खालिपेट लसुन खानु स्वास्थ्यका लागि कतिको फाइदाजनक ?

कृषिता अधिकारी (निशा)
के तपाईंलाई थाहा छ, हामीले पेट दुखेको बेला विहान खालि पेटमा लसुनको पोटि र मनतातो पानि खायौं भने पेट ठिक हुन्छ नि । कतिलाई थाहा पनि होला र कतिपयले प्रयोग पनि गर्नुहुन्छ होला ।

म पनि कहिले काँही पेट दुख्यो भने प्रयोग गर्छु प्रायःजसो मानिसलाई पेट दुख्दा चुहानो सुप खाने हो भने निको हुन्छ भन्ने गर्दछन् । अर्को तिर लसुनले पनि ठिक गर्छ भन्छन् । त्यसैले पनि प्राचीन ग्रीसमा मानिसहरुले लसुनको पानी खुब पिउने गरेको पाइन्छ । किनकि यसले शरीरलाई बलियो बनाउनका साथै सम्पूर्ण स्वास्थ्यलाई ठिक राख्ने काम गथ्र्यो । यसका साथै शरीरलाई उर्जा पनि मिल्थ्यो ।

तर पनि कतिपय अवस्थामा हाम्रा बाजेबजैले लसुन जुठो हुन्छ भनेर खादैनन् पनि विषेश गरि लसुनलाई हामी स्वादको लागि प्रयोग गर्छौं भने यसमा औषधीय गुण निकै हुन्छ । खासगरी लसुन एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट हो । यसलाई विविध रुपमा सेवन गर्न सकिन्छ । यो काँचो सेवन गर्दा निकै फाइदा गर्छ भने मसलाको रुपमा पनि प्रयोग गर्दा लाभदायक हुन्छ । बिहान खाली पेटमा लसुनको केस्रा खान त्यति सजिलो हुँदैन । त्यसैले यसबाट बनेको चिया सेवन गर्नु उपयुक्त हुन्छ ।

किनकि आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा समेत लिने गरिन्छ । यसरी परम्परागत घरेलु औषधिको रूपमा तथा आयुर्वेदिक औषधिको रूपमा प्रयोग हुँदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरूले बताएका छन् । कारण लसुनले। विरामीलाई सन्तुलित भोजनको तथा पाचन कृयामा मद्दत गर्दछ ।

लसुन सेवन गर्दा हाम्रो शरिरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ र कोलेस्टेरोलको समस्याबाट पीडित भएका मानिसहरूका लागि त झन् लसुन संजिवनी बुटी सरह नै मानिन्छ । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडितका लागि समेत निकै फाइदाजनक हुन्छ ।

यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा समेत मद्दत गर्छ । अर्कोतिर दमका रोगीहरूका लागि समेत लसुन महत्त्वपूर्ण औषधि हो जसमा ३० मिलीलिटर दुधमा लसुनका पाँच केस्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केस्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ भनेर विभिन्न चिकित्सकले समेत बताएका छन् ।

लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ । सरस्यौँको अथवा तोरीको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले शरिरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ भने लसुनले कब्जियतको समस्या पनि समाधान गर्दछ । सुन्निएको, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ ।

अरु के के कुरामा मदत गर्दछ त सुनौं जस्तैः पेटसँग सम्बन्धित बिरामीहरु जस्तै डायरिया, कब्जियतको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी छ । विषेशगरि पानी उमालेर त्यसमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँनुका साथसाथै तनाब कम गर्न पनि सहयोग गर्छ । हाम्रो पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसको मनलाई बेचैन बनाउन सक्छ । कहिले काँही त यति साह्रै दुख्छ कि कुनै औषधि खाएर पनि निको हुँदैन । विषेशगरि मधुमेहका बिरामीलाई कहिलेकाँही पेट दुख्छ । यदि तपाईंलाई मधुमेह छ र तपाईंको पेट दुखिरहन्छ भने एकपटक अवस्थ लसुनको सेवन गरि विचार गर्नुहोला । खासगरी लसुनमा यस्तो एसिड उत्पन्न हुन दिदैँन र लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ । यसको अर्को महत्त्वपूर्ण उपचार के पनि छ भने लसुनले मुटुसँग सम्बन्धित रोगहरुलाई कम गर्छ । लसुन खानाले रगत स्वस्थ रहन्छ । लसुन र महको मिश्रण खानाले धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुर्याउन सहयोग गर्छ । लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । लसुनले ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्वत गर्छ भनेर चिकित्सकहरुको पनि उल्लेख्य भनाइ रहेको छ ।

लसुनले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको केस्रा चपाएर खाएमा पाचन प्रक्रिया राम्रो हुन्छ । साथै यसले खाना रुचि बढाउँछ । लसुन चपाएर खान सकिंदैन भने पुरै केस्रा नै नचपाइकन निलेर खाँदा पनि हुन्छ । यसको कारण पेटसम्बन्धी हुने समस्याबाट मुक्ति दिलाउँछ । दैनिक बिहान लसुनको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।

विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ जस्ता कुराहरु फाइदा गर्दछ । कुनै पनि कुराका फाइदा हुन्छन् भने बेफाइदा पनि हुने गर्दछन के रहेछ त यसका बेफाइदाहरु यो पनि सुनिहालौं सास गन्हाउने, दिनहुँ लसुन खाँदा पूरै जीउ नै गन्हाएको जस्तो हुने, मुख, पेट, आन्द्रा, छाती, मुटु पोल्ने, पेटभित्र ग्यास बढ्ने, पेट फुल्ने जस्ता समस्या हुन सक्छ ।

विशेषगरी के र कस्ता व्यक्तिले प्रयोग गर्न हँुदैन न त त्यो पनि हामीले जानिराख्नु जरुरी छ खासगरी ग्यास्ट्रिक वा एसिडिटी भएका वा लसुनको एलर्जी हुने सेवन नगर्दा हुन्छ । जस्तै मुटुरोगका बिरामी, श्वासप्रश्वासको बिरामी र दमको बिरामीले खानुहुँदैन । त्यस्तै बिरामीले रगत पातलो बनाउने औषधि सेवन गरिरहेका छन् भने पनि लसुनको सेवन गर्नुहँदैन । किनकि यस्तो अवस्थामा लसुन सेवन गरेमा अन्य समस्या बढ्न सक्छ ।

काँचो लसुन मुख गन्हाउने र पेटमा जलन पैदा गर्ने कारक तत्व बन्न सक्छ । तर यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । यसमो क्यालोरीको मात्रा कम र भिटामिन सी, भिटामिन बी६ र म्याग्नीजले भरपुर हुन्छ । यसमा भएको सल्फर यौगिकका कारण यो निकै फाइदाजनक हुन्छ । लसुन चपाउने, काट्ने र थिच्ने समयमा यसमा भएको यौगिक निस्किन्छ । र उक्त यौगिक पाचन नली हुँदै शरीरमा प्रवेश गर्छ । शरीरमा प्रवेश गरेपछि लसुनमा भएको यौगिकले बायोलोजिकल प्रभाव पार्छ । तसर्थ यी र यस्ता महत्त्वपूर्ण औषधिहरु तपाई हाम्रै भान्सामा पाइन्छ र यसको प्रयोग समयमै गरि लाभ लिनु जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *