चाडपर्वको खुसी, सामाजिक सद्भाव र जिम्मेवारी
सम्पादकीय । नेपाली समाज विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध छ । यही विविधताभित्रको एकता र सहिष्णुता नेपाली समाजको मौलिक पहिचान हो । विजया दशमी, दीपावली, छठलगायतका चाडपर्वले यही पहिचानलाई जीवन्त बनाउँदै परिवार, आफन्त र समुदायलाई आपसमा जोड्ने काम गर्छन् । यतिबेला प्रमुख चाडपर्वको रौनक सुरु भएको छ…

