तंग्रामका एक सय घरमा ‘फस्ट एड बक्स’ वितरण

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका–४ तंग्रामका एक सय घर परिवारमा शनिबार एक कार्यक्रमका बीच ‘फस्ट एड बक्स’ वितरण गरिएको छ । वयलनेश टिम नेपालको आर्थिक सहयोग, रोट्रायक क्लव अफ बागलुङ तथा रोट्रायक क्लव अफ किस्ट मेडिकल कलेजको सहकार्य र समाज परिवर्तनशील युवा संजालको व्यवस्थापनमा ‘फस्ट एड बक्स’ वितरण गरिएको हो ।

सो अवसरमा तंग्राम स्वास्थ्य चौकीलाई एक थान ह्वीलचियर सहयोग गरेको समाज परिवर्तनशील युवा संजालका सचिव विष्णु आलेले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्यकर्मी सुदीप न्यौपाने, विर्श आचार्य, दिपा डङ्गोल र सुचिन शाहले स्त्री तथा विभिन्न रोगका विषयमा परामर्श दिएका थिए ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण क्षेत्रमा ‘फस्ट एड बक्स’ निकै उपयोगी हुने बताउनुभयो । गाउँघरमा कामकाज गर्दा चोटपटक लाग्ने र तुरुन्तै घरमा प्राथमिक उपचार गराउन ‘फस्ट एड बक्स’ आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुन लगायतले बोलेका थिए । कार्यक्रम रनबहादुर पुनको अध्यक्षता, पशुपति आधारभूत विद्यालयका प्रधानाध्यापक नरबहादुर थापको स्वागत र समाज परिवर्तनशील युवा संजालका सचिव विष्णु आलेको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *