आदर्श अनलाइन, बागलुङ
बिवाईसी बागलुङ, फोयरमेड फाउण्डेसन र ग्रामीण स्वास्थ्य सुधार परियोजनाले आयोजना गरेको लैंगिक समानता र सामुदायिक समावेशीकरण सम्बन्धी तीन दिने कार्यशालाका सहभागिले जनता सशक्तीकरण नभएसम्म व्यवस्थाले मात्रै समेत समाज सुधार नहुने बताएका छन् ।
समाजमा रहेका बिभेद नहटाएसम्म लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने सरोकारवालाले बताएका छन् । उनीहरुले अहिले देखिएका बिबादका बिषय पनि नेतृत्वले गरेको कमजोरीको कारण भएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले निरंकुश नेतृत्वका कारण कार्यकर्ताहरुले समेत न्याय नपाउने, जनता पनि बिभेदमा पिल्सीने अबस्था भएको बताए । उनले लोकतान्त्रिक नेतृत्व र राज्य प्रशासन आवस्यक भएको औल्याएका थिए ।
कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा तथा अन्य पालिकाका उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा क्रियाकिल व्यक्ति समेत कार्यक्रममा सहभागि थिए ।
कार्यशालामा शक्ती, सशक्तीकरण, अधिकार, समावेशीकरण लगायतका संविधानले व्यवस्था गरेका बिषयमा समूहगत छलफल र प्रस्तुतीकरण भएका थिए । उक्त अबसरमा उर्मिला सिंखडाले सहजीकरण गरेकी थिइन् । संविधानले व्यवस्था गरेका मौलिक हक, कानून, नियम र कार्यविधिहरु सयौं भएपनि समाजमा अझै पनि समावेशीकरण नभएको, शक्तीले निर्धोलाइ दवाएको, पद र शक्तीबाट नागरिकले अधिकार पाउन नसकेको लगायतका बिषयमा प्रस्तुतीकरण समेत भएका थिए ।
हाम्रो समाजमा अहिले पनि महिला र पुरुष, अपांग र सांग, ग्रामीण र सहर तथा धनी र गरिब लगायतका जातजाती, धर्म संस्कृतिमा बिभेद रहेको बिषयलाइ सहभागिले अभिनय मार्फत समेत प्रस्तुतीकरण गरेका थिए ।