श्वासमा ध्यान : यसरी जोगाऔं ज्यान

जिवन शाक्य
हामीले बलिया, स्वस्थ समृद्ध बन्ने शिक्षा,स्वास्थ्य पाउन सकेका छैनौ । हामीलाई रोजगार, शक्ति उर्जा दिने प्राविधिक व्यावसायिक उत्पादनमूलक शिक्षा नभएर पुरानो घोकन्टे नेताहरुको झोला बोक्ने गराउने शिक्षा पाएका छौ । पढेर पनि काम नपाएर सबे युवा शिक्षित सचेत युवा जनशक्ति विदेश पलायन हुनुपर्ने वाध्यता छ हाम्रो । हामी छिमेकी र विकसित देशहरुको आर्थिक राजनीतिक उपनिवेशको गोटी भएर बाँचिरहेका छौ । हाम्रो देशको शासन सत्ता सवैको हित, कल्याण चाहने, गर्ने गुणतन्त्र विधि तन्त्रको शासन नभएर अराजक ब्यक्ति शक्ति, मनपरी तन्त्र जस्तै छ । स्वास्थ्यको लागि पहिलो आधारभूत कुरा खानेपानी स्वच्छ र सुुरक्षित छैन । बजारमा खानेकुरो बढी खराव चिल्लो पदार्थ टान्सफ्याट भएको, अनावश्यक खनिज पदार्थ शरीरमा हुल्ने आवश्यक भिटामिन र खनिज पदार्थ शरीमा कमी गराई चिनी, मुटु, कलेजो, मृगौला, दिमाग वा शरीर बिगार्नेे तयारी खाजा खाद्य पदार्थहरु उपलब्ध छ । त्यही पनि आकाशे भाउमा किन्न पर्ने अवस्था छ । यसैको कारण कोरोना संक्रमण जटिल भएर मृत्यु र संक्रमण भयावह बनेको छ । खाना पनि हामीले समयमा सुरक्षित रुपमा खान पाएका छैनौ । लापरवाहीले खाने गरेका पनि छैनौ ।

हाम्रो मन एकदम अनियन्त्रित चन्चल छ । विचारहरु तृष्णा विषययुक्त, यौनवासना लिप्त बढी छन् । हामीमा एक्लै बस्ने रमाउने सामथ्र्य छैन, केही न केही चिज, विषय वासनामा हामी अल्झिरहेका हुन्छौ । कहिले टिभी, कहिले मोवाइल, कहिले साथीभाइ, जुवातास, कहिले अल्कोहल, धुम्रपान, लागुपदार्थको सेवन या लोभ मोह विषय वासनाले वसिभुत भएर आर्थिक सामाजिक शोषण, भ्रष्टाचार बलात्कार वा चोरी डकैटी गरिरहेका छौ । समाचार, टिभी यीनै कुराहरुले भरिएको छ । नेता कार्यकर्ताहरुको देश विकास निर्माण भन्दा स्वार्थ, सत्ता मोहको दुषित अनेक खेल तिकडम षड्यन्त्रहरु जनताले भोग्न बाध्य छ । राजनीतिक दल, तीनका नेता कार्यकर्ताहरुले सिर्जेको दुषित समय, परिस्थिति, ब्यक्ति, वस्तु घटनामा पिसिएका छौ । उनीहरुको रिमोट कन्ट्रोल भएर हामी अस्वस्थ रोगी, दुःखी भएर बाँचिरहेका छौ ।

हाम्रो स्वास्थ्य, जीवनको दियो हामी आफै बन्नै पर्दछ । हाम्रो आफनो जीवनको गोरेटो आफै निर्माण गरि ब्यवस्थित तवरले लाग्नै पर्ने, कसैले यो बाटोमा सहयोग गर्न नसक्ने, नगर्ने महान सत्य महान वुद्ध सन्तले सिकाउनु भएको कुरो हो । अर्काले दिएको गोरेटोमा, दियोमा हामी कहिलै गतिलो संग बाँच्न सक्दैनौ । स्वास्थ्य, सन्तोष, सफलता कहिले प्राप्त गर्न सक्दैनौ । यो घाम जतिकै छर्लगं हुनुपर्ने कुरो हो तर अलमलीरहेका छौ । भ्रममा बाँचिरहेका छौ । नेता कार्यकर्ताहरुको आश्वासनमा बाचिँरहेका छौ ।

जीवनको वास्तविकता सत्य थाहा पाउन विश्वविद्यालयको शिक्षा नै चाहिन्छ भन्ने छैन तर आफ्नो गुण, साहस, धैर्य क्षमता, बाध्यता कमजोरी प्रेम, शान्ति, दयाको शक्ति स्रोत के हो ? कहाँ छ ? कसरी हामी बाँचिरहेका छौ ? यो थाहा पाउनै पर्छ । यसको अनुभव गर्नु पर्छ यो नै ठूलो शिक्षा हो । यसको लागि आफनो श्वास क्रिया गति कम्पन, मुटुको धड्कन, यसको चाप दबाब वेभलाई थाहा पाउनै पर्छ । साथै यो संग उठ्ने विचारको गति, भाव र शरीरले गरिरहेको क्रियाबारे अवगत हुनै पर्छ । तब मात्र व्यक्ति धेरै सचेत सम्वेदनशील, क्षमतावान, धैर्यवान उर्जावान बन्न सक्छ भन्ने भनाई हो महान सन्त बुद्धको । तर, हामी के कसरी बाँचिरहेका छौ ? केमा समय, शक्ति, उर्जा खेर फालिरहेका छौ ? हामीलाई थाहा छैन । जिन्दगीभर अति जरुरी आवश्यकता प्राथमिक आधारभुत कार्यलाई ध्यान नदिएर अन्य के के हो ? के के ? काम कुरोमा भुल्छौ असन्तोषी दुःखी, दरिद्र, माग्ने भएर जिन्दगी बिताउछौ, गुमाउँछौ ।

पहिलो आवश्यकतानै ज्ञान हो र त्यो ज्ञान ध्यानबाट मात्रै पाइन्छ । जब सम्म शान्ति, स्वास्थ्य र आनन्दको झलक अनुभव हँुदैन । तब सम्म वास्तविक ज्ञानबाट हामी टाढा छौ । त्यसैले ध्यान श्वास प्रति, धड्कन प्रति अनि भैरहेको शारीरिक गतिविधि प्रति ध्यान साँध्ने गरौं । यसको लागि वर्तमान अवस्थामा जे उपलब्ध छ, जे आफुसंग त्यो प्रति सन्तुष्ट र स्वीकार गर्नै पर्छ । सन्तुष्ट र स्वीकार गर्ने भनेको केही नगर्ने थुपुक्क बस्ने खाने भनेको होइन, अघि बढ्नै पर्छ नमरुन्जेल सम्म । तर, ध्यानको पहिलो आवश्यकता र जरुरी कुरो स्वीकार र वर्तमान प्रति सन्तुष्ट हुनु हो । त्यसपछि विहान शौच क्रिया पछि शान्त सफा कोठामा केही योग ब्यायाम वा खराब रिस, राग, यौन कुण्ठाको ग्रन्थी फालेर आरामपूर्वक बसेर श्वास क्रिया प्रति श्रद्धापुर्वक सहयोगी भई ध्यान दिने, विना प्रतिक्रिया कर्ता नभईकन शान्त भावले अवलोकन गर्ने । खराब, दुषित ग्रन्थी कुण्ठा निशेचन गर्ने भनेको एकलै रिस रागको भाव विचार कोठामा चलेर बोलेर कराएर ब्यक्त गर्ने हो भनेका छन् ओशोले । ध्यान योग विहान वेलुकी खाली पेटमा योग ब्यायाम प्राणायाम पछि आधा घण्टा गर्ने गर्नु पर्छ ।

विस्तारै मुटुको धड्कन र शारिरको भैरहैको गति क्रियाकलाप र शरीरमा परेको चाप दबाब दुखाईलाई अनुभव गर्ने । निरन्तर गर्दा आफुबारे वास्तविक ज्ञान र शान्ति श्वास्थ्यको झलक अनुभव हुँदै आउँछ, आनन्द सन्तोषको अनुभुति पनि हुन्छ । वास्तविक नुहाई धुवाइृ सरसफाई वा आराम भनेको यही हो । तर, यसले दिने उचित परिणामको लागि धैरै कुरा सचेत र स्वीकार भावले पुण्य कार्यलाई बढाउदै जान सक्नु पर्छ, समय लाग्छ, धैर्य गर्नै पर्छ । यसैवाट यसलाई निरन्तरता दिन अब सोच दृढता आउँछ । साथै आफुले गर्नृपर्ने अपनाउनु पर्ने बाटो गोरेटोहरु शील सदाचार भाव विचारहरु स्पष्ट हुँदै आउँछ । क्षमता, धैर्य, प्रेम, सहयोग, लगजशिलता परिश्रमको आवश्यकता पनि जानकारी हँुदै आउँछ । यसपछि जीवनको सुन्दरता के हो ? कसरी कायम राख्न सकिन्छ ? कसरी निरन्तर लाग्ने ? केके गर्ने ? केके खाने आदि बारेमा ज्ञान पनि हँुदै आउँछ । आफ्नो क्षमता, साहस, धैर्यता, विश्वास प्रेम आदि बारेमा जानकारी पलाउँछ ।

यसपछि कोरोना र अरु रोगको इतिहास थाहा हुन्छ । रोगी भएर बाँच्नु पर्दैन । मानसिक रोग, माइग्रेन, टाउँको दुख्ने रोग त्यसै हराउँछ । बिरामी भएर औषधि उपचारमा लाग्न समय परिश्रम खर्चिन पर्दैन सितिमिती । शील सदाचार बोली ब्यवहार सकारात्मक हुँदै आउँछ । अनावश्यक काम धाम र पैसा सकिने खेलहरुमा समय खर्चिन मन लाग्दैन । कसैलाई हत्तपत्त थाहा पाएर दुःख दिन मन लाग्दैन । बरु सके सहयोग सेवा नै गर्न मन लाग्ने हुँदै आउँछ । त्यसैले आउनुस् आफ्नो दियो आफै बनौ, आफ्नो चित्र आफै कोरौ, स्वस्थ रहौ, शान्त रहौ कमसेकम मर्ने बेलामा त सुख संग मरौं । भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *