गर्मी मौसममा कस्तो खानेकुरा खाने ?

सरोज केसी
हेल्थ असिस्टेन्ट
धौलागिरी अस्पताल, बागलुङ

गर्मी मौसम हिजो आज शुरुभएको हामीले महशुस गर्न सक्दछ । गर्मी हो या जाडो मौसम हामीले खानपानमा ध्यान दिन आवश्यक हुन्छ । मानिसका लागी खाना आधारभूत आवश्यकता हो । तर, धेरै जसो मानिसहरुले सन्तुलित खान नखादा स्वास्थ्यमा विभिन्न खालका समस्या आएको देख्न सक्दछौ । त्यसकारणले हामीले सन्तुलित भोजन गर्दा स्वास्थ्य पनि राम्रो हुने भएकाले कस्तो खाना खाने भन्ने विषयमा आजाहामी चर्चा गर्दछौँ ।

सामान्य तया हामीले खोक मेटाउनका लागी मात्र खाना खाएको पाउन्छौ । तर शरिरमा चाहिने पौष्टिक तत्व पूति गर्नका लागी हामीले विभिन्न खालका खानेकुरा खान आवश्यक हुन्छ । मानिसले अन्न, दाल तथा गेडागुडी, माछा, मासु, दही, दुध, तेल, घ्यू, चिनी, फलफूल र तरकारीलाई सन्तुलित मात्रमा खानामा समावेश गरेर खानु पर्दछ । समान्य तया कुन मौसममा कस्तो खाना खाने भनेर सिजन अनुसारका खाद्य बस्तु उत्पादन गर्ने गर्दछौ । गर्मी मौसममा पाइने मेवा, प्याज, खरबुजा, तरबुजा, पुदिना, कागाती, काँचो आप, काँक्रो, मकै, हरियो सागपात, नरिवलको पानी, ताजा फलफुलको जुस मात्र सवै सन्तुलित मात्रमा खानु पर्दछ । गर्मी मौसममा शरिरलाई सितल प्रदान गर्ने खानेकुरा बढी मात्रमा खानुपर्दछ । पानीको सेवन पनि उतीनै गर्नुपर्ने हुन्छ । गर्मी मौसममा शरिरमा पानीको मात्र कम हुने हुन्छ । शरिरबाट पसिनाको माध्यमबाट पानी बाहिर निस्कने भएकाले सकेसम्मा पढि पानीको सेवन गर्नुपर्दछ । झोलिलो खानेकुरा, हरियो सागपात र फलफुलको सेवन समय समयमा खानु पर्दछ । स्वस्थ मानिसले गर्मी मौसममा २ लिटर देखि ३ लिटर पानी पिउनु पर्दछ । तर, पसिना बढी आउने र तपक्रम पनि बढी भएमा ५ लिटरसम्म पानी पिउन जरुरी हुन्छ ।

गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाइ शितलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानु आवश्यक हुन्छ । गर्मीमा दही, मोही खानु पर्दछ । शरीरमा तापक्रमको मात्रालाई सन्तुलित राख्नको लागि यस्ता खानेकुरा खानुपर्दछ ।

जाडो मौसमा भन्दा गर्मी मौसममा मानिसलाई खाना कम रुच्ने हुन्छ । त्यसकारणले मासिनलाई कमजोरी महशुस हुन सक्दछ । आफ्नो शरीरलाई कती क्यालोरीको आवश्यक पर्दछ भनेर शरीरलाई आवश्यक पर्ने जती खानेकुरा खाना आवश्यक हुन्छ । तर, धेरै खाना खानाले पनि स्वास्थ्य अवस्वथ हुन सक्दछ ।

गर्मी महिनामा पिरो वा अमिलो खानेकुरा सबैलाई मन पर्छ । पिरो वा अमिलो खानेकुरा जिब्रोका लागि स्वादिष्ट वा ताजा महसुस गर्न खाने गरिन्छ । यस्ता खानेकुराले गर्मीको समयमा बाहिरी तापक्रमअनुसार शरीरको भित्री तापक्रम पनि बढाइ सन्तुलन गराउने काम गर्दछ । अमिला खानेकुराहरू (कागती वा अन्य फलफुल) र पिरो (हरिया खुर्सानी) ले हाम्रो शरीरका लागि आवश्यक अन्य पौष्टिक तत्व पनि प्रदान गर्दछ । ताजा खाद्य स्रोतबाट प्राप्त अमिलो वा पिरो खानेकुराले स्वस्थ मानिसको स्वास्थ्यमा कुनै असर गर्दैन तर विभिन्न रोगको समस्या छ भने पोषणविद्सँग परामर्श गरेर मात्र खानु उपयुक्त हुन्छ । तर धुलो खुर्सानी र धेरै मसला प्रयोग गरेर बनाएका खानेकुरा, प्लाष्टिक र टिनमा प्याक गरिएका अचार वा अन्य खानेकुराले भने स्वास्थ्यमा नराम्रो असर गर्दछ ।

गर्मी मौसममा शितलता प्रदान गर्न चिसो पेय पदार्थ, आइसक्रिम खाने गर्दछौं । तर यस्ता खानेकुराहरूले शरीरलाई क्षणिक शितलता प्रदान गर्दछन् । यस्तो खानेकुराको अधिक प्रयोगले शरीरको भित्री तापक्रम र बाहिरी तापक्रममा असन्तुलन गराइ शरीरलाई बढी गर्मी महसुस गराउँछ । साथै शरीरमा पानीको मात्रा पनि कमी गराई सुख्खा गराउँछ । यसले गर्दा मानिसमा विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छन् । त्यसकारण खाना खाँदा क्षणिक आनन्द दिनेभन्दा कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुरा ध्यान दिनु जरुरी हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *