बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकस्थित अमर खड्काको घरबाट खड्कासहित ९ जनालाई १ लाख ६४ हजार ९ सय २५ रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रिपोर्ट जि.सी., भीमबहादुर खत्री, चिरञ्जीवी शर्मा, केशव पराजुली, राजु गौतम, हरि शर्मा, डम्मरबहादुर भण्डारी र दुर्गाबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरू राजनीतिक दलका नेतादेखि, वकिल र व्यवसायमा आबद्ध रहेका छन् ।
गोप्य सूचनाको आधारमा खड्काको घरमा पुगेको प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट नगदसहित ४ सय ३८ पत्ती तास बरामद गरेको छ ।
