दही र स्वास्थ्य

जीवन शाक्य
नेपाली र भारतीय खानामा दही प्राय छुट्दैन । दहिमा प्रोटिन, अत्यावश्यक चिल्लो पदार्थको मात्रा र आवश्यक भिटामिनहरु र खनिज पदार्थहरु धेरै हुने भएकोले शरिर स्वास्थ्यको लागि अति आवश्यक खानाको एक प्रकार हो भन्दा फरक पर्दैन ।

साथै दहीमा असल जीवाणुको मात्रा धेरै हुने र खराव हानिकारक जीवाणलाई आन्द्राबाट हटाउन सहयोग गर्न भएकोले खाना पचाउने कार्यमा यसले धेरै सहयोग गर्छ । साथै यसमा भएको ल्याक्टिक एसिडले गर्दा यो केहि अमिलो स्वादको हुन्छ र धेरै भिटामिन र खनिज पदार्थको आन्द्राबाट शोषण गर्न मद्धत गर्ने भएकोले रोग प्रतिरोध क्षमता शक्ति बढाउन सहयोग गर्छ ।

दैनिक विहान खाली पेटमा दही खानु वा विहानको खानामा दही खानु शरिरलाई विषजन्य तत्वहरुबाट शुरक्षित राख्न मदत गर्छ ।

पोषण मुल्य र फाइदा
१०० ग्राम दहीमा करिब ४ ग्राम शरिर मर्मत र विकास गर्ने प्रोटिन, शक्ति दिने कार्वोहाईडेट ६१ ग्राम, कोलेष्टेरोल घटाउन सहयोग गर्ने चिल्लो पदार्थ ४ ग्राम, करिव ८० प्रतिशत भन्दा बढी पानी, क्याल्सियम, फोसफोरस, जिन्क, पोटासियम, म्याग्नेसियम, भिटामिन डी, ए, सि, भिटामिन वि, वि १२ हुन्छ ।

जीवीत फायदाजनक जीवाणु दबअतभचष्बक को मात्रा धेरै हुने खाना पचाउन पनि सहयोग गर्छ । यसले शरिरमा भएको खराब कोलेष्टोरलको मात्रा घटाउन सहयोग गर्ने भएकोले मुटुको रोगीहरुलाई फायदाजनक छ । विशेष खाले अति आवश्यक प्रोटिन भएकोले तौल घटाउन र रक्त चाप घटाउने कार्यमा सहयोग गर्छ । । शरिरको छाला सुख्खा भई ्फुुटनबाट पनि दहीले बचाउछ । हड्डी र दाँतको वृद्धि विकास र स्वास्थ्य कायम राख्न यसले धेरै सहयोग गर्छ । यसमा भएको विभिन्न भिटामिन ए र खनिज पदार्थ र भिटामिन डि ले रोग प्रतिरोध शक्ति बढाउन पनि मद्धत गर्छ । साथै महिलाहरुको योनी स्वस्थ राख्न सहयोग गर्छ ।

दही खाने समयः र कस्तो दही खाने ?
दही विशेष ताजा घरमा बनाएको र फ्रीजमा राख्नु भन्दा अघि खानु फाइदाजनक हुन्छ । सबै भन्दा बढी फाइदा विहान खाली पेटमा खादा हुन्छ, किनभने खाना संग दही खादा खानामा भएको नुनले यसमा भएको जीवीत पेटको लागि फाइदाजनक जीवाणुलाई मार्छ र पचाउने कार्यमा धेरै मद्धत गर्न नसक्ने हुन्छ ।

फ्रीजमा राखेको धेरै चिसो डायरीको दही निकालेको आधा एक घण्टा पछि मात्र खानु राम्रो हुन्छ । तर दही तातो अवस्थामा पनि नखाने भन्ने छ । बेलुकीको समय भनेको पाचन शक्ति र शरिरको खाना दहन गर्ने शक्ति कम हुने हँुदा विहान खाली पेटमा या खानासँग खानु नै राम्रो मानिन्छ । चिसो दही त्यसमा पनि फ्रीजमा राखेकोले खकार बढी बनाउने भएकोले रुघा खोकी लगाउन सक्छ । बेलुकीमा खान मनलागे कालो मरिचको धुलो राखेर खान सकिन्छ भन्ने छ ।

दहीको पोषण मात्रा बढाउन लोकल केरा स्याउ, किसमिस, चिनी अलिकति राखेर खान सकिन्छ । लस्सीको रुपमा पनि हामी गर्मी मौसममा खाने गरेका छौं ।

दहीबाट हुने बेफाइदा
केहि महिना अगाडी काठमाणडौको भोज कार्यक्रममा सामेल भएर आखिरमा फ्रीजमा राखेको चिसो दही खादा मलाई खोकी लाग्ने छाँती अप्ठेरो दुखे जस्तो भई रुघा पनि लागेको थियो । त्यसपछि पनि विहान खानामा दही खादा झन समस्या थप जटिल भएको थियो र अदुवा २ जति ग्राम आधा सानो चम्चा वेसार र कालो मरिचको धुलो एक एक चौठाई चम्चा जति एक कप तातोपानीमा राखेर दिनमा २, ३ पटक ४, ५ दिन खादा फाइदा भएको थियो । रुघा खोकी लागेको अवस्था, पिनास भएको अवस्थामा दहीले खकार बढी उत्पादन गर्ने भएकोले नखानुनै उत्तम हुन्छ ।

 नुन भएको खानासँग खादा दहीमा भएको जीवित पेटको लागि पाचन क्रियामा मद्धत गर्ने जीवाणु मर्ने भएकोले यसले पाचन क्रियामा सहयोगी नहुने हुन सक्छ ।
 आपँ र दही संगै खादा पनि केहि विषजन्य तत्व बन्ने भएकोले संगै खानु हँुदैन ।
 प्याज खानु हुँदैन यसले विष बनाउने काम गर्छ र छालाका चिलाउने फोका आउने सोरियसिस बनाउन पनि सक्छ ।
 साथै दहि सँग माछा र दुध पनि संगै खान हुँदैन । पखाला लाग्ने पेट पोल्ने समस्या निम्त्याउँछ । संगै घिउ तेलमा फ्राई गरेको खानाहरु जस्तै आलु पराठा, पुरी समोसा आदि खान हँुदैन यसले पनि पखाला लाग्ने ग्यासट्राइटिस बनाउन सहयोग गर्छ ।

बेसार, अदुवाले श्वास प्रश्वास नली घाटीमा हुने विषाण्ुाहरु मार्न र त्यसमा हुने सुजन कम गर्न सहयोग गर्ने हुनाले रुघा खोकी लाग्दा र सुजन कम गर्ने हुनाले शाश फेर्नमा कठिनाई हुँदा तातोपानीमा राखेर वा उमालेर खादा फाइदाजनक हुन्छ । कालो मरिचको धुलो संगै राखेर खादा बेसार आन्द्राबाट बढी शोसिने भएकोले बेसारसँग राखेर खान चिकित्सकहरु सल्लाह दिन्छन ।

सन्दर्भ सामग्रीः नेट र पोषण विज्ञ चिकित्सकहरु यु टयुव च्यानेलबाट ।
क भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *