मदन भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसर पारेर नेकपा एमाले बागलुङले बागलुङ कालिका मन्दिर परिसरमा वृक्षारोपण गरेको हो । कालिका मन्दिरको वन क्षेत्रमा ७२ वटा रुद्रक्षका बिरुवा रोपेर स्मृति दिवस मनाईएको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताउनुभयो ।

वृक्षारोपण कार्यक्रमको नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज जगत विश्वकर्माले शुभारम्भ गर्नुभएको थियो । वृक्षारोपण कार्यक्रम शुभारम्भ गर्दै बिश्वकर्माले मदन भण्डारीले देखाएको बाटोबाट नेपाली राजनीति लरबराएको बताउँनुभयो । जनताको बहुदलीय जनबाद मार्फत नेपालीको समृद्धिको सपना देखेका मदन भण्डारीले तत्कालिन समयमा नेपालको राजनीतिलाई लयमा ल्याएको उहाँको तर्क थियो । मदन भण्डारीले नै प्रतिपादन गरेको सिद्धान्तमा चलेको नेकपा एमालेमा जनमत देखिनु राष्ट्र समृद्धिको आधार तयार हुँदै गरेको संकेत भएको उहाँको धारणा थियो ।

कालिका वन क्षेत्रमा ७ सय रुद्राक्षका बिरुवा रोप्ने अभियान सहित बिहिबार ७२ वटा रुद्राक्षका बिरुवा रोपेको जिल्ला अध्यक्ष केसीले बताउनुभयो । ‘कालिका वन क्षेत्रमा भएका रुखहरु पुराना भएका छन्, नयाँ रुख हुर्काउनुपर्ने छ, बहुउपयोगी रुद्राक्ष रापेर हामिले मदनलाई सम्झिएका हौं’ केसीले भन्नुभयो ‘यो एउटा अभियानको प्ररम्भ पनि हो, यसमा सबैको साथ रहन्छ ।’

वृक्षारोपणका लागि केन्द्रीय सदस्यहरु इन्द्रलाल सापकोटा, सावित्रा राना, केन्द्रीय सल्लाहाकार परिषद सदस्य नवराज पौडेल, प्रदेश कमिटिका सदस्यहरु र जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *