• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

कारागारबाट भागेका ८ कैदीबन्दी नियन्त्रणमा

बागलुङ/ विभिन्न कारागारबाट भागेका ८ कैदीबन्दी बागलुङमा पक्राउ गरेका छन् । बाल सुधार केन्द्र सराङ्कोट, चितवन कारागार, केन्द्रिय कारागार, म्याग्दी कारागार र पोखरा कारागारबाट भागेका ८ कैदी बन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।

कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनिहरुलाई मालढुङ्गा चेकपोष्टबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक केशव थापाले जानकारी दिनुभयो ।

जसमध्ये बाल सुधार केन्द्र सराङ्कोटका उमेर नपुगेका चार कैदीबन्दी, चितवन कारागारबाट भागेका एक कैदीबन्दी, केन्द्रिय कारागारबाट भागेका एक कैदीबन्दी, म्याग्दी र पोखरा कारागारबाट भागेका एक÷एक कैदीबन्दीलाई नियन्त्रणमा लिइएको थापाले बताउनुभयो ।