स्वास्थ्य टिप्सः ब्लड प्रेसर कम भएमा के गर्ने ?

सरोज के.सी
हेल्थ असिस्टेन्ट
धौलागिरी अस्पताल, बागलुङ

ब्लड प्रेसर अर्थात् (रक्तचाप) कम हुनु स्वास्थ्यको पछिल्लो समयमा देखिने गरेको अधिक समस्या हो । स्वस्थ मानिसको शरीरको रक्तचाप १२०/८० हुनुपर्दछ । तर, यो भन्दा कम भएमा रक्तचाप कम र यो भन्दा बढी भएमा रक्तचाप भढी भएको मानिन्छ । धेरैजसो मानिसहरुले रक्तचाप कम भएमा मात्र ध्यान दिदाँ हुन्छ र रक्तचाप कम भएमा अमिलो, पिरो र नुनिलो कुरा बढी खाएमा ठिक हुने बताएको पाइन्छ । तर, त्यो गलत हो । रक्तचाप कम भएका बिरामीलाई पनि समान हेरचाह र जीवनशैलीमा आवश्यक परिवर्तन गनुपर्दछ । मानिसहरुले ब्लड प्रेसर हाई भएका मानिसहरुले अल्नो, बिल्नो खाने भन्नेक कुरा ठीक हो । तर, ब्लड प्रेसर कम भयो भन्दैमा नुनको खानेकुरा बढी भन्दा बढी खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक्कासी नुनको मात्रा बढी खाने गरेमा उच्च रक्तचापको जोखिम बढ्न जान्छ र मानिसको शरीरमा स्वास्थ्य सम्बन्धी विभिन्न खालका समस्याहरु आउन सक्दछन् । त्यसकारण रक्तचाप कम भएका मानिसहरुले चिकित्सकको सुझाब लिएर दैनिक २ देखि ३ एमजी नुन खानामा प्रयोग गर्न सक्दछन् ।

ब्लड प्रेसर कम भएका मानिसहरुलाई रिंगटा लाग्ने, बेहोस हुने, जिउ गल्ने, आँखा तिरिमिरी तथा धमिलो देख्ने, कमजोर महसुस हुने र श्वास फेर्न अप्ठ्यारो भएमा ब्लड प्रेसर कम भएको बुझ्नु पर्दछ । ब्लड प्रेसर कम भएमा मानिसको मुटु, मस्तिष्क र मृगौलामा असर पर्ने भएकाले ब्लड प्रेसर कम भएका मानिसहरुले स्वास्थ्यको ख्याल नराख्दा प्राणघातक पनि हुन सक्ने भएकाले विशेष ध्यान दिनु आवश्यक हुन्छ । ब्लड प्रेसर कम हुने धेरै कारणहरु हुन सक्ने भएकाले विशेष गरी चिकित्सकको सल्लाह लिनु पर्दछ ।

ब्लड प्रेसर कम भएका मानिसहरुले विशेषतः खानामा ध्यान दिनु पर्दछ । चिकित्सकको सल्लाह लिएर दैनिक कति नुन खानु पर्दछ भनेर जानकारी लिएर नुनपानी पिउन सकिन्छ । तर, नुनको धेरै मात्रा भने शरीरलाई हानिकारक गर्न सक्दछ भन्ने कुरा भुल्नु भने हँुदैन । ब्लड प्रेसर कम भएका मानिसहरुले कफीको सेवन गर्नु अति नै राम्रो हुन्छ । कफी वा हट चक्लेट खाँदा रक्तचाप सन्तुलनमा आउने भएका कारणले विहान तथा दिउँसो कफी, हट चक्लेट खाँदा स्वास्थ्यको लागी फाइदाजनक हुन्छ ।

रक्तचाप कम भएका मानिसहरुले किसमिस खाँदा स्वास्थ्यमा राम्रो हुन्छ । राती सुत्नु भन्दा अगाडि किसमिसलाई पानीमा भिजाउने र विहान भिजेको किसमिस चपाएर खाँदा स्वास्थ्यलाई फाइदा गर्दछ र कम रक्तचाप भएको मानिसलाई रक्तचाप सन्तुलित गराउन मदत गर्दछ । रक्तचाप कम भएका मासिनहरुलाई बदामको सेवनले फाइदा हुन्छ । बदामलाई पनि पानीमा राती सुत्नभन्दा अगाडि भिजाउने र विहान बदामको बाहिरी पत्र फालेर भित्री भागलाई पिसी दुधमा राखेर सेवन गर्दा अति नै राम्रो हुने गर्दछ ।

तुलसीको पातलाई पिसेर रस खाँदा पनि रक्तचापलाई सन्तुलनमा राख्न सहयोग गर्दछ । तुलसीका १० देखि १५ वटा पातको रस निकालेर रसमा एक चम्चा मह मिलाएर हरेक विहान पिउँदा यसले स्वास्थ्यमा राम्रो फाइदा गर्दछ । तुलसीमा भिटामिन सी, पोटासियम तथा प्यान्टोथेनिक एसिड पाइन्छ ।

ब्लड प्रेसर कम भएका मानिसहरुले विभिन्न कुरामा ध्यान दिन आवश्यक हुन्छ । मुटुको भल्बमा समस्या, हृदयघात वा हृदय सम्बन्धी रोगले पनि रक्तचाप कम हुन सक्छ । थाइराइड, रक्त अल्पता, लो ब्लड सुगर र कहिलेकाही मधुमेहले गर्दा पनि रक्तचाप न्युन हुन सक्छ । शरीरमा पानीको मात्रा अपुग हुँदा न्युन रक्तचापको समस्या देखा पर्न सक्छ । रक्तश्राव, चोट पटकको कारण रक्तश्राव भएर अचानक शरीरमा रगतको कमी भयो भने पनि रक्तचाप न्युन हुन्छ । शरीरमा भिटामिन बी–१२ र आइरनको कमीले एनिमिया हुन्छ । यसले गर्दा शरीरमा प्रयाप्त मात्रामा रेड ब्लड सेल बन्दैन र ब्लड प्रेसर लो हुन्छ । त्यसकारण यी कुरामा मानिसहरुले ध्यान दिन आवश्यक हुन्छ ।

रक्तचाप कम भएका मानिसहरुमा हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्या हुने भएकोले एकै पटकमा धेरै खाना खानु हुदैन् । त्यसकारणले हरेक दुई–दुई घन्टामा थोरै थोरै खानेकुरा खाँदा राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *