स्वास्थ्यका लागि दोस्रो मष्तिस्कको स्वस्थपन जरुरी

जिवन शाक्य
कोरोना महामारीले गर्दा भएको जनधनको क्षतिले विश्वमै हाम्रो खानपान, व्यवहार, संस्कार कति कमजोर रोगोन्मुख वा प्रतिरोध शक्ति कमजोर बनाउने खालको रहेछ भन्ने सत्यलाई उजागर गरेको छ । हामीले शारीरिक, मानसिक, स्वास्थ्य शक्ति, बल र प्रगतिका लागि नखाएर स्वादका लागि खाने गरेको तथ्य उजागर भएको छ । हाम्रो स्वास्थ्य सचेतपन र जागरुकताका साथै यसको व्यवस्थापन कति कमजोर रहेछ ? कोरोना महामारीका कारण भएको भयावह संक्रमण र मृत्युले देखाएको छ । तसर्थ यस्ता कूनै पनि रोग र समस्याहरुले हामीलाई ग्रसित नगरोस् भन्नका लागि अब हामीले व्यक्तिगत सामाजिक र राज्यस्तरमै गतिलो स्वास्थ्य प्रवद्र्धन र रोकथामका व्यवस्थित शैली, नियम सकारात्मक पक्षहरु, सोच बनाएर यसलाई दृढ रुपमा अनुशरण वा पालना गर्नु पर्ने तर्फ पनि धेरै सचेत गराएको छ ।

पोषण विशेष एवम् ख्याति प्राप्त भारतिय चिकित्सक विश्वरुप रायचौधरीका अनुसार हाम्रो शरीरको दोसो दिमाग भनेको हाम्रो आन्दाको सतहमा करिब एक किलो संंख्यामा रहेको पाचनशक्ति बलियो राख्न सघाईरहेको जिवाणु दबअतभचष्ब हो । यसले हामीले खाएका विषहरु, क्यान्सर तथा रोगजन्य तत्वहरु भित्र छिर्ने आन्दाको सतहमा सुनिएर प्वाल पर्न (भिबपथ नगत) नदिए तम्म मिलाई बलियो गरि राख्न सघाएको हुन्छ । आवश्यक पोषण तत्वहरु भित्र छिर्न दिएर खराब तत्वहरुलाई दिशाको माध्यमबाट बाहिर फाल्न सहयोग गरेको हुन्छ । यी जिवाणुहरुलाई ठीक अनुपातमा राख्न र बचाउन भने हामीले त्यति ध्यान दिदैनौ, दिएका छैनौै । स्वास्थ्य कायम राख्न सहयोग गर्ने जीवाणुको यो समूहलाई दोस्रो दिमाग भन्दा फरक पर्दैन । यसलाई सबल बनाउन सहयोग गर्ने, खानपान आहार बिहार नगरेर यसको संख्या र अनुपातमा गडबडी ल्याउने क्षति गर्ने गरि गलत असुरक्षित खानपान र कार्य गरिरहेका छौं ।

खाना भनेकै यस्तो होस् कि सम्पूर्ण रुपमा पचोस्, स्वास्थ्य कायम राख्न सकियोस् र आन्द्रा सम्म पच्नका लागि पुगोस् । हामी यस्तो खाना, खाजा, चिया, पेय पदार्थ खान्छौ कि आन्द्रा सम्म नपुग्दै बिचमा पेटबाटै शोसिएर शरीरको सबै ठाउँमा पुगिरहेको हुन्छ । हुन त पानी पनि पेटबाटै बढी शोसिन्छ । तर, रक्सीजन्य मादक पदार्थ, धुम्रपान जन्य पदार्थहरु, खराब चिल्लो पदार्थहरु, बिच बाटोबाट शरीरमा पुग्छ, शरीलाई हानी गर्छ । आन्द्रामा पुग्ने खानेकुराहरु खनिज पदार्थहरु नुन हामीले चाहिने मात्रा भन्दा बढी खाइरहेका छौ । जसले आन्द्रामा भएको असल जिवाणुको अनुपातमा गडबडी ल्याउँछ । त्यस्तै आन्द्रामा टाँसिने मैदाजन्य खानेकुराहरु कब्जियत भएर धेरै समय सम्म टाँसिने रहने भएकोले खराब जिवाणुको संख्या बढेर आन्द्रामा सुजन ल्याई खराब तत्वहरु भित्र छिर्ने हुन्छ । साथै आन्द्रामानै क्यान्सर र अन्य स्वास्थ्य समस्या निम्त्याईरहेको हुन्छ । त्यस्तै, क्यान्सरजन्य, जनावरजन्य वा मासुजन्य खानेकुराहरु जसलाई पचाउन १८ घण्टा बढी समय लाग्छ । त्यसले पनि आन्द्रामा संक्रमण निम्त्याएर टाइफाइड, एपेन्डिसाईटिस, पखाला, क्यान्सर बनाउन सक्छ । त्यस्तै दुधजन्य डायरी खाद्य पदार्थहरुले पनि संक्रमण निम्त्याए (भिबपथ नगत० हुन सहयोग गरेको हुन्छ । खराब, दुषित खाना, पानी सबैले आन्द्रामा भएको असल जिवाणु संख्या घटाएर संक्रमण निम्त्याउँछ । आन्द्रामा छिद्रहरु (भिबपथ नगत) बनाएर खराब तत्वहरुलाई भित्र पस्न दिएर हानी गर्छ । अझ खानेकुराहरु चम्किलो आकर्षक अनि धेरै टिक्ने गराउन रासायनिक पदार्थ मिसाएको खाना फलफूल,तरकारीहरु राम्ररी नधोई नपखालिकन खाईरहेका छौ । यसले आन्द्राको सतहलाई हानी नोक्सानी गरिरहेको छ ।

(भिबपथ नगत० बनाउन सहयोग गर्र्ने भुटेको, टारेको, पोके पन्टुरे तयारी खानाहरुले र एकले अर्कोलाई असर गर्ने नजानेर खाईने विपरित खानाहरुले शरीरलाई एक्कासी हानी पु¥याई शरीरमा चाला, सेतो छाला, स्यास्या र जोर्नी दुख्ने समस्याहरु निम्त्याउन र मृत्यु पनि हुन सक्छ । त्यस्ता खानाहरु हामी भोजभतेर र अरु समयमा पनि नजानेर खाईरहेका हुन्छौ । जस्तैः दुध दही संग फलफूल वा फलफूल खाए पछि दुध, चिसो पेय पदार्थ कोकाकोला, माछा, मासु गेडागुडी खाएर असल जिवाणुको संख्यामा घात गर्ने गरि खाईरहेका हुन्छौ । यसले पेटमा संक्रमण पनि निम्त्याएर एपेन्डिसाईटिस टाइफाइड, पखाला, स्याँ स्या धम्की, क्यान्सर पनि गराउँछ । एक दुई पटक केही नगर्ला, नगरे जस्तो हामीलाई महशुस हुन सक्छ । तर, भित्री रुपमा क्यान्सर, पत्थर निम्त्याएको हामीलाई थाहा हुँदैन । यात्रामा जाँदा खाने मार्दा धेरै अमिलो नुनिलो खानाहरुले शरीरमा सामान्य स्वस्थ अवस्थामा रहको खनिज पदार्थको अनुपातमा धेरै गडबडी ल्याई आन्द्रामा भएको असल जिवाणुको संख्यामा पनि गडबड गरेको हुन्छ ।

मासु अण्डा, दुधजन्य खानेकुराहरुले शरीरको रोग प्रतिरोधात्मक शक्तिमा गडवड ल्याउने गरि आउटो इम्युन डिसअर्डर पनि गर्न सक्छ । साथै यस्ता पदार्थहरु धेरै पकाउँदा, उमाल्दा भएका खाद्य पदार्थहरु, क्यान्सरजन्य पदार्थमा परिणत भई क्यान्सर चिनी रोग र अन्य रोगहरु पनि निम्त्याउने हुन्छ । घरिघरी पकाएको, तताएको खाना, दाल, तरकारीहरु, पोलेको खानेकुराहरु सबैले इन्सुलिनले पनि काम नगर्ने एक्रिलामाईड भन्ने तत्वहरु बनाउँछ, जुन हामीले खाईरहेका हुन्छौ । गहुँमा भएको नपच्ने ग्लुटेन तत्व कसैकसैलाई नपच्ने नै हुन्छ ।

हामीले खानेकुराहरु खाँदा उचित समयको फरक अथवा उचित समयमा, विस्तारै चपाएर खानु पर्छ । छिटो खाँदा मुख र पेटको इन्जायमहरुले राम्रो संग मिसिने घुल्ने हुँदैन र नपच्ने हुन सक्छ । कमसेकम विहानको खाना, खाजा साँझ वा रातीको खाना खाएको १२ घण्टा पछि खाएको होस् । विहान खाना खाए पछि कम्तिमा ४,६ घण्टाको फरकमा सही सुरक्षित नास्ता गरेको होस् । चिया, कफी, चिसो पेय पदार्थ जस्ता शरीर र पेटको खाना पचाउने तापक्रमलाई गडबड गर्ने, आन्द्राको सतहमा रहेको असल जिवाणुको संख्या र अनुपातमा फरक ल्याउने चिज भरसक कम्ति पिउँ । र खाना अघि पछि भरसक नखाऔं । पानी पनि खाना लगत्तै वा केही छिन अघि खानु हुँदैन थोरै मात्रामा खाने र चिसो पनि खानु हुँदैन । खानेकुराहरु खाईसकेर अमिलोजन्य अचार, चटनी खानु पनि पाचनक्रियालाई गडबड बनाउनु हो भन्छन चिकित्सकहरु ।

औषधि भनेको सवै शोसिने खालको बनाइएको हुन्छ । यसले असल जिवाणुको संख्यामा एकदमै असर गर्दछ । त्यसैले भरसक एलोपेथीक औषधि नजानेर त्यतिकै खानु धेरै हानीकारक हुनसक्छ । जस्तै जिवाणुको संक्रमणले विभिन्न अंगहरुमा हुने संक्रमण, पखाला, टाइफाइड, घाटी, छाति दुख्ने घाउ चोट पटक लाग्दा पाक्ने गराउने, संक्रमण बिरुद्ध खाइने एन्टिवायोटिक औषधिहरुले असल जिवाणुको संख्यालाई तहस नहस पार्छ र पुनः सामान्य अवस्थामा ल्याउन धेरै समय लाग्न सक्छ । तैपनि खानपानमा धेरै सुधार नगरिकन सामान्य अवस्थामा फर्काउन धेरै ध्यान दिनुपर्ने हुन्छ । यसका लागि समय लाग्छ । कोरोना हुँदा खाने परिजिवीकी औषधिहरु सिटामोल पनि बढी मात्रा र अनावश्यक रुपमा खाँदा कलेजोमा बढी असर परेर रोग प्रतिरोधात्मक क्षमता कम भई ज्यान जाने जोखिम भएको चिकित्सकहरुले बताइरहेका छन् ।

अतः शरीरको दोस्रो दिमागलाई सामान्य अवस्थामा राख्न स्वस्थ खानपान, आहार बिहार, शील सदाचार अनुशासन अपनाऔ । सचेतना बढाउने योग, व्यायाम, प्रणायाम ध्यान अपनाऔ । खानै परे हप्तामा एकपटक ठीक्क मात्रामा १५० ग्राम जति खाने गरौ, उचित समयमा खाने गरौ । मासु भन्दा धेरै गुणा राम्रो र बढी प्रोटीन सुख्खा फलफूलहरु बदामहरु, किसमिस, काजु, दाँते ओखर फर्सीको बियाँ आदिमा पाइन्छ । यसलाई भिजाएर खाने गरौ ।

लामो समय सम्म तनाव सिर्जना गर्ने, हुने बानी ब्यहोरा चिन्ताहरुले पनि आन्द्राको सतह कमजोर पार्छ । त्यसैले अरुले र अरुको आलोचना, छिःछी, दुरदुर गर्ने स्वभावहरु, भ्रष्टाचारजन्य तनाव चिन्ता बढाउने गतिविधि नगरौंै । नियम कानुन, विधी अनुशासनको पालना गरौ । भवतु सब्ब मंगलम् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *