बिपन्न परिवारको आर्थिक उपार्जनका लागि बाख्रा प्रदान


आदर्श अनलाइन, बागलुङ
सामाजिक संस्था लायन्स क्लब अफ बेनी म्याग्दीले बिपन्न परिवारको आर्थिक उपार्जनलाई टेवा पुगोस भन्ने हेतुले बाख्रा बितरण गरेको छ ।

म्याग्दीको बेनी नगरपालिका बडा नं.–६, नेपानेका विपन्न परिवारलाई बाख्रा सहयोग गरेको हो । शनिबार बेनी नगरपालिका ६ को बाँस्बोटमा एक कार्यक्रम आयोजनागरी ८ जना विपन्न घरपरिवारलाई एक÷एक वटा बाख्रा वितरण गरिएको हो । क्लवले नेपानेका ६ जना, एकपाटेका १ जना र जामुनाखर्कका १ जना गरी ८ जनालाई बाख्रापालनमा प्रोत्साहन गर्न सहयोग गरिएको क्लवका अध्यक्ष रामजी विश्वकर्माले बताउनुभयो ।

लायन्स गाउँ घोषित नेपाने र आसपासका बस्तीका विपन्नलाई छनौट गरी लायन्स क्लव अफ अन्तराष्ट्रिय ३२५ आई का जोन चियरपर्सन अर्जुन पौडेल र क्लवका अध्यक्ष विश्वकर्माले बाख्रा हस्तान्तरण गर्नुभएको थियो ।

बाख्रा हस्तान्तरण कार्यक्रममा विपन्नलाई आयआर्जनमा सघाउने गरी सञ्चालन गरिएकाले बाख्राको दुरुपयोग नहुने अपेक्षा गरेको प्रमुख अतिथि पौडेलले धारणा राख्नुभएको थियो । उहाँले लायन्स क्लवले शिक्षा, स्वास्थ्य सहित समुदायस्तरमा आयआर्जनका क्षेत्रमा समेत सहयोग गर्ने गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *