मधुमेह के हो ? मधुमेह लागेमा कस्ता कुरामा ध्यान दिने ?

सरोज केसी
धौलागिरी अस्पताल
हेल्थ असिस्टेन

मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा चिनीको मात्र आवश्यक भन्दा बढी भएमा मधुमेह रोग हुने गर्दछ । मानिसको शरिरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । इन्सुलिन हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पाखदन गर्दछ ।

पेटमा इन्सुलिन हर्मोनको अनियमितता भएमा मधुमेह रोग हुने गर्दछ । इन्सुलिनले मानिसकोे शरिरामा चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्ने भएकाले रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने काम गर्दछ । इन्सुलिनको उत्पादन हुन छाडेमा रगतमा चिनिको मात्र बढ्ने र प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा शरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुन्छ । मधुमेह रोगको समयमा सहि उपचार नभएमा यसले स्वास्थ्यमा विभिन्न जटिलता ल्याउने गर्दछ ।

मधुमेह हुने कारण बिलासी जिवनशैली, जिवन यापनमा आइरहेको परिवर्तन र शारिरीक व्यामको कमिले मधुमेह रोग दिनदिनै बढने गर्दछ । गाउँमा भन्दा सहरमा बस्ने मानिसहरुमा मधुमेह बढी भएको पाहिन्छ । शहरमा बस्ने मानिसहरुको जिवनशैलीका कारणले उनिहरुमा बढी मधुमेह रोग लागेको हुन्छ ।

मधुमेह बच्चा, बयस्क र बृद्ध जुनसुकै उमेरका मानिसमा लाग्न सक्दछ । मधुमेह तिन किसिमको हुन्छ । जस्मा टाइप वान (प्रकार एक)। टाइप टू (प्रकार दुई) जेस्टेसनल मधुमेह हो । प्रकार एक बालबच्चामा देखिन्छ र यो मधुमेह लागेमा शरिरमा इन्सुलिनको उत्पादन बन्दनै हुने गर्दछ त्याकारणले बच्चाहरुलाई यन्सुलिन अनिवार्य दिनुपर्दछ । बच्चालाई मधुमेह लाग्यो भन्दैमा जन्मजात नै भएको भन्न मिल्दैन जन्मेको केही वर्षमा देखिन सक्दछ । प्रकार एक लागेको बच्चालाई औषधिले काम गर्दैन् त्यसकारणले यन्सुलिन अनिवार्य दिनुपर्दछ ।

प्रकार दुई वाला मधुमेह अलि उमेर बढी भएका मानिसमा देखिन्छ । तर अहिलेको जीवनशैली र खानपानका कारण कम उमेरमै पनि प्रकार दुईको मधुमेह देखिएको पाहिन्छ । अहिले बच्चाहरुमै मोटो पन बढेकोले प्रकार दुईवाला मधुमेह देखिन थालेको बताइन्छ । नेपालमा पनि यसको प्रभाव देखिन थालिसकेको छ ।

जेस्टेसनल मधुमेह गर्भवती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनिको मात्रा उच्च हुनगइ मधुमेह हुनजान्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ । मधुमेह भएको मानिसलाई छिटो छिटो पिसाव र तिर्खालाग्ने, वाकवाकी लाग्ने, बढी भोक लाग्ने र आखा तिरमिराउने, हातखुट्टा झमझाउने्, कम्जोरी महशुस हुने र बिहोस हुने, शरिरको बजन घट्ने, लामो समयसम्म चोटपटक लागेको ठाउँ निको नहुने समस्या देखा पर्दछन् ।

मधुमेह विभिन्न कारणले हुन्छन् । जसमध्य आनुवांशिक कारणपनि हो । बुबा आमामा मधुमेह भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशत हरेको हुन्छ । यांक्रियाजको विटा कोश, जसले इन्सुलिन उत्पादन गर्छ उक्त कोशमा भाइरसको संक्रमण हुँदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन जान्छ । अत्यधिक मोटो पना र आवश्यक भन्दा बढि तौल भएका मानिसलाई मधुमेह हुने सम्भावना बढि हुने गर्दछ । अस्वास्थ आहार बिहार व्यायामको कमी, उच्च रक्तचाप र रगतमा बढी कोलेस्टेरोल हुनु पनि मधुमेहका कारण हुन् ।

मधुमेह लागेको मानिसलाई अन्धोपना हुनसक्ने सम्भावना अत्याधिक हुन्छ । रगतमा भएको अत्याधिक चिनिकोम मात्राले आखाको रेटिनामा भएको रक्तनलिमा क्षति पुराउने भएकाले आखाको ज्योती गुम्न साक्दछ । मधुमेहले स्नायु प्रणालीको मुख्य अंग मस्तिष्क पनि क्षति पुराउने सम्भावना बढी हुन्छ । मधुमेहले मृगौलाको रोग हुने गर्दछ त्यसकारणले मधुमेह भएको अधिकाम्स मानिसहरु मुटु तथा नशा सम्बन्धी रोगका कारण मर्ने गर्दछन् ।

मधुमेह लागेपछि त्यसको उपचार सम्भव हुदैन् । त्यसकाणले यो रोग लागेपछि निको बनाउने भन्दापनि शरिरमा चिनिको मात्र कम गराउनु तर्फ लाग्नु पर्दछ र चिकित्सकको सल्लाह बाट नियमीत ओषधिको सेबन गर्नुपर्दछ ।
मधुमेह लागेका मानिसहरुले निम्न कुरामा ध्यान दिन जरुरी हुन्छ ।
१. रक्तचाप नियन्त्रण गर्ने
२. इन्सुलिनको मात्रा यथावत राखी रगतमा चिनिको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने
३. धुम्रपान र मध्यपान त्याग्ने
४. खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने
५. सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने
६. बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *