डा. सरोज कुमार राय
कोरोना महामारीमा मात्रै नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता समेत वृद्धि गरी हाम्रो शरीरलाई शारीरिक, मानसिक र आध्यात्मिक रुपले समेत स्वस्थ राख्न सहयोगी प्राणायाम हो– नाडी शोधन प्राणायाम । त्यसैले यो एक प्राणायामको दैनिक अभ्यासले मात्रै पनि हाम्रो शरीरमा अनेक आश्चर्यजनक लाभ प्राप्त हुन्छ । यो प्राणायामबारे बुझ्नु भन्दा पहिले प्राणायामबारे जान्नु जरुरी छ ।
क.प्राणायाम २ शब्दको योगबाट बनेको छ– (प्राण+आयाम) पहिलो शब्द ‘प्राण’ हो र दोश्रो ‘आयाम’ ।
ख.प्राणको अर्थ हामीलाई शाक्ति र बल प्रदान गर्ने तत्व हो, जुन हाम्रो शरीरमा पन्चप्राण (प्राण, उदान, समान, व्याण र अपान) को रुपमा रहेको हुन्छ ।
ग.आयामको अर्थ २ श्वासहरुबिच दूरी बढाउनु वा विस्तार गर्नु ।
प्राणायामलाई हामी यसरी पनि बुझ्न सक्छौ– प्राण अर्थात् श्वासप्रश्वासको आयाम नै प्राणायाम हो । यसको अर्थ २ श्वासहरु बिच दूरी बढाउनु वा विस्तार गर्नु, श्वास र प्रश्वासको गतिलाई नियंत्रण गरेर रोकने र निकालने क्रियालाई प्राणायाम भनिन्छ ।
महर्षि पतन्जलिले प्राणायामलाई यसरी भनेको छ,
–तस्मिन सति श्वास प्रश्वास योर्गति विच्छेदः प्राणायाम ।।
अर्थात श्वासप्रश्वासको गतिलाई अलग गर्नु नै प्राणायाम हो ।
हरेक प्राणायामका ३ अङ्गहरु रहने गर्दछन् । यी तीन अंगहरु हुन् पूरक, कुम्भक र रेचक । प्राणायामको अभ्यास गर्दा यी अंगहरुको समयको अनुपात १ः४ः२ हुनुपर्छ तर यो अवस्थामा १–२ वर्षसम्म प्राणायामको अभ्यास गरे पछि मात्र पुग्न सकिन्छ ।
१)पूरकः नियन्त्रित रुपमा स्वासलाई भित्र तान्ने प्रक्रियालाई पूरक भनिन्छ । स्वासलाई अवस्था अनुसार बिस्तारै–बिस्तारै वा छिटोछिटो दुवै तरिकाले भित्र लिन सकिन्छ ।
२)कुम्भकः स्वासलाई आफ्नो क्षमता अनुसार रोकेर राख्ने प्रक्रियालाई कुम्भक भनिन्छ । भित्र तानिएको स्वासलाई केही समयसम्म रोकेर राख्ने क्रियालाई अभ्यान्तर कुम्भक भनिन्छ भने स्वास फालिसके पछि पुनः केही समयसम्म श्वास नलिएर नबस्ने क्रियालाई बाह्य कुम्भक भनिन्छ ।
३)रेचकः भित्र लिइएको स्वासलाई नियन्त्रित रुपमा छोड्ने प्रक्रियालाई रेचक भनिन्छ । छाड्ने प्रक्रिया बिस्तारै–बिस्तारै वा छिटो–छिटो पनि हुन सक्दछ ।
नाडी शोधन प्राणायाम गर्ने विधीः
क.सिद्धासन, पद्मासन वा सुखासन बस्नुहोस् । श्वासलाई शांत गर्नुहोस् ।
ख.दाहिने हातको चोर औला र बिचको औलालाई तन्काएर निधारमा राख्नुहोस, दाँया नासिकालाई बुढी औलाले बन्द गर्नुहोस र देब्रे नासिका बाट श्वास लिनुहोस् ।
ग.अब औठी लगाउने औंला र कान्छी औंलाले देब्रे नासिका बन्द गर्नुहोस् र केहीबेर अभ्यान्तर कुम्भक गर्नुहोस्
घ.अब बुढी औंला हटाएर दाहिने नासिकाबाट बिस्तारै बिस्तारै श्वास छोडनुहोस ।
ङ.अब फेरी दाहिने नासिकाबाट श्वास लिनुहोस् ।
च.फेरी देब्रे नासिकाबाट श्वास छोड्नुहोस् ।
छ.यह नाड़ीशोधन प्राणायामको एक चक्र भयो, यस्तो ९ चक्र पुरा गर्नुहोस् र केहीबेर आराम गर्नुहोस् ।
ज.यसरी आराम गर्दै कम्तीमा २१ चक्र पुरा गर्नुहोस् वा आवश्यकता अनुसार बढी समय सम्म पनि गर्न सकिन्छ ।
नाडी शोधन प्राणायामको लाभः
–हाम्रो शरीरको सबै सूक्ष्म नाड़ीहरु शुद्ध हुन्छ ।
–शरीरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धी गर्दछ ।
–फोक्सोमा अक्सिजनको मात्रा बढाउनुको साथै ब्रोनकैटिस, दम जस्ता समस्यामा निकै फाइदाजनक ।
–हार्ट ब्लाकेज खोल्न मद्दत गर्छ ।
–उच्च र न्यून दुवै रक्तचापमा लाभकारी ।
–आर्थराटिस, आमवात( रह्यूमेटोइड आर्थराइटिस), वैरीकोस वेन्समा फाइदाजनक ।
–कोलेस्ट्रोल, टाँक्सिन्स, आँक्सीडैन्ट्स जस्तो विजातीय पदार्थ शरीर बाहिर निकाल्न उपयोगी ।
–मानसिक बिरामीहरुलाई पनि लाभकारी ।
–मृगौलालाई प्राकृतिक रूपले स्वच्छ रहन्छ ्र
– खतरनाक कैन्सर जस्तो रोगमा पनि लाभकारी ्र
–सबै प्रकारको अलर्जीहरुमा फाइदाजनक ्र
–अनिद्राको समस्या समाधान गर्नुको साथै मेमरी पावर बढाउनको लागी ्र
–सर्दी, खोकी, नाकको समस्यामा फाइदाजनक ।
–ब्रेन ट्यूमरमा समेत लाभदायक ।
–सबै प्रकारको चर्मरोगहरु को समस्यामा उपयोगी ।
–मस्तिषक सम्बधित सबै व्याधिहरुमा लाभदायक ।
–पार्किनसन्स, पैरालिसिस, लूलापन इत्यादि स्नायुसंग सम्बधित सबै व्याधिहरु निर्मुल गर्नका लागि ।
–सायनस र टाँन्सिल्सको व्याधि ठिक हुन्छ ।
–मधुमेह (डायबीटीज)को समस्यामा पूर्ण लाभप्रद छ ।