बागलुङ । भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका बागलुङका रमेश सुनारको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर आज अन्त्येष्टि गरेको छ ।
बागलुङको गलकोट नगरपालिका–२ नरेठाटी स्थित घामपानी निवासी सुनार एक हप्तादेखि अपर त्रिशुली २१३ मा कार्यरत थिए । रोजकारीकालागि दुबै पुगेका सुनार पर्चुगल जाने योजनामा थिए ।
घरका आर्थिक अवस्था कमजोर रहेको सुनारले भिषा नआउन्जेल भोटेकोशीमा गएर कमाउने निधोका साथ बाढी पूर्व एक हप्ता मात्रै कामका लागि जलविद्युत आयोजनामा पुगेको परिवारका सदस्य डम्मर सुनारले बताउनुभयो । त्यहाँ कार्यरत उनी गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए ।
सम्पर्कमा नआएपछि झिनो आश बोकेर परिवार सुनारलाई खोज्न गएपनि रित्तोहात फर्केका थिए । रमेश सुनारको कुशको शव बनाई दाहसंस्कार गरेर किरिया थालेको आफन्त डम्मर सुनार बताउनुहुन्छ । दुई सन्तान र श्रीमतीलाई एक्लै छोडेर भोटेकोशी पुगेका सुनार फर्केर नआउदा परिवारका सदस्यमाथी गम्भिर आघात पुगेको छ ।
त्रिशुली जलविद्युत परियोजनाले खोजीकार्य स्थगित गर्दै सुनारलाई मृत घोषणापछि संस्कार अनुसार किरिया बस्न थालेको उहाँको भनाई छ । मजदुरीको क्रममा भोटोकेशी पुगेका सुनार एक हप्तामै बाढीमा वेपत्ता भएका थिए ।
२९ वर्षीय सुनारको श्रीमती, एक छोरी र एक छोरा छन् । साना छोराछोरीको शिक्षा र लालनपालनमा सुनार परिवारले सहयोगकोको हात समेत फैलाएको मृतकका बुबा धन बहादुर सुनारले दुखेसो पोख्नुभयो ।
