आदर्श सञ्चार सहकारीको १८ औं वार्षिक साधारणसभा बरेङमा सम्पन्न


आदर्श अनलाइन, बागलुङ
जिल्लाकै पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा बरेङ गाउँपालिका–२ घट्टमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन बरेङ गाउँपालिका–३ का वडा अध्यक्ष शेर बहादुर खनालले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै प्रमुख अतिथि खनालले सहकारीले दुर्गमका नागरिकको आर्थिक विकासमा सघाएको बताउनुभएको छ ।
ग्रामिण क्षेत्रका नागरिकलाई बचत गर्ने बानी सहकारीले पार्दै गएको बताउनुभयो ।



“कमाएको रकम बचत गर्न सिकाउन सहकारीको योगदान छ, सहकारीप्रतिको नकरात्मक टिका–टिप्पणी चिर्दै अघि बढ्नका लागि शेयर सदस्यनै सक्रिय हुन आवश्यक छ” खनालले भन्नुभयो “बरेङ जस्तो दुर्गम स्थानमा सहकारी अभियानलाई आदर्श सञ्चारले चलायमान बनाएको छ ।” सहकारीको ऋण नतिरे बचत फिर्तामा समस्या हुँने बताउनुभयो । साधारणसभामा संस्थाको वर्तमान अवस्थाको विषयमा सम्पादक राम बहादुर जिसीले सहजीकरण गर्नुभएको थियो । जिसीले सहकारीको आगमी योजना, लक्ष्यका विषयमा सभालई जानकारी गराउनुभएको थियो ।

साधारणसभामा सहकारीको आर्थिक र प्रगतिको यथार्थ अवस्था जिसीले जानकारी गराउनुभएको थियो । जिसीले सहकारीले ग्रामिण अर्थतन्त्रमा सुधार ल्याएको बताउदै पछिल्लो समय सहकारको विषयमा भ्रामक टिका–टिप्पणीप्रति शेयर सदस्य सजक हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीका सदस्य सक्रिय रहेको संस्थामा समस्या नभएको बताउदै सदस्य केन्द्रित कार्यक्रमले वित्तिय साक्षरता ल्याएको जानकारी गराउनुभएको छ ।

कार्यक्रममा सहकारीका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक अनन्त बहादुर खड्काले संस्थाको लेखा तथा सुपरिवेक्षणको तर्फबाट सुझावहरु साधारणसभामा राख्नुभएको थियो । कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी ‘अन्जु’को अध्यक्षता, आदर्श सञ्चार सहकारीको बरेङ गाउँपालिकामा सञ्चालित बरेङ सेवा केन्द्रका संयोजक जयराम शर्माको स्वागत तथा सम्पादक राम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थामा उत्कृष्ट कर्जा कारोवार गर्ने विष्णु विश्वकर्मा, दीर्घकालिन बाल बचत तर्फ सन्जु शर्मा, आवधिक बचत तर्फ तारादेवि शर्मालाई सम्मान गरिएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाको दोस्रो सेवा केन्द्र बरेङ गाउँपालिकामा तीन वर्षदेखि सञ्चालनमा रहेको छ । बरेङ गाउँपालिका भित्रका करिव ३ सय जना शेयर सदस्यका बीच संस्थाले कारोबार गर्दै आएको छ । आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *