रेष्टुरेन्ट तथा क्याफे व्यवसायी संगठन बागलुङको अध्यक्षमा बेम्बोका सञ्चालक खड्का
बागलुङ । रेष्टुरेन्ट तथा क्याफे व्यवसायी संगठन बागलुङको तदर्थ समिति गठन भएको छ । समितिको अध्यक्षमा बेम्बो क्याफे एण्ड किचनका सञ्चालक शेखर खड्का चयन हुनुभएको छ । खड्काको अध्यक्षतामा मंसिर मसान्तभित्र सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी पहिलो अधिवेशन गर्ने गरी ११ सदस्यीय समिति गठन गरिएको रेष्टुरेन्ट व्यवसायी फेमिली गार्डेनका सञ्चालक गणेश थापाले जानकारी दिनुभयो । […]