क्यान्सर पीडित मिनाको उपचारकालागि सहयोग गरिदिन अनुरोध

आदर्श अनलाइन, बागलुङ
क्यान्सर रोगबाट पीडित बागलुङ नगरपालिका–३ की मिना पन्तको उपचारकालागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरिएको छ ।

पछिल्लो ३ वर्षदेखि पाठेघरको क्यान्सरबाट पीडित ४२ वर्षीया मिनाको उपचारमा हालसम्म ८५ लाख रुपैयाँ खर्च भइसकेको र अझै लाखौं रकम लाग्ने भएपछि परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेको हो ।

मिनाको अहिले नेस्नल क्यान्सर अस्पताल जावलाखेलमा उपचार भईरहेको छ । ‘काठमाडौँमा राखेर ३ वर्षदेखि उपचार गर्याै, सकेसम्म कसैसँग माग्न नपरोस भन्ने सोच बनाएका थियौं,’ मिनाका श्रीमान भक्तराज पन्तले ‘भन्नुभयो अन्ततः तपाईँहरुको सहयोग बिना उपचार सम्भव हुने भएन् ।’

अहिलेसम्म परिवार र मिनाका म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ पुलाचौर स्थित माइतीको सहयोगमा लाखौँ खर्च गरेर उपचार गरिएको भएपनि थप उपचारको लागि भारत लैजानु पर्ने भएपछि देश विदेशमा रहेका नेपालीसँग सहयोग गरिदिन अनुरोध गरिएको पन्तले बताउनु भयो ।

‘स्वदेश तथा विदेशमा रहेका आफ्न्त, गाउँले र चिनजानका व्यक्तिहरुसँग सहयोगको लागि अनुरोध गरेका छौं,’ पन्तले भन्नुभयो ‘नेपालमै उपचार सम्भव हुन्छ भनेर बलबुताले भ्याउन्जेल प्रयास गरियो, एकपटक डाक्टरको सल्लाह अनुसार भारत लगेर उपचार गराउनु पर्ने भएको छ त्यसको लागि अझै लाखौ रकम खर्च हुने भएकाले सहयोग माग्ने निर्णयमा पुगेका हौँ ।’

सहयोग गर्नको लागि
खातावाला
बैंक : राष्ट्रिय वाणिज्य बैंक लि. बागलुङ
श्रीमान : भक्त राज पन्त

खाता नं : ३३७०१००००८५९८०१०
मोबाइल नं : ९८४७६६२४०६, ९८०५२४९५९५

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *