बागलुङमा निःशुल्क मृगौला तथा कलेजो परीक्षण सम्बन्धि दुई दिने शिविर

आदर्श अनलाइन, बागलुङ
धौलागिरि अस्पताल बागलुङमा निःशुल्क मृगौला तथा कलेजो परीक्षण सम्बन्धि दुई दिने शिविर सुरु भएको छ । सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ बागलुङको १८ औ स्थापना दिवसको अवसरमा मृगौला तथा कलेजो रोगसंग सम्वन्धीत बिरामीलाई लक्षित गरि दुई दिने परिक्षण शिविर शुरु भएको हो ।

रोटरी क्लव अफ बागलुङ, रोट्रयाक्ट क्लव अफ बागलुङ, इन्ट्रयाक्ट क्लव अफ होली चाइल्ड तथा न्यु ओयसीयको आयोजना, धौलागिरि अस्पताल, बागलुङ नगरपालिका, स्वास्थ्य कार्यालय र सगरमाथा लुम्विनी इन्सुरेन्सको सहआयोजना एवँ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधीक सहयोगमा शुरु भएको शिविरको जिल्ला समन्वय समितिका प्रमुख अमर थापा र मृगौला प्रत्यारोपन गर्नु भएकी बिमला मल्लले उद्घाटन गर्नु भएको थियो ।

शिविरको उद्घाटनपछि बोल्दै समन्वय प्रमुख थापाले खराब जीवनशैलीका कारण विभिन्न रोगले आक्रमण गर्दै गएको बताउनुभयो । उहाँले रोगेपछि उपचारमा लाग्न भन्दा पनि रोग नै लाग्न नदिने बातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्मा पौडेल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टर दिपा लामिछाने र मृगौला प्रत्यारोपन गर्नु भएकी बिमला मल्लले मंतव्य व्यक्त गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रम रोटरी क्लव अफ बागलुङका अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेको अध्यक्षता, आगामि अध्यक्ष रामकृष्ण शर्माको स्वागत र सहसचिव निशान खड्काको संचालनमा सम्पन्न भएको थियो । असोज २४ र २५ गते संचालन हुने शिविरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टर दिपा लामिछाने नेतृत्वको टोलीले परिक्षण गर्ने रोटरी क्लवले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *