मानिसको शरीरमा फाइबरको किन आवश्यक छ ?

सरोज केसी
हेल्थ असिस्टेन
धौलागिरी अस्पताल, बागलुङ

फाइबर भनेको विभिन्न फलफुल तथा सब्जीहरु मार्फत पाइने एकप्रकारको कार्बोहाइड्रेट् हो जुन मानिसको शरीरमा पच्न सक्दैन । मानिसको शरिरमा फाइबरको आवस्यकता हुन्छ । मानिसले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि फाइबर युक्त खानेकुरा खानुपर्ने हुन्छ । फाइबर युक्त खानेकुरा खादा पाचन प्रकृयालाई सहयोग गर्दछ । बनस्पति स्रोतबाट प्राप्त हुने रेसायुक्त पदार्थलाई फइबर भनिन्छ । हामिले खाने गहुँ, फापार, कोदो, सागपात, फलफूल, मकै, गेडागुडी, चना, जौँ जस्ता खानेकुरामा प्रसस्त फाइबर पाउन सकिन्छ ।

फाइबर २ प्रकारको हुन्छ घुलनशील फाइबर र अघुलनशील फाइबर । घुलनशील फाइबर पानी मा मज्जाले घुल्न सक्छ । घुलनशीलफाइबर ले हाम्रो शरीर मा सुगर (चिनी) को मात्रा लाई नियंत्रण गर्दछ र कोलेस्टेरोल लेवल लाई पनि कन्ट्रोल गर्दछ । जसको फाइदा मधुमेह रोगी देखि अन्य विभिन्न समस्या भएकाहरुलाई अति नै बढी फाइदाकारी हुदछ । घुलनसिल फाइबर पेटमा पुगेपछि पानीमा घुलेर एकप्रकारको बाक्लो जेल जस्तो बनिन्छ र पेटमा राम्रो ब्याक्टेरिया को निर्माण हुन्छ भने अघुलनशील फाइबर पानी मा घुल्न सक्दैन । यसले पेटको समस्या भएकाहरुलाई विशेष गरी दिसा नलाग्ने, दिशा गर्ना बस्दा कनेर देशा गर्नू पर्ने आदी जस्ता कब्जियत को समस्या भएकाहरुलाई समाधान गर्न सहयोग गर्दछ ।अघुलनसिल फाइबर पानीमा राम्रो सँग घुल्न नसक्ने भएकाले पानी धेरै पिउनुपर्ने हुन्छ । अघुलनसिल फाइबर ले पेटमा रहेको खराब तत्वहरूलाई बाहिर निकाल्न मदत गर्दछ ।

फाइबरले पाचनप्रणलीलाई स्वस्थ राख्न मदत गर्दछ । फाइबर शरीरभित्र पाचन नै नभईकन बाहिर निस्कने भएकाले यो काब्रोहाइडे«टको एक प्रकार भएपनि यसबाट शक्ति पाउन सकिँदैन । भोजनमा फायबरको विशेष महत्व छ । यसको पाचन तथा शोषण शररभित्र नभएपनि यसलाई खानाको रुपमा लिइन्छ । साधारण अवस्था बाहेक कम क्यालोरी भएको भोजन खाने गर्दा फाइबर भएको खाद्यबस्तु खाना अति आवश्यक हुन्छ । फाइबर युक्त खाना खादा मधुमेहजस्तो कम क्यालोरी आवश्यक पर्ने रोगीले, मोटोपना घटाउन चाहाने मानिसहरुले खाना खादा पेट भरिने हुन्छ र क्यालोरी कम हुन्छ । फाइबर युक्त खाना खादा कब्जियत हुनबाट पनि बचाउन्छ । भोजनमा समावेश गरिएको फाइबरले शक्ति दिँदैन, यसले भोजनको परिमाण बढाउँछ ।

यदि फाइबर भएको खाद्यवस्तुसँगै चिल्लो र प्रोटिन पनि रहेको छ भने फाइबरले यी पौष्टिक तत्वको पाचन पनि कम गराउँछ । जब थोरै चिल्लो र प्रोटिनको पाचन हुन्छ तब रगतमा पनि यी तत्वहरुको कम मात्रा कम हुन्छ । पाचन नभएको बाँकी भाग शरीरबाट काम नलाग्ने पदार्थ दिसापिसाबको रुपमा बाहिर निस्कन्छ ।

खानामा फाइबर बढाउने धेरे उपाय छन् ।
फलफुलको बोक्रा नफाली खादा फाइबर बढदछन् ।
गाजार, कोसा, काचै खाने साग,सलादको पात, ब्रोकाउली प्रसस्त मात्रमा खाने ।
हप्तामा २,घ पटक प्रसस्त रुपमा गेडागुडी सुप तथा सलाद बनाएर खाने ।
काक्रोको बिया र उमालेको आफुको बोक्रा नफाली खान सकिन्छ ।
तरकारीको र सागपालको खाना मिल्ने बाहिरी भाग र बियाको तरकारी पकाउदा प्रयोग गर्दा राम्रो हुन्छ ।
चोकर निकालेको खानको सट्टा चोकरसहितको खाना खादा फाइबर प्रसस्त पाहिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *