अमर आदर्श माविका विद्यार्थीहरुलाई एक दिने आँखा शिविर

रोहन जि.सी, बागलुङ

अमर आदर्श आवासिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि एक दिने आँखा दृष्टि शिविर सम्पन्न भएको छ ।

अमर आदर्श आवासिय माध्यमिक विद्यालय र बागलुङ जेसीजको आयोजना, सफल चश्मा तथा आँखा क्लिनिकको प्राविधिक सहयोग र अमर आदर्श मा.वि युवा रेडक्रस सर्कलको समन्वयमा शुक्रबार एक दिने आँखा दुष्टि उपचार शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा अमर आदर्श आवासिय माध्यमिक विद्यालयका कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थी एंव शिक्षक कर्मचारी गरी ८१५ जनाको आँखा परीक्षण गरिएको बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेश महतोले जानकारी दिनुभयो ।

शिविरको क्रममा ३२ जनाले चश्मा लगाउन पर्ने देखिएको नेत्र सहायक समेत रहेका महतोले जानकारी दिनुभयो ।

विद्यालयमा विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप र सामाजिक कार्यक्रमको आयोजनाले एउटा सकारात्मक प्रभाव परेको अमर आदर्श आवासिय माध्यमिक विद्यालयका शिक्षक केदार शमाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *