महिला भलिबलको फाइनलमा मालिका र अन्नपुर्ण

आदर्श अनलाइन, म्याग्दी
एसएसवाइसी मालिका र अन्नपुर्ण गाउँपालिका म्याग्दीको बेनीमा जारी खुल्ला महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो सेमीफाइनलमा हिमालयन स्पाइकर्सलाई पराजित गर्दै एसएसवाइसी मालिकाले आफ्नो फाइनल स्थान पक्का गरेको हो । हिमालयन स्पाइकर्सलाई २९–२७, २५–२१ र २५–१७ को सोझो सेटमा पराजित गर्दै मालिकाले आफ्नो उपश्थिति पाइनलमा पु¥याएको हो ।

त्यस्तै दोश्रो सेमीफाइनल खेलमा जिल्ला खेलकुद विकास समिति बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले पनि फाइनलमा स्थान बनाएको हो । अन्नपूर्ण गाउँपालिकाले २५–१०, २५–१६ र २५–१०को सेटमा जिल्ला खेलकुद विकास समिति बागलुङलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो ।

म्याग्दी महोत्सव–२०८१ को अवसरमा आयोजित खुल्ला महिला भलिबलको फाइनल माघ ८ गते बिहान हुनेछ । फाइनलमा एसएसवाइसी मालिका र अन्नपुर्ण गाउँपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आइतबार भएको क्वाटर फाइनल खेलमा एसएसवाइसी मालिकाले २५–१४, २५–१७ र २५–७ को सोझो सेटमा जिल्ला भलिबल संघ म्याग्दीलाई पराजित गरेको थियो । त्यस्तै अर्को क्वाटर फाइनलमा बागलुङ नगरपालिकालाई २५–१९,२५–१९, २४–२६ र २५–२३ को सेटमा पराजित गर्दै अन्नपुर्ण गाउँपालिकाले सेमीफाइनलमा स्थान बनाएको जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।

त्यस्तै गण्डकी प्रदेश भित्रका पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा मालिका गाउँपालिका म्याग्दी र बेनी नगरपालिका म्याग्दी माघ ८ गते नै भिड्ने छन् । बेनी नगरपालिकाले अन्नपूर्ण गाउँपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने मालिका गाउँपालिकाले मंगला गाउँपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला, प्रदेश स्तरीय कृषि, पर्यटन्, औद्योगिक व्यापार मेला–२०८१ को अवसरमा गण्डकी प्रदेश स्तरीय अन्तरपालिका पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । पुरुष भलिबल प्रतियोगितामा पहिलो हुनेलाई एक लाख ५१ हजार एक सय र दोश्रो हुनेलाई ७५ हजार एक सय रुपियाँ नगद पुरस्कारका साथै ट्रफि मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै खुल्ला महिला भलिबलमा पहिलो हुनेलाई ७५ हजार एक सय र दोश्रो हुनेलाई ४० हजार एक सय रुपियाँ नगद पुरस्कार साथै ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *