जीवन शाक्य
श्वास नै हाम्रो प्राण हो, स्वास्थ्य हो, हाम्रो मुटुको धड्कन श्वासले गर्दा चलिरहेको छ । र सम्पूर्ण अंगको स्वस्थ जीवन क्रिया स्वस्थ श्वास क्रियाको परिणाम र देन हो । श्वास हाम्रो जीवनको लागि सब भन्दा बढी र पहिलो जरुरी आवश्यकता हो । चिकित्सकले शिशु जन्मिदा छोराछोरी के जन्मियो भन्दा पनि पहिला शिशुले श्वास लिइरहेको छ कि छैन ? शिशु रोयो कि रोएको छैन ? जाँच्छ, त्यसपछि मात्र अरु हेर्ने र अन्य स्वास्थ्य स्याहारका कामहरु गर्छ ।
३ मिनेट भन्दा बढी हामी श्वास बिना बाँच्न सक्दैनौ । श्वास क्रिया गर्दै हामी ठुलो हुन्छौ । जीवनमा अनेक काम गर्न समर्थ बन्न सक्छौ । त्यसैले श्वास नै इश्वरको कृपा हो । तर श्वास क्रिया जुन प्रतिक्षण जिन्दगी भर चलिरहन्छ, त्यस प्रति भने हाम्रो चेत, ध्यान सजगता छैन । तर, जब श्वास फेर्न कठिन हुन्छ, तब मात्र ध्यान जान्छ । श्वास नै एउटा यस्तो बहुमुल्य क्रिया हो, जस प्रतिको ध्यान, अध्ययन र सचेतपनले हामीलाई, आफ्नो सामथ्र्य कमजोरीबारे जान्ने बुझने सचेतना प्रदान गर्ने गरे पछि शान्ति दिन सक्छ । तर, यसलाई बुझ्ने, जान्ने केही गरेका छैनौ । श्वास कुन रुप, गति वा शैलीले चलिरहेको छ ? कस्तो सोच, विचार, कस्तो काम व्यवहार खानपानको प्रभाव असर श्वासमा पर्छ । हामी यस प्रति प्रायः हामी अनविज्ञ छौ ।
तर, मान्छेको दिमाग मनले हरदम शान्ति, स्वास्थ्य सफलता वा आनन्दको खोजी चाह गरिरहेको हुन्छ । मान्छेले जिन्दगीमा ठुलो—ठुलो काम धाम, पद, पैसा भौतिक सम्पत्तिको मालिक हुने, समस्या, लडाई, झगडामा बिजय पाए पनि वास्तविक शान्ति सुखको अनुभव गर्न प्रायः सबै असफल भैरहेका छौ । शान्ति खोज्न वा इश्वरको कृपा पाउन मठ मन्दिर चारधाम गर्छौ । सन्त महन्तहरुको भाषण ज्ञान सुन्छौं गुरु खोज्छौं, गुरुको आश्रममा चेलो भएर पनि बस्ने गर्छौ । केहीले घरबार श्रीसम्पती त्याग्ने गरेका इतिहास पनि धेरै छन् । कोही जोगी बनेका छन्, कोही भिक्षु, कोही आश्रम कुटी मठ मन्दिरमा साधनामा लागिरहेका देखिन्छन् ।
तर, बुद्ध, सन्त महन्त र जीवनमा वास्तविक प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गरिरहेका योगी बुद्धिजिवीहरुले आफैलाई जान्न बुझ्न र आफैमा बढी सचेत भएर ध्यान दिन भनिरहेकोे धेरै पाउँछौ । शान्तिका दुत महान गौतम बुद्धले श्वासमा ध्यान दिन वा विपश्यतना ध्यान गर्न सिकाउनु भएको पनि २७०० वर्ष भयो । महान सन्त योगीहरुले धेरै विहार आश्रमहरुमा श्वासमा ध्यान दिने विधिहरु सिकाईरहेका पनि देखिन्छ् अर्थात् शान्ति पाउने बाटोमा स्वास प्रतिको ध्यान वा यसलाई माध्यमको रुपमा अपनाइरहेको पाईन्छ ।
हामीले थाहा पाएको कुरो हो हामी थोरै शान्त तनाव बिहिन वा केही आनन्दको अवस्थामा हाम्रो स्वासको गति शान्त लयबद्ध जस्तै हुन्छ । तर, यस बाहेक दुःख, पीडा छटपटी, क्रोधावस्था, झगडा मारपिट गरेको अवस्थामा हाम्रो श्वासको गति अवस्था तनावपुर्ण बढी चाप दबाब पूर्ण अराजक अवस्थामा चलिरहेको हुन्छ र मनले आगो ओकलिराखेको वा पछुताई रहेको हुन्छ । जीवनमा अनेक हण्डर दुःख कष्ट छटपटि पाएर निको भएको अवस्थामा पनि हामी शान्ति, स्वास्थ्य सुख आनन्द पाउन निश्चित बाटो तय गरि दृढ रुपमा लाग्न नसकिरहेको अवस्था धेरै छ । शान्ति, स्वास्थ्यको विना वास्तविक ज्ञान र जानकारी लिन बाहिर बाहिर मन्दिर मस्जिद चारधाम धेरै यात्रा गर्छौ, चार्हार्छौं, कुद्छौ । हामी भित्रै शान्ति सुख आनन्दको स्रोत छ र दुःख पीडा छटपटि क्रोध, लोभ मोह अशान्तिको संस्कारको स्रोत पनि छ तर यसको मात्रा धेरै संगालेका छौ, धेरैं बढी छ हामी अञ्जान छौं । शिक्षाका अनेक डिग्री र उच्च पद हासिल गरे पनि पद पैसा, सुविधा सहजताको लोभ लालच, मोह आकर्षणमा परेर गलत, खानपान गलत सोच, विचार, व्यवहारमा हिँडिरहेका छौ । भ्रष्टाचार व्यभिचार अन्याय अत्याचारले जिन्दगीको मूल्य मान्यताहरु मानवता भड्काईरहेका छौ, गुमाई रहेका छौं ।
श्वास प्रश्वास कार्यक्रमः
श्वास प्रश्वास कार्यक्रमको सहयोगी वा पुरक क्रिया हो । व्यायाम प्राणायाम गर्नु, सुरक्षित खानपानका साथै पवित्र जीवन यापनका लागि पञ्चशील अष्टशील साध्नु । त्यसपछि विहान बेलुकी शुरु शुरुमा शान्त कोठामा एक्लै वा समूहमा लामो लामो बल नगरिकन भरसक स्वाभाविक शैलीले नाकबाट श्वास लिनु र लामो संग विस्तारै ध्यान दिदै छोडने गर्नु । यो क्रियाले शरीरको मानसिक शारीरिक अवस्थामा धेरै सुधार गर्न सकिने सन्तहरुले बताइरहेको पाईन्छ । यो क्रिया गर्दा आँखा बन्द पनि गर्न सकिन्छ र पछि पछि खुला राखेर पनि गर्न सकिन्छ । विस्तारै समय बढाउँदै जानु पर्छ । स्वीकार गर्दै श्रद्धापूुर्वक गर्दै जानु पर्छ । हामीलाई थाहा हनु पर्छ कि मनले एकै पटक दुई वटा कुरो सोच्न सक्दैन । श्वासलाई ध्यान दिँदै सचेत हुँदै गर्दा अन्य विचारहरु स्वतः निश्क्रिय हुन्छ । गर्दै जाँदा शरीरमा औषधिजन्य प्राणवायु अक्सिजनको मात्रा बढ्दै जान्छ । कार्वनडाइअक्साईडको मात्रा घट्न जान्छ । शरीरका सबै कोषहरुले स्वस्थ संग श्वास क्रिया लगायत अन्य क्रियाहरु पनि गर्न तर्फ लाग्छ र हामीलाई ताजापन, स्वास्थ्यको महुशुस हुँदै आउँछ ।
यही क्रियामा ध्यान दिँदा शरिरका रक्त सञ्चार क्रिया लगायत सम्पुर्ण आन्तरिक क्रियाहरु स्वस्थ बन्दै जान्छ । तनाव उदास चिन्ता कम हुँदै जान्छ शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्दै जान्छ । खाएका कुराहरु शरीरमा लाग्छ । मात्र यसको मात्रा र क्रिया दिनमा पनि थाक्ने वित्तिकै वा मन काम विचार सोँचले अशान्त हुने वित्तिकै ध्यान दिएर स्वीकार पुर्वक गर्न तिर लाग्न प¥यो । बानी पार्न विहान र सुत्नु वा निदाउनु अघि केही समय गर्ने गर्नु पर्छ । सकिन्छ, श्वास संगै धड्कन, शरीरमा भएको कम्पन, गति दबाब, धक्का, चापलाई पनि हेरौ, केही छिन स्वीकार गर्दै हेर्ने अवलोकन वा निरीक्षण गर्ने साहस गरौ । बल पर्ने सतही लाग्ने नकारात्मक भाव धारणामा अल्झिदा शरीरको अनावश्यक उर्जा शक्ति खर्च वा नष्ट भैरहेको हुन्छ । यस्ता श्वासका क्रियाहरुलाई विस्तारै विस्तारै बल कम पर्ने वा उर्जा कम खर्च हुने लयवद्ध संगीतमय बनाउन सकियो भने मात्र धेरै स्वास्थ्य लाभ दिन्छ । शान्तिको महुशुस वा अनुभुति गर्न सकिन्छ । यो प्रक्रिया हो, यसले समय लिन्छ । श्वास, शरीर प्रति प्रेम, श्रद्धा स्वीकार भएन भने श्वासको गति शैली नकारात्मक नमिठो वा उर्जा शक्ति बढी खर्च हुने हुन्छ । यस्तो विषयुक्त बासना युक्त लिनु नलिनुको खासै औचित्य, फाइदा देखिदैन जस्तो लाग्छ । आउनुस् शान्त स्वस्थ श्वास शैली बनाउन लागौ ।
भवतु सब्ब मंगलम ।