बागलुङ । जिल्ला भलिबल संघ बागलुङको अध्यक्षमा गोरख बहादुर भण्डारी चयन भएका छन् ।
सोमबार बागलुङमा सम्पन्न पाँचौ अधिवेशनबाट सर्वसम्मत रुपमा भण्डारी चयन भएका हुन् । संघको उपाध्यक्षमा अर्जुन खड्का, होम थापा, महासचिवमा मन बहादुर पुन, कोषाध्यक्षमा दिलिप थापा चयन भएका छन् ।
सदस्यहरुमा योगश भण्डारी, माया रोका, यमदिप पुन, सुरक्षा जिसी, याम कुमार नेपाली, गोविन्द बहादुर थापा चयन भएका छन् ।