कोरोना आतंक, विज्ञ र बच्ने उपाय

जिवन शाक्य
नयाँ कोरोना भाइरस संक्रमण (कोभिड १९) र मृत्युले विश्वभरका मानिसलाई पुनः आतंकित पारेको छ । यो भाइरसको संक्रमणले हुने अस्वस्थता र असर भन्दा बढी डर त्रासले आतंकित भई मान्छेमा हुने रोग संग लड्ने क्षमता इम्युनिटी पावर घटेर संक्रमित मान्छे मरिरहेको अवस्था छ । साथै नयाँ भाइरस बढी संक्रमणजन्य, सबै उमेरकालाई सर्ने विश्व स्वास्थ्य संगठन र चिकित्सकहरुले जनाएको छ । दिनमा करिब ४ लाखको हाराहारीमा भारतमा संक्रमण फैलिदो छ भने दिनहुँ करिब ३५ सय भन्दा बढी ब्यक्तिको ज्यान गईरहेको छ । नेपालमा पनि दैनिक सरदर ५ हजार जना संक्रमित, ३५ जना भन्दा बढीको मृत्यु भैरहेको अवस्था छ । स्वास्थ्य मन्त्रालय र चिकित्सकहरुले थेग्न नसकिने अवस्थामा पुग्न लागेको जनाइृरहेका छन् । लकडाउन र निषेधाज्ञा धेरै जिल्लामा लागु गरिसकेको अवस्था छ । तर, सिमानामा भारतिय लगायत नेपालीहरु विना परीक्षण र क्वारेन्टिनमा राख्ने प्रक्रिया नपु¥याई आउने धेरै भएर संक्रमण बढी फैलिएको र फैलिँदो छ । नियन्त्रण गर्ने कार्य खुकुलै अवस्था छ । भारतियहरुले युरोप, अमेरिका वा विदेश जान भारतको हवाई सुविधा नपाए पछि नेपाल भएर जाने बस्ने गरेकोले उपत्यकामा बढी फैलिएको छ ।

मान्छेको बढी घनत्व भएको ठाउँमा श्वास प्रश्वास र हावाको माध्यमबाट पनि धेरै मान्छेहरुमा संक्रमण फैलिरहेको विज्ञहरुको भनाई छ । सामाजिक दुरी कायम नगर्ने, भिडभाडमा जाने, मास्क ठीक तरिकाले नलगाउने, सरसफाई र खानपानमा ध्यान नदिने वा बेवास्ता गर्ने गर्दा दक्षिण एसियाको भारत र नेपालमा एकदमै डरलाग्दो रुपमा फैलिने र मृत्यु हुने सम्भावना देखिएको छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका, चिनी रोग, मुटु रोग लागेका उच्च रक्तचापका औषधि सेवन गरिरहेका मान्छेहरुलाई यसको प्रकोप जटिलता बढी भएर मर्ने समस्या धेरै भएको विशेषज्ञ चिकित्सकहरुले बताइरहेका छन् ।

लक्षणहरुः
लन्डनमा कार्यरत भारतिय चिकित्सक डा.अशोक जैनरले आफ्नो युट्युवमा बताए अनुसार ८५ प्रतिशत मान्छेहरुमा करिब ५ दिन सम्म सय डिग्री भन्दा कम ज्वरो आउने, रुघाका लक्षणहरु, केही लक्षणहरु नभएको पनि बताउनु हुन्छ । ५ दिन पछि १५ प्रतिशतमा खतराजन्य १०२ भन्दा बढी ज्वरो आउने, वाकवाकी लाग्ने, शरीर कडा दुख्ने, धेरै गल्ने कमजोर हुने थाक्ने, खाना स्वाद र गन्ध नआउने, टाउको दुख्ने, फोक्सो बिग्रने भई श्वास फेर्न कठिन हुने भन्नुहुन्छ । २० वर्ष मुनिका बालबालिकामा झाडापखाला पनि लाग्ने बताउनुहुन्छ । अक्सिजनको लेबल ९३ आधारभुत लाइन भन्दा घटि हुने वताउनु हुन्छ । ५ दिन पछि प्रायः समस्या जटिल भएर ९,१० दिन भित्र ५० प्रतिशत भन्दा वढी फोक्सो खराब हुन्छ । ५ दिन पछि अस्पताल भर्ना हुनुु पर्ने वा विशेषज्ञ चिकित्सकको शरण पर्नु पर्ने बताउनु हुन्छ । १५ प्रतिशत मध्ये केहीमा विस्तारै बढी ज्वरो आउने,विस्तारै फोक्सो खराब हँुदै जाने भएको पनि बताउनुहुन्छ ।

उपचार बचावटः
५ दिनपछिको ज्वरो बढी आउने र फोक्सोमा गम्भीर संक्रमण भई खराब गर्ने समस्या हुने भएकोले एकदम सचेत र निरिक्षणमा वस्नु पर्ने वताउनु हुन्छ, वेलैमा मेडरोल र अक्सिजनको उपचार दिए कोही पनि मर्नु नपर्ने भएको बताउनु भएको छ । वेलैमा मेडरोल र अक्सिजनको उपचार धेरै बिरामीहरुले नपाएर मर्ने भईरहेको बताउनु हुन्छ । मेडरोल अवस्था हेरी १ देखि २ एमजी पर केजी शरीरको तौलमा दिन सकिने बताउनु भएको छ । मेडरोल मृत व्यक्तिहरुलाई पोस्टमार्टम गर्दा फोक्सोमा रगत जमेको ढिक्का देखिए पछि यसको उपचारका लागि औषधि अनुसन्धान र परीक्षण गरि प्रभावकारी देखिएको र त्यसैबाट उहाँले उपचार गर्दै आउनु भएको र कोरोना पोजेटिभ भएका बिरामी आफन्तहरुको फोनबाट पनि उपचार गरिरहेको र त्यसपछि एकजना बिरामी पनि नमरेको दाबी छ ।

सुगर रोग भएका र उच्च रक्तचाप भएकाहरुलाई उपचार गर्दा सुगर र रक्तचापको औषधिको मात्रा बढाएर खानुपर्ने, खाना चिनीजन्य गुलियो नखाने भन्नुहुन्छ । त्यस्तै भारतिय छाति रोग विशेषज्ञ डा. सन्जिवले मेडरोल जस्तै अर्को स्टेराइड डेक्सामेथासोन एकदम प्रभावकारी भएको बताउनुहुन्छ । मेडरोल एन्टिभाइरल औषधि रेम्डेसिभिर र प्लाज्माथेरापी भन्दा धेरै गुणा प्रभावकारी भएकोले धेरै जनाले यो औषधिको उपचारले निको बनाइरहेको बताउनु हुन्छ । १० दिन सम्म ज्वरो ननढेको खण्डमा ढुक्क भएर घर पठाउन सकिने बताउनु हुन्छ ।

५ दिन सम्मको कम ज्वरो वा लक्षण धेरै कम भएको पोजेटिभ बिरामीहरुले अवस्थामा घरैमा स्वास्थ्य सरसफाई, खानपानमा ध्यान दिने गरे संक्रमण हत्तपत्त फोक्सोमा पुग्दैन । साथै गिलोई (गुर्जो) वेसार,अदुवा वा तुलसीको पत्ता राखेर उमालिएको मनतातो पानी बराबर पिउने गरे पनि संक्रमण जटिल नहुने आर्युवेदिक चिकित्सकहरुले बताउने गरेको धेरै देखिन्छ । खाना पोषिलो खाने ताजा खाने, चिसो पेय पदार्थहरु नपिउने, अजिनोमोटो, खराब चिल्लो भएको जंकफुडहरु नखाने, मद्यपान, धुम्रपान नगर्ने, अक्सिजन बढाउने फलफूल सागपात र सुख्खा फलफूलहरु पिष्टा बदम दाँते ओखर छोकडा आदि केही घण्टा भिजाएर केही दैनिक खाने गरे रोग प्रतिरोधात्मक शक्ति बढेर छिटो निको हुन सकिने बताइन्छ । भात रोटी नखाने सुझाव छ ।

बचावटका अन्य उपायहरुः
भिडभाड हुने ठाउँमा नजाने, जानै पर्ने भए सुरक्षित नयाँ मास्क लगाएर जाने कसैसंग हात नमिलाउने ३,४ मिटरको दुरीमा बस्ने, हात मुख, नाकमा, आखाँमा नलैजाने, धातुको सतहमा नछुने, कूनै भिजेको वस्तु, कपडा नछुने गरे ९९ प्रतिशत बच्न सकिन्छ । थुकका छिटा वा शंकास्पद कुनै चिज मुख हातमा परे पुछ्ने, स्यानिटाइजर प्रयोग गरिहाल्नु आवश्यक छ तर स्यानिटाइजर धेरै मिचेर प्रयोग गर्दा छाला भित्र शोसिएर रोग प्रतिरोधात्मक क्षमता धेरै कम गराउने हुन्छ, त्यसैले एक दुई पटक मात्र मिच्ने । संक्रमण होस् नहोस् १०,१५ मिनेटका फरकमा मन तातो उमालिएको पानी घाँटी भिजाएर निल्ने गरिराखे पनि भाइरस पेटमा निलिने र पेटको एसिडले मर्ने सुझाव जापानका विज्ञहरुले फेसवुकमा बताइरहेका छन् ।

साथै रोगसँग लड्ने क्षमता र अक्सिजनको लेभल बढाई फोक्सो बलियो बनाउन प्राकृतिक योग चिकित्सा विधी कपालभाटी, अन्लोम विन्लोम, भाष्टिका, अन्य प्राणायाम, मिलाएर १५—३० मिनेट गर्नु आवश्यक भएको प्रायः चिकित्सकहरुले भनिराखेका छन् । अक्सिजनको लेभल बढाउन श्वास रोकेर बस्ने, घोप्टो सुतेर टाउको माथि दायाँ बायाँ हातले टेकेर टाउको छाती उठाउने र सिरानीमा राख्ने आराम गर्ने ८,१० पटक गर्दा फाइदा हुन्छ । साथै सकारात्मक सोचका साथ श्वासलाई स्वीकार योग्य शान्त संगीतमय, शाक्ति बल खेर बढी नहुने खालको अवस्थामा राखि श्वासलाई बढी ध्यान दिने गरेर बस्ने गरे धेरै स्वास्थ्य लाभ हुन्छ किनभने श्वास नै इश्वर वा प्रकृतिको कृपा शक्ति हो । श्वासलाई ध्यान नदिने श्वास क्रियामा विकृति भएर मानसिक शारीरिक अवस्था कमजोर भइरहेको सन्तहरुले बताउने गरेका छन् । भवतु सब्ब मंगलमः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *