स्वास्थ्य टिप्सः ग्यास्ट्रिक के हो ? कसरी ख्याल गर्ने ?

सरोज के.सी
हेल्थ असिस्टेन्ट
धौलागिरी अस्पताल,बागलुङ

पेटमा ग्यास भरिनु र अमिलो डकार आउनुलाई ग्यास्ट्रिक भनिन्छ । ग्यास्ट्रिक नेपाली शब्द हो । यसलाई मेडिकल भाषमा ग्यास्ट्राइटिस र एसिडिटी पनि भनिन्छ । मानिसहरुले खानपानमा ध्यान नदिदाँ ग्यास्ट्रिक हुने गर्दछ । ग्यास्ट्रिक सामान्य जस्तो भएता पनि यो रोगको समयमै उपचार नगरेमा पछि विकराल रुप लिन सक्दछ । बदलिँदो जीवनशैली तथा खानपानका कारणले मानिसहरुलाई ग्यास्ट्रिक हुने गर्दछ । ग्यास्ट्रिक हुदाँ पेट दुख्ने, पेट पोल्ने, अमिलो पानी आउने, घाँटी पोल्ने जस्तो समस्या देखा पर्दछ । ग्यास्ट्रिक हुने मुख्य कारण अस्वस्थकर खाना, मानिसको शरीरमा पानीको कमी र समयमै खाना नखाँदा ग्यास्ट्रिक हुने गर्दछ । अहिलेको समयमा मानिसहरु निकै व्यस्त रहेको पाइन्छ । उनीहरुले समयमा खाना नखाने, खाना खाने समय दैनिक एकै नहुने, अमिलो पिरो, चिल्लो, बाहिरी खानाहरु बढी खाने, अत्याधिक मसलेदार खाना खाने र शरीरलाई चाहिने प्राप्त मात्रमा पानी नपिउँदा ग्यास्ट्रिक हुने गर्दछ ।

ग्यास्ट्रिक हुने अर्को कारण शरीरलाई आवश्यकता भन्दा बढी मात्रमा खान खादाँ पनि ग्यास्ट्रिक हुने गर्दछ । बढी मात्रामा धुम्रपान तथा मादक पदार्थ सेवनले पनि मानिसहरुलाई ग्यास्ट्रिक हुने गर्दछ । मानिसहरुले खाना खादाँ साथ सुत्ने, बासी खाना खाने, दूध राखेको चिया, कफी बढी मात्रमा पिउने गर्दा पनि ग्यास्ट्रिक हुने गर्दाछ ।

मानिसको शरीरमा जब ग्यास्ट्रिक बढी हुन्छ, पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, खाना अपच हुने, पेट ढुस्स हुने, बान्ता हुने गर्दछ । मानिसहरुले ग्यास्ट्रिक नहुञ्जेल सम्म आफ्नो स्वास्थ्यमा ध्यान नदिँदा जे मन लाग्यो, त्यही खाने बानीले पछि स्वास्थ्यमा असर पर्न जान्छ र धेरै दुःख पाउनु पर्ने हुन्छ । त्यसकारण समयमै मानिसहरुले आफ्नो स्वास्थ्यमा ध्यान दिन जरुरी छ । खानपानमा ध्यान दिने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ । तर, ग्यास्ट्रिक भए पछि यसलाई निको पार्न निकै समय लाग्ने हुन्छ । ग्यास्ट्रिक बिग्रियो भने मानिसको ज्यान जान सक्ने भएको कारणले चिकित्सकको सल्लाह लिएर नियमित औषधी सेवन गर्न आवश्यक हुन्छ ।

नेपालीहरुले आफ्नो जिवनशैलीमा ध्यान नदिएको पाइन्छ । त्यसकारणले अधिकांश नेपालीमा ग्यास्ट्रिकको समस्या देखा पर्दछ । त्यसकारणले पहिला हामीहरुले आफ्नो जीवनशैली परिर्वतन गर्न अतिनै आवश्यक छ । समयमा खाना खाने, स्वस्थकर खाना खाने, बढी मात्रमा चिल्लो पिरो खानेकुरा नखाने, बासी खानेकुरा नखाने र प्रशस्त रुपमा पानीको सेवन गर्ने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ । ग्यास्ट्रिक भएका मानिसहरुले बढी चिसो र बढी तातो खानेकुरा खानु हुँदैन । विहान उठ्ने बित्तिकै सबै भन्दा पहिले मनतातो पानी पिउने बानी बसाल्ने हो भने स्वास्थ्यका लागी धेरै राम्रो हुन्छ ।

मासिनहरुले धेरै बाहिरी खानेकुरा खाने, कोल्ड्रिङ्स बढी पिउने बानी हुन्छ । यसले गर्दा ग्यास्ट्रिक हुने गर्दछ । त्यसकारण ग्यास्ट्रिकबाट बच्नका लागि अस्वस्थकर खान आजैबाट छोड्नु पर्दछ । दिनमा होस् वा रातिमा मानिसहरुले खाना एकै पटकमा धेरै खाएको पाइन्छ । खाना थोरै थोरै खाने तर धेरै पटक खाँदा पेटमा ग्यास्ट्रिक भरिन पाउँदैन । र थोरै थोरै धेरै पटक खाँदा खाना राम्रो संग पच्ने भएकाले थोरै थोरै खाना धेरै पटक खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ । नेपालीहरुले साँझको खाना ढिलो खाने र खाना खाँदा साथ सुत्ने गरेको पाइन्छ । खाना खाँदा साथ सुत्दा ग्यास्ट्रिकको समस्या बढी हुने भएकाले सुत्नु भन्दा ४ घण्टा पहिले खाना खादा स्वास्थ्यको लागी राम्रो हुने र ग्यास्ट्रिक पनि कम हुने गर्दछ ।

ग्यास्ट्रिक भएका मानिसले दैनिक रुपमा नरिवलको पानी सेवन गर्दा ग्यास्ट्रिक कम हुने गर्दछ । राति सुत्नु अघि मनतातो दुध पिउने, घरमा बनाएको चिल्लो पिरो कम भएको खानेकुरा खाने, खाना खादा चपाएर खायो भने राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *