असुरक्षित खानपान र स्वास्थ्य समस्या

जीवन शाक्य
एक जना अर्धवैशे विवाहित ठिटो विहानै पसलमा आयो । “मलाई औषधी दिनुस न, एकदम पेट फुलेको छ दिशा खुलेर आउदैन, पेट अलि अलि पोलेको जस्तो भएको छ” । के खानु भो भनेर सोध्दा हिजो बेलुकी रक्सी सँग धेरै मकै भट्ट खाएको भन्ने जवाफ आयो । ढयाउसिनो डकार पनि आउँछ ? भन्दा अँ आउछ भन्यो । यो भन्दा पहिला रक्सी मासु धेरै खाएको एकजना ठिटोलाई त्यस्तै भएको औषधी दिएर पठाएको थिए । निको भएको थियो ।

यस्तै समस्या मलाई पनि आज विहानै ४.३० बजे भयो । पेट जलेको पोलेको जस्तो, पेट धेरै फुलेको जस्तो महशुष भएको थियो । हिजो साझ करिब ४ बजे मासु चिउरा र दालमोठ खाएको थिए, बेलुकी भोक लागेको त्यति थिएन, तर सानो खाना साग सहितको दुइ टुक्रा मासु र झोल खाएको थिए । राती दस बजे तिर पेट पोलेको, जलेको जस्तो भयो, एक टयावलेट प्यान्टोप्राजोल खाए आधा घण्टा पछि अलिकति सुविस्ता भयो सुते । विहान उठदा सम्म ठिकै थियो । मनतातो पानी सधै खाने बानी थियो करिव २०० एम एल पिए, र बाथरुम भित्र छिरे, दिशा खलास भएर आएन पेट केहि फुलेको जस्तो थियो ।

केहि छिन पछि नुहाइवरी योगा गर्न बसे, केहि समयको कपालभाटी पछि बाथरुममा जानुपर्ने जस्तो भयो, गए दिशा पातलो भयो, ढ्याउसिनो डकार आउला जस्तो भएको थियो र वाकवाक लाग्ला जस्तो पनि भयो तर खलास भएन, पेट धेरै फुलेको थियो । विहानै एक टयावलेट प्रतिजिवीको औषधी सिपँ्रो र मेट्रो खाए । सामान्य योगा गरे, अफ्ठेरो महशुष भएकोले सुते । निद्रा लागेछ २ घण्टा पछि उठे । पुन बाथरुपमा जानु पर्ने जस्तो भयो गए, दिशा पातलो तर खलास भएर गएन, वाकवाक आउला जस्तो, पेट पनि फुलेको जस्तो अझै थियो । विहान पहिलो पटक दिशा पछि पेट बिग्रेर कतै एपेन्डिसाईटिस त हँुदैन भन्ने सम्म सोँचे ।

त्यसपछि विहान आधा घण्टा जस्तो डुले र फर्के । एक गिलास मह पानी र अलिकति कागती रस राखेर पिए । पिउने बानी नै थियो । अब दिनभर केहि नखाने भन्ने सोँचे । विहान १० बजे सम्म पेट फुलेको थियो तर सामान्य । तर अब केहि खतरा नभएको विस्तारै सामान्य हुन्छ भने सोँचे । तर दिउसो १ बजे सम्म पेट अलि अलि फुलेकै थियो, एक पटक पातलो दिशा भयो तर पेट सफा भएन । केहि खाइन । बेलुकी सम्म केहि नखाने विचारमा थिए ।

यो सबै असुरक्षित खानपान र प्रौढ अवस्थापछि आउने पाचन शक्ति कम भएको समस्या थियो । गेडागुडी धेरै र मासु दुबै प्रोटिन हो पचाउन करिव १२,२० घण्टा भन्दा बढी लाग्न सक्छ । पेट र आन्द्रामा खाना सड्ने, हावा धेरै बन्ने भएर दिशा घरिघरि लाग्ने साथै नमिठो डकार आउने गराउँछ । यस्तो बेलामा व्ययाम प्राणायाम नगरेकै राम्रो र अवस्था जटिल नहोस, औषधी खाइहाल्नु राम्रो र खाना पनि करिब दिनभरी खानु हुँदैन यस्तो अवस्थामा । खानामा मासु र गेडागुडी, मासु र दुध दही, अण्डा संगै खादा र धेरै खादा यस्तो समस्या बुढेसकालमा बढी आउँछ र जुनसुकै उमेरमा पनि हुन सक्छ । कहिले काही नहोला तर धेरैजसो हुने हुन्छ । खाना भोज खाइसकेर अमिलो जन्य र गुलियो जेरी आईसक्रिम पनि नखाएकै बेश हुन्छ नत्र यो समस्या आउन सक्छ ।

साथै समस्या समधानको लागि औषधी स्वास्थ्यकर्मीकोमा गएर खाइहाल्नु बेस कम्तिमा ३ दिन सम्म र यस्तो अवस्थामा मनलाग्यो भनेर केहि पनि नखाएकै बेस । तर मह कागतीले पनि प्राकृतिक औषधिको काम गर्छ भनेर मैले पिए । जीवनजल पनि खान सकिन्छ । यस्तो बेलामा बढी व्ययाम र खानपान थप गेडागुडी अण्डा मासु, चिसो पेय पदार्थ रक्सी खाने भयो भने पेटको अपरेसन तत्कालै गर्नुपर्ने समस्या पनि आउन सक्छ । यस्तो बेलामा पेट भित्रको स्वास्थ्य बचाउने झिल्लिमा छिद्र परेर खराव तत्वहरु भित्र पस्ने हुन्छ । यस्तै समस्यामा पेट भित्र मासु पलाउने क्यान्सरको शुरुवात पनि हुन सक्छ । मासु, चिल्लो र गेडागुडी बढी सेवन गर्ने रक्सी खाने स्वभाव र बानीले क्यान्सर लगायत अप्रेसन गर्नुपर्ने, दिर्घ ग्याूस्ट्राईटिस पनि हुन सक्छ । यस्तो भिआईपी खानाले नै हो शरिर रोगको घर बनाउने, बनाउन सहयोग गर्ने ।

बचावटको लागि पेटको अवस्था बलियो बनाई राख्न विहान बेलुकी व्ययाम गर्ने डुल्ने आधा घण्टा वा सकारात्मक सोच राख्ने स्वभाव विकशित गर्नु आवश्यक कुरो हो । नकारात्मक सोँचले शरिरका अंग प्रत्यंगहरु कमजोर र रोग प्रतिरोध शक्ति कमजोर हुन्छ र पाचनशक्ति पनि कमजोर हुन्छ ।
भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *