आदर्श सञ्चार, बागलुङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालको समृद्धि पर्यटनबाटै संभव भएको बताउनुभएको छ ।
उहाँले पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रले लगानी बढाएपछि पर्यटनको क्षेत्र चलायमान हुन थालेको बताउनुभयो ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्र चलायमान बनाउन पुर्वाधार अत्यावश्यक रहेकाले सरकारले निजी क्षेलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभएको छ ।
आज बागलुङ बजारमा होटल ईला कम्फोर्टको उद्घाटनपछि बोल्दै मन्त्री पाण्डेले सरकारले लगानीको वातावरण बनाउन अध्यादेश लिएको बताउनुभयो ।
निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन सकेमा मात्रै पर्यटकी क्षेत्रको गतिविधि बढ्ने जानकारी दिनुभयो । उहाँले निजी क्षेत्रले पर्यटकीय पुर्वाधार बनाउन लाग्दा सरकारले प्रोत्साहन गरिरहेको बताउदै जिडिपिमा योगदान र रोजगारी सृर्जना गर्न पर्यटन व्यवसायी अग्रसर देखिएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गृह जिल्लामा रू. ३० करोड लगानीमा सन्चालनमा ल्याएको होटल ईला कम्फोर्टको आज मन्त्री पाण्डेले उद्घाटन गर्नुभएको थियो । उहाँले पोखरा देखि बागलुङको सडक स्तरोन्नती भएपछि बागलुङमा पर्यटकको चलायमान भएको बताउदै त्यसपछि ठूला होटलमा लगानी बढाएको बताउनुभयो ।
“सडक पूर्वाधार राम्रो भएपछि पोखराका पर्यटक बागलुङ आउन थाले चन्द्र ढकालले गृह जिल्लामा आएर सुविधा सम्पन्न होटल खोल्नुभएको छ, विदेशी पर्यटकहलाई अब होटल खोज्दै पोखरा जानु पर्देन” मन्त्री पाण्डेले भन्नुभयो “बागलुङ कालिका, पञ्चकोट र लामो झोलुङ्गे पुलका कारण यहाँको पर्यटन व्यवसाय फष्ठाउदो देखे, चन्द्र ढकालले लगानी गरेको ढाउँमा अन्य निजी व्यवसायी समेत लगानीका लागि आउने विश्वास लिएको छु ।”
राज्यले नीजि क्षेत्रलाई संगै लिएर हिड्ने र सर्वसुलव सेवामा निगरानी गर्ने उहाँले बताउनुभयो । २०८४ साल सम्म कांग्रेस र एमालेको गठबन्धन कायम रहने बताउदै देशमा निराशा चिर्दे अहिलेको सरकारले आशाको प्रसार गरेको मन्त्री पाण्डेले बताउनुभयो ।