बागलुङ नगरपालिकाका वडा वडामा न्यायिक संवाद


आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिकाको न्यायिक समितिले १४ वटै वडाहरुमा न्यायिक समितिको कामलाई प्रभावकारी र विश्वसनिय बनाउदै समुदायमा सचेतना अभिबृद्धि गर्ने उद्धेश्यले न्यायिक संवाद, मेलमिलाप प्रबद्र्धन तथा बिवाद दर्ता शिविर संचालन गरेको छ । बुधबारदेखि बानपा १४ र १३ बाट उक्त कार्यक्रम संचालन गरिएको छ ।

बागलुङ नगरपालिकाका नगर उप प्रमुख एवं न्यायिक समितिका संयोजक राजु खड्काले न्यायिक समितिले गर्ने कार्यहरुलाई नगरका आमनागरिकहरुसम्म पुर्याउन जरुरी देखेर अभियानका रुपमा यो कार्यक्रम शुरु गरिएको बताउनु भयो । कानुन सवै नागरिकहरुले थाहा पाउनु पर्ने हुन्छ तर कैयौ घटनाहरु कानुनको अज्ञानताले घटेका छन भने घटना घटेपछी पनि पिढितले न्याय पाएका छैनन । कतिपय नागरिकलाई घटना कहां भन्ने हो समेत थाहा छैन । यस्तै पैसाको अभाव, झन्झट, भौगोलिक कठिनाइ, दवाव आदीका कारणले पनि नागरिकहरु सम्बन्धित निकायमा जान नसकेको पाइएकाले खुल्ला रुपमा कानुनी कुराहरुबारे छलफल गर्न लागिएको उप प्रमुख खड्काले बताउनु भयो ।

न्यायिक समितिमा आउने निवेदनहरु तथा वडा मेलमिलाप केन्द्रहरुमा हुने मेलमिलापको प्रकृयालाई विधिसंबत बनाउन पनि यो अभियानले मद्धत गर्ने खड्काको भनाई छ । अब न्यायिक समितिमा निवेदन दर्ता गर्न नगरपालिकामा धाई रहनु पर्दैन, वडामा निवेदन दर्ता गर्न सकिन्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा १ र २ ले न्यायिक समितिलाई निश्चित प्रकृतिको देवानी तथा व्यक्तिवादी प्रकृतिको फौजदारी विवादमा विवादको निरुपण तथा मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने अधिकार दिएको छ । यस विषयमा समुदायमा जानकारी गराउने र बिवाद देखिएका स्थानबाट निवेदन पनि दर्ता गर्ने उद्धेश्यले अभियान शुरु गरिएको उप प्रमुख खड्काले जानकारी दिनु भयो ।



यो अभियानमा वडाका जनप्रतिनिधीहरु, वडा सचिव, वडामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधीहरु, मेलमिलापकर्ताहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, लैंगिक हिंसा निगरानी समितिका सदस्यहरु, समाजसेवीहरु, बाल सन्जालका प्रतिनिधी सहित सरोकारवालाहरु सहभागी रहनु भएको छ । १४ वटै वडाहरुमा अभियान सम्पन्न भए लगतै नगरपालिकाले आगामी फागुन ३ गते सम्पूर्ण मेलमिलापकर्ताहरुको नगर सम्मेलनको पनि आयोजना गर्दैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *