सहकारी अभियानको नेतृत्वका लागि भीम गुरुङका १० टिप्स


आदर्श अनलाइन, पोखरा
नेपालको सहकारी अभियानको सर्वोच्च निकायका रुपमा रहेको राष्ट्रिय सहकारी महासंघ नेपालको निर्वाचन सहितको साधारणसभा पुसको अन्तिम साता हुदैछ । महासंघसंगै वचत तथा ऋण सहकारीहरुको छाता संगठनका रुपमा रहेको नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को निर्वाचन पुसको ७ र ८ गते काठमाडौंमा हुदैछ ।

नेफ्स्कुनको निर्वाचनका लागि इच्छुक व्यक्तिहरु मध्ये केही आफ्नो उमेदवारी सार्वजनिक रुपमा घोषणा गरिरहेका छन् भने केहीले घोषणा गर्ने तयारी गरेका छन् । कतिपयले घोषणा नै नगरी एक्कासी उमेदवारी दर्ता गर्ने पनि विगतको प्रचलन रहेको छ ।



नेफ्स्कुनको निर्वाचन सम्मुखमा भएकाले उमेदवारी घोषणा गर्नेहरुको संख्या बढ्दो छ भने महासंघको निर्वाचनका लागि भित्र भित्रै अभियानकर्मीहरुले लविङ चलाई रहेका छन् ।
सहकारी ऐनमा व्यवस्था भए अनुसार सहकारी संघ तथा संस्थाहरुको सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुने गर्दछ । आगामी ४ वर्षका लागि कसलाई मुख्य नेतृत्वमा पु¥याउने भन्ने विषयमा देशव्यापी रुपमा चर्चा परिचर्चा हुन थालिसकेको छ ।

कतिपय उमेदवारहरुले धेरै पहिलादेखि उमेदवारी घोषणा गरेर अभियान सञ्चालन गरिरहेका छन् भने कतिपयले उमेदवार घोषणा भन्दा पनि प्रतिनिधिहरुको अवस्था अनुसार उमेदवारी घोषणा गर्ने गरेका छन् ।

सहकारी अभियानका २ केन्द्रीय निकायमा निर्वाचन हुदै गर्दा सहकारीकर्मीहरुले कस्तो उमेदवार चाहन्छन् भन्ने विषयमा धेरै जनाले आ–आफ्नो चाहना वा आवश्यकताका आधारमा विषयहरु सार्वजनिक गर्ने गरेका छन् ।

यसै सन्दर्भमा अबको सहकारी अभियानको नेतृत्व कस्तो हुनु पर्छ भन्ने विषयमा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का निवर्तमान सञ्चालक तथा पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङले १० वटा टिप्स दिनु भएको छ ।


यस्ता छन् : गुरुङले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका टिप्स ।

सहकारी अभियानको अबको नेतृत्व यस्तो होस् ।
१) सहकारीको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागु गर्न सक्ने होस् ।
२) मञ्चमा उभिएर सहकारीको कथा भन्दै गर्दा आफ्नै संस्थाको उदाहरण भन्ने होस् ।
३) व्यक्तिगत रुपमा वित्तीय अनुशासन र संस्थागत सुशासन कायम गर्न सक्ने होस् ।
४) अभियानमा दर्जनौ पटक प्रतिनिधित्व गर्दा पनि एउटै संस्थाको पहिचान दिने प्रतिनिधी होस् ।
५) बोलेको गर्ने र गरेको बोल्ने संस्कारबाट हुर्केको आदर्शवान व्यक्तित्व होस् ।
६) राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति बुझेर अभियानलाई मार्गनिर्देश गर्ने क्षमता भएको होस् ।
७) वर्तमानका समस्या समाधान गर्ने र सहकारीमै भविष्य देखाउन सक्ने सपनादर्शी होस् ।
८) सहकारीलाई टिम वर्कबाट चल्ने कुरा बुझ्ने र टिममा सफल सहकारीका प्रतिनिधीलाई स्थान दिन सक्ने होस् ।
९) अध्ययनशील होस, कर्मशील होस्, नवप्रवर्तन र प्रविधीलाई आत्मसात गर्न सक्ने होस् ।
१०) अबको नेतृत्व यस्तो होस्, राजनीतिक चेत भएको तर सहकारीलाई राजनीतिबाट टाढा राख्न सक्ने हिम्मत भएको होस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *