डा. सरोज कुमार राय
आज देखी वर्षा ऋतु (साउन–भदौ) सुरु भएको छ । यो ऋतुमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै धेरै रोगहरुको उपचारमा उपयोगी अध्यात्म देखि आधुनिककालमा पनि सिद्ध भएको हाम्रो संस्कृतिमा समेत महत्वपूर्ण स्थान ओगटेको नेपाली ब्यञ्जन हो– दही, यति मात्रै होइन, यो मांगलिक पनि मानिन्छ । शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नु अघि दही, अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।
बिभिन्न प्रकारका दहीमा हुने पोषकतत्व तालिका (१०० ग्राममा)–
आधुनिक समयमा बिभिन्न अनुसन्धानबाट प्रमाणित दही खानुको फाइदाहरुः
–दही स्थौल्य, मोटोपन, मधुमेह type2, metabolic Syndrome, मुटुको रोग, क्यान्सर हुनबाट जोगाउँछ ।
– दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ ।
– दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ ।
– यसले रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछ ।
– इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ । दहीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले धमनीको क्षेत्रमा कोलेस्टेरोल बन्न दिँदैन । यसबाट उच्च रक्तचाप (Hypertension) हुँदैंन ।
– दहीको सेवन उच्च कोलेस्टेरोल र मधुमेह (Type2) का रोगीलाई निकै लाभदायी साबित भएको बिभिन्न अध्ययनले देखाएको छ ।
– दहीमा क्याल्सियम, मिनरल बढी मात्रामा पाइन्छ । विशेष गरी उमेर बढ्दै जाँदा हाडको घनत्व कम हुँदै जान्छ र Osteoporosis नामक रोग लाग्ने सम्भावना हुन्छ । विशेष गरी महिनावारी बन्द भएका महिलामा यो समस्या बढी हुन्छ। यस समस्याबाट बच्नका लागि तथा यो रोगले ग्रस्त रोगीको लागी दही खानु राम्रो साबित भएको छ ।
– विश्वप्रसिद्ध पुस्तक “डाक्टर नभएमा“ का लेखक डा. डेभिड बर्नरले बच्चालाई पखाला लाग्दा दिइने अत्यन्त राम्रो औषधी दही र भात बताएका छन्
– दही पखाला रोक्नुका साथै कब्जियत खुलाउन पनि उपयोगी सिद्ध भएको छ ।
– एन्टिबायोटिकको प्रयोग गर्दा लाग्ने पखालाबाट बच्न दहीको प्रयोग अत्यन्त लाभदायक हुन्छ ।
– दही Lactose–intolerence का बिरामीहरुलाई Lactose को पाचन गरी ष्ल intolerance को लक्षण कम गर्न मद्दत गर्छ ।
– कजाकिस्तान, उज्वेकिस्तान तथा बुल्गेरियाका नागरिकहरु दैनिक भोजनमा दही बढी प्रयोग गर्ने भएकाले स्वस्थ हुन्छन् भन्ने अध्ययनहरूले देखाएका छन् ।
दहीको बारेमा बिस्तृत र व्यवस्थित वर्णन आयुर्वेद विज्ञानमा पाइन्छ, यसमा दहीको सामान्य गुणका साथै दही स्वाद, दुधको स्रोत, दही बनाउने बिधि आदि अनुसार दहीको विशेष गुण र फाईदा उल्लेख छ,
दहीको सामान्य गुणः
– दही भोजनमा रुची उत्पन्न गर्ने र भोक जगाउने गर्दछ,
– शरीरलाई स्निग्ध र चमकदार बनाउनुका साथै शारीरिक बल र प्रजनन शक्ति बढाउँछ,
– उष्ण गुण, पाचन पछि अम्ल विपाकयुक्त र वायुको शमन गर्दछ,
– सबै शुभ कार्यमा दही मंगलकारी हो,
– प्रतिश्याय (Rhinitis), अतिसार(Diarrhoea due to any Cause), शीत, विषमज्वर, अरुचि, मुत्रकृच्छ तथा कृशतामा लाभकारी छ ्
– कफरोग तथा रक्तपित्तमा दहीको सेवन गर्नु हुदैन
– अर्धपक्व दहीको सेवन गर्नुहुदैन किनकी यसले त्रिदोषलाई बढाउछ
स्वाद अनुसार दहीको गुणः
स्वाद अनुसार गुलियो, अमिलो र अति अमिलो गरी ३ प्रकारका दही हुन्छ
गुलियो दहीः शरीरमा जलियांश बढाउने, कफ र मेद धातुवर्धक हो
अमिलो दहीः काफ र पित्तवर्धक हुन्छ अति अमिलो दहीः रगतलाई दुषित गर्ने, यस्ता दहीको सेवन नगर्नु नै बेस हुन्छ
दुधको स्रोत अनुसार दहीको गुणः
गाईको दहीः स्वादमा अमिलो र गुलियो रस भएको, ग्राही, पाचनमा भारी, उष्णतायुक्त, वायुविकार हटाउने, मेद(चिल्ल्लो), विर्य, बल र कफ उत्पन्न गर्नुको साथै रक्तपित्त एवं शोथ उत्पन्न गर्दछ यो पाचक अग्निलाई वृद्धि गर्नुको साथै शरीरमा स्निग्धता उत्पन्न गर्ने, पाक काले मधुर, पवित्र तथा आहारमा रुचि उत्पन्न गर्दछ ्रभैसीको दहीः मधुर विपाकयुक्त, शरीरलाई स्निग्धता र पुष्टि प्रदान गर्ने, निद्रा लगाउने, वात तथा पित्तशामक तर कफ वृद्धि गर्ने र रगत दुष्टि एवं शोथ उत्पन्न गर्ने हुन्छ
बाख्राको दहीः उष्ण, लघु(पच्न सजिलो), पाचक अग्निलाई वृद्धि गर्ने, क्षयरोग तथा वातनाशक, अर्शरोग, दम, रुघा खोकी र रक्तपित्तलाई शमन गर्दछ साथै पाक काले मधुर र पौष्टिक गुणयुक्त हुन्छ
भेडाको दहीः रुक्ष गुण, कषाय र गुलियो रसयुक्त, अत्यन्त अभिष्यंदी, कफ, वात र अर्शरोग प्रकोपक तथा पाण्डु र श्वित्र(सेतो दुवी) वर्धक हुन्छ
दही बनाउने बिधि अनुसार दहीको गुणः
राम्ररी उमालेको दुधबाट बनाएको दहीः अधिक गुणकारी, वात र पित्तनाशक, रुचिकारक तथा शरीरको धातु, अग्नि र बल बढाउने गुणयुक्त हुन्छ
मन्दजात(राम्ररी नजमेको) दहीः शरीरमा विदाह, दिसा पिशाब उत्पन्न गर्ने र त्रिदोषकारक हुन्छ
मख्खन वा क्रिम निकालेको दुधको दहीः रुक्ष(सुख्खा उत्पन्न गर्ने), ग्राही(जलियांश शोसन गर्ने), वातजनक, पाचक अग्निलाई वृद्धि गर्ने, भोजनमा रुचि उत्पन्न गर्ने गुणयुक्त हुन्छ
दहीको माथिल्लो चिल्लो भागः पाचनमा भारी, वातानाशक, पाचक अग्निनाशक, वृष्य, कफ र शुक्रलाई वृद्धि गर्ने गुणयुक्त हुन्छ
दहीको पानीः तृष्णा र थकान नष्ट गर्ने, पच्न सजिलो, शरीरका स्रोतहरुलाई शोधन गर्ने, अम्ल, कषाय र गुलियो रसयुक्त, अवृश्य, वात र कफ नष्ट गर्ने, मन, आत्मा र इन्द्रीयहरूलाई तृप्त गर्ने, मल भेदन गर्ने, शरीरको बल छिटो बढाउने र भोजनमा रुची उत्पन्न गर्ने गुणयुक्त हुन्छ
कपडा आदिले छानेर पानी हटाएको दहीः वातनाशक, कफकारक, शरीरलाई स्निग्ध र पुष्टी प्रदान गर्ने, पित्त अधिक नबढाउने तथा भोजनमा रुची उत्पन्न गर्ने गुणयुक्त हुन्छ
दहीको वर्जित अवस्थाः
– वसन्तऋतु(चैत्र, बैशाख महिना), गृष्मऋतु(जेष्ठ, असार), शरदऋतु(असोज, कार्तिक महिना) मा ्र
– खिर, दुध, पनिर, कुखुरा वा हरिणको मासु, बडहरको फल, केरा, खर्बुजा आदिसंग दहीको सेवन गर्नुहुदैन ्र
– कफरोग तथा रक्तपित्तमा दहीको सेवन गर्नु हुदैन
– अर्धपक्व दहीको सेवन गर्नुहुदैन किनकी यसले त्रिदोषलाई बढाउछ
– तताएको दही वा तातो खानेकुरा संग दहीको सेवन गर्नुहुदैन
– सामान्यतया रातीमा वा सधै(दिनैपिच्छे) दहीको सेवन गर्नुहुदैन
– राम्ररी नजमेको दही दहीको सेवन गर्नुहुदैन
दही सेवन गर्ने उत्तम विधीः
– दिनमा पनि दही खादा घ्यु, शख्खर, मुंगको दाल, मह वा अमलाको चुर्ण मिसाएर नै सेवन गर्दा राम्रो हुन्छ
– दही कहिल्यै पनि तताएर खानु हुदैन
– विधी रहित दहीको सेवनबाट ज्वर, रक्तापित्त, विसर्प, शोथ, छालाको रोग, पाण्डु, भ्रम (चक्कर लाग्नु), जन्डिस रोगको उत्पत्ती हुन्छ