एमालेमा विष्णु–शंकरले झोसेको पुनर्गठनको आगो : विद्याको वरिष्ठ पदसंगै खरानी भएको हो ?
पुनर्गठनको आगो निभेको हो कि खरानीमुनि दबिएको हो,—यसको उत्तर अब नेताहरूका भाषणले होइन, उनीहरूको आगामी व्यवहारले दिनेछ । वरिष्ठ नेता थपिँदैमा पार्टी नयाँ हुँदैन । केन्द्रीय कमिटीबाट प्रस्ताव पारित हुँदैमा संगठन बलियो हुँदैन । र नेतृत्वको विकल्प खोज्दैमा वैकल्पिक राजनीति निर्माण हुँदैन । त्यसका लागि विचारमा स्पष्टता, व्यवहारमा इमानदारी, संगठनमा लोकतन्त्र र जनताप्रति जवाफदेहिता आवश्यक […]