कोरोना र स्वास्थ्यका लागि अपनाउनु पर्ने दैनिक शील नियम

जीवन शाक्य
विश्वमा कोरोनाले गर्दा लाखौ मानिसको ज्यान गइसकेको छ । करोडौं नागरिक संक्रमित छन् । रोगसंग लड्ने प्रतिरोधात्मक शक्ति कम भएका र प्रतिरोध शक्ति कम गराउने, नसर्ने दीर्घ रोग भएका बिरामीहरुमा कोरोना संक्रमणले निम्त्याउने जटिल स्वास्थ्य समस्याले धेरैको ज्यान गुमाउनु पर्ने अवस्था विद्यमान छ । कोरोना उपचारले निको भए पनि खतराजन्य कालो फंगस संक्रमण भएर पनि ज्यान जाने, आँखा जस्तो अंग गुमाएर, दृष्टिविहिन भएर बस्नुपर्ने बाध्यता पनि भारतमा देखा परेको छ । नेपालमा पनि देखिने धेरै सम्भावना छ ।

ठिक्क उचाई र मोटाई सहितको बलियो स्वास्थ्य पाउन स्वास्थ्य शील सदाचारका नियम दैनिक पालना गर्नु अत्यावश्यक छ । होइन भने कोरोनाजन्य र नसर्ने विभिन्न रोगहरुले लाखांै पैसा सिध्याएर पनि अकालमा मर्नुपर्ने या दीर्घरोगीहरु भए बाँच्नु पर्ने अवस्थाले छोड्ने वाला छैन, छोडेको पनि छैन । हेर्दा मोटो घाटो, बलियो देखिने युवा, प्रौढ ब्यक्तिहरु कोरोनाको नयाँ संक्रमणले भटाभट मरिरहेका छन् । तेस्रो लहरको नयाँ कोरोना पनि फैलिने आशंका विज्ञ चिकित्सकहरुले गर्दैै आइरहेका छन् । यो कति खतराजन्य हुन्छ हेर्न बाँकी छ । स्वास्थ्यका यी सबै समस्याहरुबाट बच्न, दैनिक स्वास्थ्य सम्वन्धि आनीबानीहरु शील सदाचारका नियमहरु अपनाउनै पर्ने सुरक्षित, स्वस्थ खानपान, आहार विहार गर्नु पर्ने बाध्यता कोरोनाले गर्दा ल्याएको छ, यो सकारात्मक पक्ष हो ।

केही नगरी केही पाउन सकिदैन, पाउने सोच पनि गर्नु आफै परिवार समाजलाई घात गर्नु सरह हो अर्थात् सामाजिक अपराधी बन्नु हो । त्यसैले आफनो, परिवार र सामाजिक प्राणी हुनुको नाताले सामाजिक शील सदाचारका नियमहरु पालन गर्नु गराउनु शिक्षित बुद्धिजिबी, ब्यापारी, उद्योगपति राज्य सवैको दायित्व हो । यसलाई बेवास्ता वा लापरवाही गर्ने गराउनु हुँदैन ।

स्वास्थ्य आधार भनेको रोग प्रतिरोधात्मक शक्ति भएको शिशुहरु जन्माउने, हुर्काउने र स्वस्थ जनशक्ति तयार गर्नु व्यक्ति, परिवार, समाज राज्यको पहिलो आधारभुत दायित्व हो । यो विना समाज, देश रोगी हुन्छ, बिरामी हुने दर, मृत्युदर बढ्छ, अनावश्यक धेरै पैसा खर्च गर्नु पर्ने नचाहिदो झन्झट बेसाउनु पर्ने हुन्छ । यसको लागि परिवारमा शिक्षित सकारात्मक संस्कार बालबालिकालाई दिएर ठुलो भए पछि २० वर्ष पछि पाको उमेर पुगिसके पछि मात्रै विवाह गरिदिने गराउनु पर्छ । र गर्भवति सुत्केरी अवस्थामा परिवार सबैको राम्रो भरपर्दो सहयोग सेवा पाउने वातावरण तयार गर्नु परिवार समाज राज्यको पहिलो आधारभूत दायित्व हो । नेपालमा यस्तो अवस्था छैन ।

बालबालिकालाई किशोर किशोरी, युवा, प्रौढ सबैलाई राम्रो पोषण स्याहार रेखदेख दिएर मानसिक शारीरिक स्वास्थ्य भएको राम्रो तन्दुरुस्त जनशक्ति बनाउन परिवार, समाज र राज्यले सकारात्मक शिक्षा, स्वास्थ्य र स्वस्थ खाद्यान्न तरकारी फलफुल उत्पादन, वितरण र उपभोग गर्ने तरिकाबारे विद्यालय, समुदाय स्तरमा ब्यवस्थापन गर्नु गराउनु अति जरुरी छ । साथै अन्य अत्यावश्यक भौतिक आर्थिक संरचना विकासको निर्माण ब्यवस्थापन र परिचालन गर्नु अत्यावश्यक छ । राज्य सरकारको आवश्यकता यसैको लागि हो । साथै स्वास्थ्यको लागि कम्तिमा निम्न शील सदाचारका नियमहरु पालना गर्नु गराउन, पठन पाठनको ब्यवस्था गर्नु गराउनु पनि जरुरी छ ।

– विहान सवेरै उठ्ने, उमालेको मन तातो पानी कम्तिमा ३०० देखि ५०० मिलि सम्म पिउने, त्यसपछि शौचक्रिया र सरसफाइ गर्ने ।

– त्यसपछि सफा कोठा वा ठाउँमा कम्तिमा आधा घण्टा ब्यायाम प्राणायाम गर्ने, १० मिनेट ध्यान गर्ने । यसको लागि स्कूल विद्यालय क्याम्पसमा पठन पाठन हुने ब्यवस्था मिलाउने ।

– त्यसपछि मात्र नाष्टा खाने । नाष्टामा घिउ तेलमा फ्राई गरेको खराब चिल्लो पदार्थ भएको खाना, मैदाजन्य, गुलियो चिनीजन्य, बढी नुन भएको, दिमाग र शरीर हानी गर्ने, अजिनोमोथो भएको, खाजा, तयारी खानाहरु को सट्टा स्थानीय उत्पादनको फलफुल वा घरमा तयार गरिएको रोटी भिजाएको टुसा उम्रिएको गेडागुडी तरकारी खाने । चिसो पेय पदार्थहरु फलफुलकै भए पनि नखाने फलफूलको ताजा रस वनाएर पिउन पनि सकिन्छ तर महंगो उपाय हो । फलफुल वा खाजा नाष्टा अघि पछि चिया कफी पनि बिल्कूलै नखाने ।

– विहान खाली पेटमा चिया दुध हालेको वा कफी पनि नखाने यसले पाचनक्रिया बिगार्न सक्छ वा पछि बिगार्छ । केही वर्ष असर नगरे पनि दीर्घ कालमा सुगर प्रेसर वा थाइराइड र अन्य रोग लाग्न सघाउँछ ।

– विहानको खानामा भरसक गाजर मुला काँचै खान मिल्ने सागहरु आदि ३०० देखि ५०० ग्राम सम्म सफा गरिएको तातोपानी भिजाएर वा तातोपानीमा एकछिन राखेर पहिला एक प्लेट खाने त्यसपछि खाना खाने । खाना खाजा खाए पछि एक घण्टा सम्म वा अगाडी चिया, पानी कफी नखाने यसले पचाउने रस इन्जाइमको काम गर्ने र तापक्रममा गडबडी ल्याउँछ, पाचनक्रिया बिगार्छ । खाना खाजा भरसक बिरुवाजन्य क्षारिय रोग प्रतिरोध शक्ति बढाउने खालको होस्, यसको लागि बिरुवाजन्य र फलफुल जन्य वा भिजाएको टुसा उम्रिएको गेडागुडी वा भिजाएको सुख्खा फलफूललाई खानुपर्छ । विहान खाना खाजा खाएपछि फलफूल र अमिलोजन्य खानेकुरा खानु भनेको विपरित प्रतिक्रियाजन्य खाना हो । यसले छालाजन्य विभिन्न समस्या निम्तिन सक्छ वा पेट खराब गर्छ । जनावरजन्य खाने कुराले शरीरको रोग प्रतिरोधात्मक शक्तिमा कहिले प्रतिक्रियात्मक काम गर्छ अर्थात् आउटो इम्युन डिसअर्डर गर्छ ।

– नाष्टा वा खाजा, खाना खाँदा माछा, मासु संगै दहि, दुध, गेडागुडी वा अण्डा संगै भरसक नखाने पचाउन कठीन हुन सक्छ । धेरैलाई वा प्रतिकुल असर गर्ने हुन्छ । चिसो र रक्सीजन्य पदार्थ संग बिल्कुलै नखाने ।

– खाना खाजा खाए लगत्तै एकछिन टहल्ने वा बज्र आसनमा बस्ने बिल्कुलै नसुत्ने । खाना खाए पछि एक डेढ घण्टा पछि मात्र सुत्ने ।

– खाना खाएपछि वा खाईरहेको समय वा अगाडि पछाडि मनमा चिन्ता, तनाव, डर सिर्जना गर्ने सोच वा वातावरणको अवस्था नआओस् । यसका लागि सचेत सतर्क हुनै पर्दछ । सकारात्मक ज्ञानको श्रोत वा सचेतना वा होश जगाउन ध्यानलाई विहान बेलुकी अपनाउन सक्नु पर्दछ । जसले शील सदाचार नियम पालना गर्न र सवैको भलाई गर्ने सकारात्मक ब्यवसाय गर्न प्रेरणा पनि दिन्छ । वा बेलुकी विहान सकारात्मक दिमाग प्रोग्रामिङ गर्ने गर्नु आवश्यक छ । एक्लै बस्दा वा कामले थाकिदा वा तनावको अवस्थामा कम्तिमा १० पटक लामो लामो श्वास लिने छोड्ने बानी बसाल्नु पनि सकारात्मक स्वास्थ्य क्रिया हो । यसले दिमाग ताजा गराउँछ, कोरोना संक्रमणमा यो अति जरुरी छ ।

– कोरोना कालमा अन्य रोगको लागि उपचार गर्ने अवस्था अस्पतालमा नभएको बेला सबै औषधि पसल र स्वास्थ्यकर्मीले बिरामी जाँच्ने र रक्तचाप जाँच्ने गर्ने बन्द गरेको र बन्द गर्नु पर्ने बाध्यतामा रहेको साथै संक्रमणवाट बच्न घर भित्रै सुरक्षित रहन र बाहिर निस्कदा सामाजिक दुरी कायम राख्दा मास्क लगाउनु शील सदाचारमा बस्नु झन् आवश्यक भएको छ ।
भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *