सकिदैन) मुटुको धड्कनलाई जो केही क्षण नचले हामी जिवित रहन्नौ । यसलाई चिन्न सकेको छैनो । जसले हामीलाई शान्ति, स्वस्थ जीवन दिन सक्थ्यो, त्यसबारे जान्ने बुभ्mने सम्मको कोशिस गरेका छैनौ । जबकि धेरै सन्त महन्तहरुले आफैलाई जान्न, आफैलाई ध्यान दिन सिकाएका छन् । अन्धाले हात्ती छामे जस्तो गरेर, बाबु बराजु, सन्त महन्तले भनेको भनेर विश्वास लिएर, बाहिर बाहिर खोजेर, केही हँुदैन । यही कुरो महामानव गौतम बुद्धले पनि भन्नु भएको छ । श्वास र मुटुको धड्कन नै इश्वरको प्रकृतिको सुन्दर कृपा हो हामीलाई र हामी यो दुनियाँमा छौ र कामहरु गर्न सक्षम भएका छौं ।
शान्तिको लागि भौतिरिरहेको मान्छेले इतिहासमा वास्तविक सन्त महन्तसंग गएर उपायबारे सोध्दा ‘ध्यान गर’ भनि सिकाएको पनि पढ्न पाइन्छ । धेरै सन्त महन्तहरुले ‘आफैलाई ध्यान देउ’ भन्ने सिकाएको, जिन्दगीमा ध्यान जस्तो महत्वपूर्ण मूल्यवान केही नभएको भन्ने गरेका पाईन्छ । यो भनेको पनि आफैबारे, आफै भित्र खोज अनुसन्धान गर थाहा पाउ, अनुभव गर भनेकोे हो ।
श्वास हाम्रो जीवनका लागि सबै भन्दा बढी जरुरी आवश्यकता हो । हामी ३ मिनेट भन्दा बढी श्वास बिना बाँच्न सक्दैनौ । श्वास हाम्रो जीवनमा कसरी आयो ? यसबारे हामी अनविज्ञ छौ । एउटा कुरा निश्चित छ कि श्वास नै हाम्रो प्राण हो अर्थात् श्वास रहे सम्म हामीलाई इश्वर वा प्रकृतिको कृपा जिन्दगीभर रहन्छ । श्वासलाई विधिपुर्वक लिन र छोड्न जानेमा शान्तिको अनुभव गर्न सकिन्छ । मात्र विधि थाहा पाउनु आवश्यक छ । आप्mनै श्वासलाई स्वस्थ सन्तोषजनक बनाउने वा यसको रुप सिगार्न सके हामीले शान्ति, स्वास्थ्य पाउन सक्थ्यौ । तर फाइदा, पैसा, स्वार्थ लोभको पछि लागेर हामीलाइृ इश्वरले दिएको कृपालाई नै भुलेका छौ, वास्ता गर्दैनौ ।
हाम्रो संस्कार, परम्परा, चालचलन, समाज राज्यले हामीलाई सम्यक वा ठीक ज्ञान सोच दिएन । गतिलो शान्त, श्वास, ढुकढुकीहरु दिएको छैन । यसको गति, चाप, दबाब, धड्कन, भाइव्रेसन, भावहरु गतिलो अनुकुल छैन, लाग्दैन । कहिलेकाही कामधाम र क्रोधले मन बिग्रेको अवस्थामा एक मिनेटमा ३ हजार ४ सय पटक धड्केर ज्वालामुखी उठे जस्तै लाग्छ, सहन ज्यादै कठिन लाग्छ । यो भनेको आफै भित्रको, आफैले सँगालेको फोहोर मानसिक विकृति दिमागमा थुप्रिएको रेकर्ड भएको अवस्था हो । हामी भित्र शरीरमा हामीले गरेका काम, क्रोध, लोभ, मोह, वासना, डर, त्रास, ईष्याका दबिएका, दिमागमा भरिएका थुप्रै मानसिक फोहोर (दुषित) ग्रन्थीहरु धेरै छन् । हामीले व्यक्त गर्न नसकेका, भन्न नसकेर, गर्न नसकेर दबिएका अनेकौ मनका गतिहरु÷भावहरु छन् । यसलाई बाहिर निकास नदिदाँ मन शरीरले धेरै पटक, बेला मौका, दिनमा र सपनामा आगो निकाल्ने काम गरिरहेको हुन्छ । धेरै दबिएका, तृष्णा कुण्ठामा बाँचिरहेकाहरुले कतै मन, ध्यान लगाउन नसक्ने भएका हुन्छन् । मानसिक विक्षिप्तताको उदास हुने, चिन्ता, बौलाहापनको रोग पनि लागेको, आत्महत्या गर्ने गरेको, अरुलाई मार्ने हत्या गरेका थुप्रै उदाहरण हाम्रो सामु छन् ।
शान्ति, स्वास्थ्यका लागि हामी आफै भित्र चलिरहेको श्वास क्रिया,गति,भाव, मुटुको धड्कन,झट्का, दबाब, भाव यसको विभिन्न भागहरुमा परेको दबाबलाई थाहा पाउने, अध्ययन गर्ने, अनुभवहरु संंगाल्ने महशुस गर्ने गरौं । तब मात्र हामीले हा्रम्रो श्वासलाई नियमित, सन्तुलित संगीतमय बनाउन सक्छौ । जसले हामीलाई होश, सचेतपन, सजगता, संवेदनशीलता दिन्छ । यसको लागि जे जस्तो श्वास आइरहेको छ, जसरी धड्कन चलिरहेको छ । विना प्रतिक्रिया, स्वीकार गर्ने, सहयोग गर्ने अध्ययन मनन गर्ने प्रयास गरौं । लामो समय सम्म साधनामा नलागे सम्म पार पाउने अवस्था हँुदैन । फोहोर विकृति बाहिरिँदै गए पछि विस्तारै केही महिना, वर्ष पछि होश सचेतपन, थाहा पाउने बुझ्ने क्रम बढ्छ । बढे पछि आफूमा सकारात्मक स्वभावको विकास हँुदै आउँछ । वास्तविक स्वास्थ्य र शान्तिको पनि अनुभव हुन्छ, । तब कसैलाई रिस, क्रोधले बोल्ने झपार्ने, पिट्ने, मार्ने, पिर पार्ने काम पनि गर्न मन नलाग्ने भावहरु आउँछ । भ्रष्टाचार ब्यभिचारका स्वभावहरु हट्दै जान्छ जस्तो लाग्छ । अरुको भलाई हित गर्ने सोच, भावहरु आउँछ, । गर्दै गए, साध्दै गए, अरु दैवी गुण क्षमता गहन शान्ति, आनन्दको अनुभव गर्न सकिन्छ कि ? आउनुस् आफ्नै श्वास धड्कनलाई साध्ने कोशिस गर्न तर्फ लागौ ।
श्वास धड्कन र स्वास्थ्यमा नकारात्मक वा प्रतिकुल असर गर्ने नुन चर्को चिनी भएको खराब चिल्लो भएको बिरामी बनाउने तामसिक खानपान नखाऔ । काम, क्रोध, लोभ, मोह अंहकारलाई विस्तारै जानौ, त्यागौ, विषय ब्यापार, व्यवसायका सोचहरुलाई पवित्र, शान्त बनाउने प्रयास गरौं अर्थात् महामानव गौतम बुद्धका अहिंसा सहितको पञ्चशील, अष्टशील मध्यमार्गहरु नअपनाए सम्म शान्ति स्वास्थ्य पाउन सम्भव पनि छैन भन्ने लाग्छ ।
भवतु सब्ब मंगलम् ।