कोरोनाले सिकायो स्वस्थ जीवन दैनिकी

जीवन शाक्य
कोरोना महामारीले गर्दा भएको जनधनको क्षतिले विश्वमै हाम्रो खानपान, व्यवहार, संस्कार, कति कमजोर रोगोन्मुख वा प्रतिरोध शक्ति कमजोर बनाउने खालको रहेछ भन्ने सत्यलाई उजागर गरेको छ । हामी आफै हाम्रो स्वास्थ्यको दियो हुन नसक्दा वा गोरेटोमा हिँड्न नसक्दा शारीरिक मानसिक स्वास्थ्य शक्ति, बल कति कमजोर रहेछ ? हामीले थाहा पाउने अवसर पाएका छौ । आफनो स्वास्थ्यको चित्र हामी आफैले नकोरेर अर्काले कोरेको मार्गमा हिँड्दा कति घात हुँदो रहेछ ? कति समय श्रम पसिना र पैसा अनि संक्रमण र मृत्यु सहनु पर्दो रहेछ केही जानकारी भएको छ । अब कुनै पनि रोग र समस्याहरुले हामीलाई ग्रसित नगरोस् स्वास्थ्य सवल होस् हामीमा रोग प्रतिरोध शक्ति सक्षम होस् भन्नका लागि सबैले व्यक्तिगत, सामाजिक र राज्य स्तरमै गतिलो स्वास्थ्य प्रवद्र्धन र रोकथामका व्यवस्थित सकारात्मक,शैली नियम सोच बनाएर यसलाई दृढ रुपमा अनुशरण वा पालना गर्नुपर्ने तर्फ पनि धेरै सचेत गराएको छ ।

–विहान सबेरै उठ्नु स्वास्थ्यको लागि अति आवश्यक कुरो हो । करिब ४ः३० बजे उठौँ।
–त्यसपछि विहान अघिल्लो दिन तताएको पानी मनतातो करिव आधा लिटर वा एक माना पिउने गरौ यसले दिसा खलास बनाउन वा पेट पाचन शक्ति बलियो बनाई रोग प्रतिरोध शक्ति बलियो बनाउन सहयोग गर्छ । त्यसपछि शौच क्रिया गरौं र नुहाईधुवाई गरौं हलुका तर, लामो समय सम्म होइन ।
–त्यसपछि सफा एकान्त शान्त कोठामा एक्लै वा सामूहिक ब्यायाम प्रणायाम गर्ने गरौ । सुरुमा शरीर तताउने, जगिङ गर्ने, त्यसपछि रामदेवले सिकाएको उठेर गर्ने ब्यायाम जगिङ र अन्य केही बिधि, त्यसपछि सुर्य नमस्कार र प्रणायामहरु गरौ । प्रणायाम कपालभाटी, अनलोम विन्लोम शरीरको सबै मुख्य मुख्य अंंग स्वस्थ पार्न र अक्सिजन भर्ने क्रिया हो । अन्य सहायक प्रणायामहरु जाने जति गरौ १० मिनेट सम्म ।

ध्यान बसौः
एउटा कुसन वा चकटे उचित ठाउँमा ओछ्याएर सजिलो तर ढाड सिढा हुने आसनमा बसेर ध्यान बसौं । ध्यानको लागि पहिलो शर्त यसको लागि वर्तमान अवस्थामा जे उपलब्ध छ, जे आफूसंग त्यो प्रति सन्तुष्ट र स्वीकार गर्नै पर्छ । सन्तुष्ट र स्वीकार गर्ने भनेको केही नगर्ने थुपुक्क बस्ने खाने भनेको होइन,अघि बढ्नेनै हो नमरुन्जेल सम्म । तर, ध्यानको पहिलो आवश्यकता र जरुरी कुरो स्वीकार भाव र वर्तमान प्रति सन्तुष्ट हुनु हो ।

–त्यसपछि आँखा बन्द गरेर श्वास आउने, जाने श्वास प्रति ध्यान दिनु, हेर्नु अवलोकन गर्नु विना प्रतिक्रिया स्वीकार र श्रद्धापूर्वक । सुरुमा लामो लामो श्वास ८,१० पटक लिन सकिन्छ । श्वासलाई करिव ५,१० मिनेट ध्यान दिईसकेपछि संगै मुटुको धड्कन गति, चाप, र शरीरमा बिभिन्न ठाउँमा भैरहेको असर दुखाई कम्पन वेगलाई अनुभव गरौं,हेरौं आउन दिउँ, आउन, हुन सहयोग गरौं, विरोध नगरौ, हेरौ । हेर्दै गरौ, बिहान बेलुकी खाली पेटमा कम्तिमा आधा घण्टा ।

विस्तारै केही दिन महिना पछि साक्षी भावले हेर्दाहेर्दै आप्mनो प्रति ज्ञानहरु र मन शरीर शान्त, विचार शान्त, भएको अनुभव गर्न सकिन्छ । विचार, भाव, गति, लयवद्ध भएको थाहा पाउन सकिन्छ । ध्यानको नदीमा स्वीकारपूर्वक बगेको हेर्ने निरीक्षण गर्ने । विचार विषयगत भयो वा अल्झियो भने स्वीकार गर्दै त्यसलाई नमस्कार गर्दै पुनः श्वास र मुटुको धड्कन वेगहरु र शरीर मनमा परेको चाप असर हेर्दै गरौ । कम्तिमा २० मिनेट देखि ३० मिनेट पछि मात्र भएको सकारात्मक अनुभवको लागि आफुलाई प्रकृतिलाई वा इश्वर प्रति आस्था छ भने धन्यवाद दिँदै शान्ति पाठ गर्दै उठौ ।

–करिव आधा घण्टा,१ घण्टा पछि बेलुकीका खाना खाएको १२ घण्टा पछि मात्र विहानको सुरक्षित नास्ता गरौ । नास्तामा रोगजन्य बढी खराब चिल्लो तेल, घ्यु भएको फ्राई गरेको भुटेको टारेको साथै बढी नुन र चिनी भएको बट्टे पोके पन्टुरे र शिसा प्लाष्टिकको चिसो फलफूलकै भए पनि नखाऔ । विहान मद्यपान धुम्रपान वा चिया कफी नखाने गरौ । खानामा मैदाजन्य रोटी, तरकारी, मिठाई आदि रेसादार नभएको खाना नखाऔ ।

–विहानको खाना ३,४ घण्टा पछि खाने गरौ । खाँदा नसर्ने रोग भएकाहरुले सलाड, गाजर, मुला, काक्रा, पालाको साग लोकल गोलभेडाँ आदि २५०,३०० ग्राम जति तातोपानीले धौएर मात्रै करीब एक प्लेट खाने गरौ । त्यसपछि विहानको खाना दाल भात तरकारी खाने गरौ । खानामा मासु अण्डा पनि विहान खान सकिन्छ तर खान मन लाग्नेले १५० ग्राग जति खाऔ । मासु अण्डा गेडागुडी भरसक संगै नखाऔ । एक पटकमा एक थरि मात्रै खाऔ । खाना खानु अघि पछि बिचमा पानी, चिया, कफी बिल्कुलै नखाऔ, अमिलो मार्दा, गुलियो र फलफूल खाने पनि नगरौ । खान परे तातो पानी थोरै पिउँ, चिसो पानी चिया आदिले पाचन ग्रन्थी पातलो बनाउने पेट बिर्गान सक्छ ।

–त्यसपछि कम्तीमा ४,५ घण्टा पछि नास्ता सुख्खा फलफूल, वा फलफूल वा विहान भिजाएको सुरक्षित भिजाएको गेडागुडी तरकारी रोटी खान सकिन्छ । तर, सुख्खा गेडागुडी र नभिजाएको दालहरुले युरिक एसिड पत्थर पार्छ ।

–बेलुकीको खाना ८ बजे अघि वा सुत्नु २,३ घण्टा अघि खाने गरौ, हलुका थोरै खाऔ । तर, बेलुकी माछा, मासु, दही, दुध भरसक नखाऔ । यसले कोलेष्टेरोल मोटोपन बढी हुनबाट जोगाउँछ ।

–कामधाम ब्यवसाय गर्दा कसैलाई गाली गलौज हेला छिःछि दुरदुर, पिट्ने, हेप्ने, हिंसा गर्ने आदि मानसिक स्वास्थ्य खलल पार्ने वा शरीर थाक्ने गरि काम व्यवसाय व्यायाम नगरौ । शील सदाचार अनुशासनलाईृ ध्यान दिँदा मानसिक स्वास्थ्य बलियो हुन्छ, ध्यान योग ब्यायाममा बल मिल्छ ।
–बेलुकी सुत्ने बेलामा दिमागलाई विश्राम होस् आराम होस्, विषय र रोगबाट मुक्त राखौ । करिब १० पटक लामो श्वास लिने छोड्ने गरौ अनि आफू बलियो क्षमतावान सचेत स्वस्थ भएको सन्देश दिने गरौ । र त्यसको लागि आवश्यक कामधाम गरेको गर्न सफल भएको दरो कल्पना गरि सुतौ ।
भवतु सब्ब मंगलम् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *