बागलुङ । मंसिर २ गते कांग्रेस बागलुङको नियमित जिल्ला अधिवेशन गरिने भएको छ ।
नेपाली कांग्रेस बागलुङको नियमित १५ औँ जिल्ला अधिवेशन पूर्वप्रधानमन्त्री तथा शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
नेपाली कांग्रेसको बागलुङ जिल्ला संयोजक सागर छन्त्यालले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा नियमित जिल्ला अधिवेशन गर्न थालेको पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
१५ औँ महाधिवेशन तयारीका लागि उपसभापति छन्त्याललाई जिल्ला संयोजक तोकेको थियो । नियमित महाधिवेशन अन्र्तगत वडा, नगर र क्षेत्रीय अभिवेशन सम्पन्न गरेर जिल्ला अधिवेशनको तयारी थालिएको हो ।
बागलुङ बजारमा आयोजना हुने अधिवेशनमा कांग्रेसका नेता शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने भएको छ ।
अधिवेशनको तयारी र कार्यक्रमबारे सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । अधिवेशनका लागि विभिन्न तयारी उपसमितिसेत गठन गरिएको छ ।
ज्ञानेन्द्र गौतमको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, नरेश कँडेलको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, शिव आचार्यको संयोजकत्वमा यातायात व्यवस्थापन उसमिति, प्रेम थापाको संयोजकत्वमा सांस्कृतिक व्यवस्थापन उपसमिति, यामबहादुर थापाको संयोजकत्वमा स्वयम सेवक तथा युवा परिचालन उपसमिति, लक्ष्ॉमाया पुनको संयोजकत्वमा अतिथि सत्कार उसमिति, केशव थापाको संयोजकत्वमा मंच व्यवस्थापन उपसमिति र राजनकुमार शाक्यको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन उपसमिति गठन भएको छन्त्यालले बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रम तयारी समितिका संयोजक सागर छन्त्यालको अध्यक्षता र ज्ञानेन्द्र गौतमको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सभापति जित शेरचन, पूर्व सभापति मणिभद्र शर्मा कँडेल, दिपेन्द्र थापा लगायतले धारणा राख्नु भएको थियो ।