आदर्श अनलाइन, बागलुङ
बागलुङमा क्षत्री समाज नेपालको आयोजनामा १३ औं क्षत्री दिवस तथा बिजया दशमी, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा क्षत्री समाज बागलुङको भवनमा नवनिर्मित ट्रस्ट तथा सभाहल भवनको उद्घाटन गरिएको छ ।
१३औ क्षत्री दिवसको अवसरमा बजारका विभिन्न चोकमा र्याली तथा अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पछि बोल्दै क्षत्री समाज बागलुङका संस्थापक अध्यक्ष तथा संरक्षक बाबुराज कार्कीले समाजमा भएका कुराहरु आउने पर्वहरुको पनि सबैले जगेर्ना गर्नुको साथै सम्पुर्ण बिच एकता हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्षत्री समाज बागलुङका सल्लाहाकार मेजर तेज बहादुर क्षत्री, याम बहादुर खड्का, उपाध्यक्ष मिना चोखाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। क्षत्री दिवसको अवसरमा आयोजित अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा विधामन्दिर मा.वि प्रथम, धौलागिरी बोडिङ स्कुल द्वितीय, अमर आदर्श मा.वि तृतिया तथा न्यू एभरेस्ट बोडिङ स्कुल र रूद्रेपिपल मा.वि सान्त्वना भएको क्षत्री समाजका कोषाध्यक्ष पम्फा खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा बागलुङ नगरपालिकाका ७ विद्यालयको सहभागिता रहेको थियो । क्षत्री समाज बागलुङका अध्यक्ष रूद्र बहादुर महतको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शिवकला थापाको स्वागत तथा सचिव मञ्जु क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो। त्यस्तै क्षत्री समाज बागलुङका महासचिव कविराज जि.सीले कार्यपत्र तथा कोषाध्यक्ष पम्फा खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।