बागलुङमा चङ्गा चैट प्रतियोगिता

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले पर्यटन प्रवद्र्धनमा सबैको सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

रोट्रयाक्ट क्लव अफ बागलुङले दिपावलीको अवसरमा आयोजना गरेको चंगा चेट कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले पछिल्लो समय पर्यटन प्रवद्र्धनका कामहरु बिस्तारै हुन थालेको बताउनुभयो ।

नयाँ पर्यटकीय सम्भावनाका क्षेत्रको खोजी र पुरानाको संरक्षणका लागि सवैको सहकार्य आवश्यक रहेको उहाँको भनाई थियो । १७ जनाको सहभागीता रहेको प्रतियोगितामा ७ वटा चंगा चेट गर्दै बविन शाक्य उत्कृष्ट हुनु भएको थियो ।

शाक्यलाई नगद ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि प्रदान गरिएको थियो । साथै लक्की ड्र तर्फ पनि आकर्षक उपहार प्रदान गरिएको थियो । उत्कृष्ट हुने प्रतियोगिलाई पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पारसिह थापाले पु्रस्कार बितरण गर्नु भएको थियो ।

कार्यक्रम क्लवका अध्यक्ष सुस्मिता केसीको अध्यक्षता, आगामि अध्यक्ष एवँ मूल संयोजक सौरभ केसीको स्वागत र उपाध्यक्ष बिरोश क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *