• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

नयाँ पुस्ता कि नयाँ तमासा ?

कसैलाई पक्राउ गर्यो भने— “सुशासन सुरु भयो !” कुनै संरचना भत्कायो भने, “विकासको नयाँ युग आयो !” तर कसैले सोध्यो “देशको आर्थिक नीति के हो ?” अचानक सबैको आवाज हराउँछ । नेपालको उद्योग नीति के हो ? कृषिलाई कसरी व्यावसायिक बनाउने ? विदेशबाट फर्कने युवालाई कहाँ रोजगारी दिने ? नेपालमा उत्पादन कसरी बढाउने ? आयात कसरी घटाउने ? निर्यात कसरी बढाउने ? शिक्षा सुधारको मोडल के हो ? स्वास्थ्य सेवाको दीर्घकालीन योजना के हो ? सरकारी संस्थालाई कसरी बलियो बनाउने ? भ्रष्टाचार रोक्ने संस्थागत संयन्त्र के हो ? यी प्रश्नहरू सोध्नासाथ सेलिब्रिटी राजनीति चुप हुन्छ । किनभने सेलिब्रिटीलाई क्यामेरा चाहिन्छ । नेतालाई नीति चाहिन्छ । सेलिब्रिटीलाई ताली चाहिन्छ । नेतालाई परिणाम चाहिन्छ । सेलिब्रिटीलाई आलोचना मन पर्दैन। नेतालाई आलोचनाबाट सिक्नुपर्छ ।

नेपालमा अहिले एउटा अनौठो राजनीतिक मौसम चलेको छ । पुराना नेता खराब भए। पुराना दल असफल भए । पुरानो व्यवस्था बिग्रियो। ३५ वर्ष खेर गयो । ठीक छ । अब प्रश्न—नयाँहरूले के ल्याए ? उत्तर आयो— नयाँ अनुहार ! अनि जनताले सोधे— “नीति ?” उत्तर आयो— “हामी पुरानाजस्ता होइनौँ !” फेरि जनताले सोधे— “आर्थिक योजना ?” उत्तर आयो— “पुरानाले देश बिगारे !” जनताले फेरि सोधे— “रोजगारी कसरी सिर्जना गर्छौ ?” उत्तर आयो— “हामीलाई मौका देऊ !” मौका दिइयो। अब जनताले फेरि सोध्दैछन् । “खै त ?” यही प्रश्नबाट नयाँ पुस्ताका केही सेलिब्रिटी नेताहरूको असली परीक्षा सुरु भएको छ ।

किनभने सामाजिक सञ्जालमा भाइरल हुनु र राज्य चलाउनु एउटै कुरा होइन। फेसबुकमा हजारौं कमेन्ट आउनु र देशको अर्थतन्त्र बुझ्नु एउटै कुरा होइन। टिकटकमा लाखौं भ्यु आउनु र अन्तर्राष्ट्रिय कूटनीति सञ्चालन गर्नु एउटै कुरा होइन । माइक समातेर पुरानालाई गाली गर्नु र देशको बजेट बनाउनु एउटै कुरा होइन । क्यामेराको अगाडि रिसाउनु र लाखौं बेरोजगार युवाको भविष्य बनाउनु एउटै कुरा होइन । तर नेपालमा आजकल नयाँ राजनीतिक सिद्धान्त जन्मिएको छ । जति धेरै भाइरल, उति धेरै योग्य ! जति ठूलो स्वर, उति ठूलो नेता ! जति धेरै आक्रोश, उति धेरै क्रान्ति ! जति धेरै भिड, उति धेरै जनादेश ! अब त कुनै नेता सडकमा आएर दुईवटा कडा शब्द बोल्यो भने— “वाह ! देश बचाउने नेता आएछ !” कसैलाई सार्वजनिक रूपमा अपमान गर्यो भने, “कति साहसी !”

कसैलाई पक्राउ गर्यो भने— “सुशासन सुरु भयो !” कुनै संरचना भत्कायो भने, “विकासको नयाँ युग आयो !” तर कसैले सोध्यो “देशको आर्थिक नीति के हो ?” अचानक सबैको आवाज हराउँछ । नेपालको उद्योग नीति के हो ? कृषिलाई कसरी व्यावसायिक बनाउने ? विदेशबाट फर्कने युवालाई कहाँ रोजगारी दिने ? नेपालमा उत्पादन कसरी बढाउने ? आयात कसरी घटाउने ? निर्यात कसरी बढाउने ? शिक्षा सुधारको मोडल के हो ? स्वास्थ्य सेवाको दीर्घकालीन योजना के हो ? सरकारी संस्थालाई कसरी बलियो बनाउने ? भ्रष्टाचार रोक्ने संस्थागत संयन्त्र के हो ? यी प्रश्नहरू सोध्नासाथ सेलिब्रिटी राजनीति चुप हुन्छ । किनभने सेलिब्रिटीलाई क्यामेरा चाहिन्छ । नेतालाई नीति चाहिन्छ । सेलिब्रिटीलाई ताली चाहिन्छ । नेतालाई परिणाम चाहिन्छ । सेलिब्रिटीलाई आलोचना मन पर्दैन। नेतालाई आलोचनाबाट सिक्नुपर्छ ।

सेलिब्रिटीलाई आफ्ना समर्थक चाहिन्छ । राज्य चलाउने नेतालाई सक्षम संस्था चाहिन्छ । यहीँबाट समस्या सुरु हुन्छ । नयाँ पुस्ताका केही नेताहरूले राजनीतिलाई विचार र नीतिको क्षेत्रबाट निकालेर व्यक्तिगत ब्रान्डिङको उद्योग बनाउँदैछन् । नेता होइन—ब्रान्ड । पार्टी होइन फ्यान क्लब । कार्यकर्ता होइन फ्यान । बहस होइन ट्रोलिङ । आलोचना होइन गाली । नीति होइन, नारा । अनि जनताको मत ? फ्यान क्लबको भोट ! यो राजनीति होइन । यो त सामाजिक सञ्जालको एल्गोरिदमलाई राज्य सञ्चालनको जिम्मा लगाउने प्रयास हो ।

आज एउटा भिडियो भाइरल भयो । नेता लोकप्रिय । भोलि अर्को भिडियो भाइरल भयो—अर्को नेता लोकप्रिय । तर देश ? देश कुनै भिडियो होइन । देश कुनै रील होइन । देश कुनै लाइभ कार्यक्रम होइन । देश कुनै स्टेज होइन । देश ३० सेकेन्डको भिडियोमा चल्दैन । देश चलाउन वर्षौंको अध्ययन, नीति, अनुभव, संस्थागत क्षमता र धैर्य चाहिन्छ । तर हामीकहाँ अहिले यस्तो भ्रम बेचिँदैछ, “हामी नयाँ हौं, त्यसैले हामी सक्षम छौं ।” होइन । नयाँ हुनु क्षमता होइन । नयाँ हुनु केवल जन्ममिति हो । क्षमता प्रमाणित गर्नुपर्छ । इमानदारी प्रमाणित गर्नुपर्छ । दूरदृष्टि प्रमाणित गर्नुपर्छ ।

नेतृत्व प्रमाणित गर्नुपर्छ । र सबैभन्दा महत्वपूर्ण कुरा परिणाम देखाउनुपर्छ । पुराना नेताहरूले गल्ती गरे । तर उनीहरूले राज्य चलाए । संस्था बनाए । सडक बनाए । बिजुली पु¥याए । शिक्षा विस्तार गरे । स्वास्थ्य प्रणाली विस्तार गरे । स्थानीय सरकार बनाए । संघीय संरचना बनाए । देशलाई विभिन्न संकटबाट पार लगाए । हो, उनीहरू भ्रष्ट भए । हो, उनीहरूले अवसर गुमाए । हो, उनीहरू असफल भए । तर उनीहरूको आलोचना गर्न सजिलो छ । अब नयाँहरूले त्योभन्दा राम्रो के गर्छन् ? यही प्रश्नबाट भाग्न पाइँदैन ।

“पुरानाले पनि गरेका थिए” भन्ने उत्तर अब चल्दैन । “पुराना पनि भ्रष्ट थिए” भन्ने उत्तर पनि चल्दैन । “हामीलाई काम गर्न दिइएन” भन्ने बहाना पनि सधैं चल्दैन । किनभने जनताले अब सोध्नेछन् । तिमीहरूले सत्ता माग्दा सबै समाधान गर्छौं भनेका थियौ । अब समस्या आयो भने पुरानालाई दोष किन ? तिमीहरू पुरानाजस्ता होइनौ भने पुरानाको गल्ती दोहो¥याउनु हुँदैन । पुरानाको जस्तै व्यक्तिपूजा गर्नु हुँदैन । पुरानाको जस्तै आलोचना सहन नसक्नु हुँदैन । पुरानाको जस्तै पार्टीभित्र प्रश्न दबाउनु हुँदैन । पुरानाको जस्तै समर्थकलाई अन्धभक्त बनाउनु हुँदैन । पुरानाको जस्तै संस्थालाई व्यक्तिको अधीनमा राख्नु हुँदैन । तर विडम्बना के छ भने पुरानालाई गाली गर्ने नयाँहरू पनि विस्तारै पुरानाकै बाटोमा हिँडिरहेका छन् ।

फरक यति मात्र छ पुरानाका हातमा झण्डा थियो । नयाँका हातमा मोबाइल छ । पुरानाका कार्यकर्ता नाराबाजी गर्थे । नयाँका समर्थक कमेन्टबाजी गर्छन् । पुरानाले सभा गर्थे । नयाँले लाइभ गर्छन् । पुरानाले पोस्टर टाँस्थे । नयाँले ट्रेन्ड चलाउँछन् । तर व्यक्तिपूजा ? उही । अन्धभक्ति ? उही । असहमति सहन नसक्ने संस्कार ? उही । आफ्नो नेता गलत हुन सक्छ भन्ने स्वीकार नगर्ने मानसिकता ? उही पुरानो । त्यसो भए नयाँ के भयो ? केवल प्रविधि नयाँ भयो । राजनीतिक संस्कार पुरानै रह्यो । अझ गम्भीर कुरा त के छ भने । नयाँ पुस्ताका केही सेलिब्रिटी नेताहरूले जनताको आक्रोशलाई नै आफ्नो राजनीतिक दर्शन बनाएका छन् । जनता रिसाएका छन् । उनीहरू पनि रिसाउँछन् ।

जनता पुरानासँग दिक्क छन् । उनीहरू पुरानालाई गाली गर्छन् । जनता भ्रष्टाचारसँग दिक्क छन् । उनीहरू भ्रष्टाचारको नारा लगाउँछन् । तर जनताको आक्रोशलाई राष्ट्र निर्माणको योजनामा बदल्ने क्षमता कहाँ छ ? रिसलाई नीति बनाउन सकिन्छ ? गालीलाई बजेट बनाउन सकिन्छ ? भाइरल भिडलाई उद्योगमा बदल्न सकिन्छ ? ट्रोल आर्मीलाई रोजगारी सिर्जना गर्न लगाउन सकिन्छ ? सकिँदैन । त्यसैले अब जनताले पनि आफ्नो राजनीतिक परिपक्वता देखाउनुपर्छ । नेता हाम्रो फ्यान होइन । नेता हाम्रो भगवान होइन । नेता हाम्रो मालिक होइन । नेता हाम्रो सेवक हो । उसले राम्रो काम गर्यो भने प्रशंसा गरौँ ।

गलत गर्यो भने प्रश्न गरौँ । भ्रष्टाचार गर्यो भने कारबाही मागौँ । अयोग्य भयो भने आलोचना गरौँ । हामीले पुराना नेताको अन्धभक्ति अस्वीकार गरेर नयाँ नेताको अन्धभक्ति स्वीकार गर्यौँ भने । हामीले राजनीति बदलेका होइनौँ । केवल अन्धभक्तको रंग बदलेका हौँ । अब रास्वपाका नयाँ पुस्ताका सेलिब्रिटी नेताहरूले बुझ्नुपर्छ । तपाईंहरू पुराना दलका आलोचक भएर मात्र नयाँ हुनुहुन्न । तपाईंहरू नयाँ नीति ल्याएपछि नयाँ हुनुहुन्छ । नयाँ आर्थिक दृष्टिकोण ल्याएपछि नयाँ हुनुहुन्छ । नयाँ रोजगारीको योजना ल्याएपछि नयाँ हुनुहुन्छ । नयाँ सुशासन प्रणाली बनाएपछि नयाँ हुनुहुन्छ ।

नयाँ राजनीतिक संस्कार देखाएपछि नयाँ हुनुहुन्छ । र सबैभन्दा महत्वपूर्ण ।
जनताको जीवनमा वास्तविक परिवर्तन ल्याएपछि मात्र नयाँ हुनुहुन्छ । नत्र तपाईंहरू पनि पुरानै राजनीतिक नाटकका नयाँ कलाकार मात्र हुनुहुन्छ । फरक यति हो । पुरानाहरूले दशकौंसम्म अभिनय गरे । नयाँहरूलाई जनताले अहिले नै ताली बजाइदिए । तर ताली बज्नु र इतिहास बन्नु एउटै कुरा होइन । आज सामाजिक सञ्जालमा ट्रेन्डिङ भएको मान्छे भोलि इतिहासको फुटनोट पनि बन्न सक्छ । आज गाली गरेर हिरो बनेको नेता भोलि आफ्नै गालीको शिकार हुन सक्छ । किनभने जनता सधैं मूर्ख हुँदैनन् । जनता ढिलो बुझ्छन् । तर जब बुझ्छन् । कुर्सीबाट सीधै सडकमा पु¥याउन पनि सक्छन् । त्यसैले अब सेलिब्रिटी नेताहरूलाई एउटा सानो सुझाव । क्यामेरा केही समय बन्द गर्नुहोस् । ट्रोल आर्मी केही समय आराम गर्न दिनुहोस् । फेसबुक लाइभ केही समय रोक्नुहोस् ।

अनि एकपटक देशको अर्थतन्त्रको किताब खोल्नुहोस् । कृषिको तथ्यांक हेर्नुहोस् । उद्योगको अवस्था बुझ्नुहोस् । रोजगारीको संकट बुझ्नुहोस् । विदेशी ऋण बुझ्नुहोस् । राजस्वको अवस्था बुझ्नुहोस् । संविधान पढ्नुहोस् । कानुन पढ्नुहोस् । कूटनीति बुझ्नुहोस् । राज्य सञ्चालनको जटिलता बुझ्नुहोस् । किनभने, देश फेसबुकको कमेन्ट सेक्सन होइन । देश टिकटकको भिडियो होइन । देश युट्युबको थम्बनेल होइन । देश तपाईंको व्यक्तिगत ब्रान्ड होइन । देश ३ करोड जनताको भविष्य हो । अनि त्यो भविष्यसँग खेल्ने अधिकार । कुनै पनि सेलिब्रिटीलाई छैन । पुराना असफल भए भने नयाँहरू अझ जिम्मेवार हुनुपर्छ । पुरानाले देश बिगारे भने नयाँहरूले देश बनाउनुपर्छ । पुरानाले भ्रष्टाचार गरे भने नयाँहरूले पारदर्शिता देखाउनुपर्छ । पुरानाले संस्था कमजोर बनाए भने नयाँहरूले संस्था बलियो बनाउनुपर्छ ।

पुरानाले जनतालाई धोका दिए भने नयाँहरूले परिणाम दिनुपर्छ । तर पुरानालाई गाली गरेर, सामाजिक सञ्जालमा भिड जम्मा गरेर, आलोचकलाई ट्रोल गराएर, विरोधीलाई अपराधी बनाएर र हरेक प्रश्नलाई षड्यन्त्र भनेर पन्छाएर । कुनै पनि पार्टी नयाँ हुँदैन । त्यो केवल पुरानो राजनीतिमा नयाँ अनुहारको मेकअप हो । अब जनताले सोध्नेछन् तिमीहरू साँच्चै नयाँ हौ ? कि केवल पुराना नेताबाट निराश जनताको भावनामा सवार भएका नयाँ सेलिब्रिटी ? अब भाषणले पुग्दैन । अब भाइरल भिडियोले पुग्दैन । अब गालीले पुग्दैन । अब नारा र स्टेजले पुग्दैन । अब चाहिन्छन् । योजना, नीति, क्षमता, अनुशासन, संस्था, परिणाम । किनभने अन्ततः इतिहासले यो लेख्ने छैन ।

“कुन नेता कति भाइरल भयो।” । इतिहासले लेख्नेछ । “कुन नेताले देशलाई कति बदल्यो ।” र यदि नयाँ भनिएका नेताहरूले पनि जनताको आक्रोशलाई आफ्नो व्यक्तिगत लोकप्रियताको इन्धन मात्र बनाए भने । जनताले एक दिन फेरि सोध्नेछन् । पुराना गएर नयाँ आएछन् कि । पुरानै रोग बोकेर नयाँ अनुहार मात्र आएछन् ? अस्तु

लेखक टेक नारायण पौडेल दयालु जैमिनी ४ बागलुङ हाल भारत बेङ्लोरमा हुनुहुन्छ ।