अस्पताल व्यवस्थापन समितिको पदस्थापन, जिम्मेवारी बोध नगर्ने स्वास्थ्यकर्मीलाई कार्वाही गर्छु : मन्त्री पाठक


आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पताल व्यवस्थापन समितिको पदस्थापन गरिएको छ । पदस्थापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्यकर्मीहरु जिम्मेबार बन्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या हटाउदै गएको बताउनुभयो । उहाँले कर्मचारी र स्वास्थ्यकर्मी जवाफदेही हुँन आवश्यक रहेको बताउनभुयो ।

आज धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा अस्पताल व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा गठित अध्यक्ष तथा सदस्यहरुको पदस्थापन कार्यक्रममा स्वास्थ्यमन्त्री पाठकल अस्पतालमा मिडवाई फरी वा नर्सिङ पढाउने विषयमा व्यवस्थापन समितिले सुझाव र सल्लाह दिएर अघि बढ्ने बताउनुभयो । उहाँले कार्यालय समयमा अस्पतालमा आउने बिरामीलाई प्रतिक्षामा राखेर बाहिर आफ्नो व्यवसाय चलाउनेप्रति असन्तुष्टी व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्यकर्मी जिम्मेवार नबने कार्वाही गर्ने चेतावनी दिनुभयो ।



मन्त्री पाठकले अस्पताल व्यस्थापन समितिका अध्यक्ष अमर बहादुर थापा लगायतका सदस्यहरुलाई पदस्थापन गराउनुभएको थियो । प्रदेश सरकारको निर्णय अनुसार अध्यक्षमा जिल्ला समन्वय समितिको प्रमुख अमर थापा रहनुभएको छ भने सदस्यहरुमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल सदस्य छन् । त्यस बाहेक कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख किसोर श्रेष्ठ समेत सदस्य रहने प्रावधान छ ।

सो अवसरमा बोल्दै नवनियुक्त अध्यक्ष थापाले अस्पताललाई जनतामुखी बनाउने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो ।
अस्पतालका प्रमुख डा. किरण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर तथा अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तथा अस्पताल व्यवस्थापन समितिका सदस्य नेत्र प्रसाद सुवेदी, पूर्व अध्यक्ष नारायण प्रसाद शर्मा, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका चिकित्सा महाशाखा प्रमुख डा. रमेश कुमार केसी लगायतले बोलेका थिए । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शर्मासहित सदस्यहरुलाई सम्मान गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत डा. अमिट ढुंगाना र संचालन अस्पतालका मेडिकल रेकर्डर नवराल पौडेलले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *