ज्योति कृषि तथा पशुपालन सहकारी दुदिलाभाटीको साधारणसभा सम्पन्न


आदर्श अनलाइन, बागलुङ

ज्योति कृषि तथा पशुपालन सहकारी संस्था गलकोट नगरपालिका–१ दुदिलाभाटीको १३ औं वार्षिक साधारणसभा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि आदर्श सञ्चार सहकारीका उपाध्यक्ष ललिता थापाले ग्रामिण क्षेत्रमा कृषि तथा पशुपालन सहकारीले किसानहरुको आय–आर्जन, समृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

थापाले ग्रामिण अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान रहने बताउदै बचत गर्ने बानी बनाएको बताउनुभयो ।

कार्यक्रमममा चौराह माविका प्रअ नर बहादुर खत्री, महिला जागरणका सल्लाहकार दुर्गा पुनले मन्तव्य व्यक्त गर्नुभयो ।

प्रगति प्रतिवदेन सचिव इन्द्रा खड्का, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सिता गौतम, लेखा समिति संयोजक गुसमानसिंह बुढाथोकीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष इन्द्रा खड्काको अध्यक्षता, स्वागत उपाध्यक्ष माया काउचा मगर तथा सञ्चालन प्रबन्धक मन्जु गौतम चालिसेले गर्नुभएको ।

सहकारीले पशुपालन र कृषिमा उत्पादन मुलक काम गर्दै आएको छ । संस्थामा ५३० शेयर सदस्य रहनुभएको छ । संस्थामा बाल बचत कर्ता २८५ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *