• २०८३ कार्तिक २७, बिहीबार
  • 2026 November 12, Thursday

प्रसुती प्रतिक्षा घर निर्माणले गर्भवतीलाई राहत

  • २०८३ कार्तिक २७, बिहीबार

बागलुङ । बागलुङका चार स्वास्थ्य संस्थामा प्रसुती प्रतिक्षा घर निर्माण गरेर गर्भवतीलाई सेवा प्रदान गरिएको छ ।

स्वास्थ्य संस्थामा आउने गर्भवती र सुत्केरी महिलालाई आवासीय सुविधा दिनका लागि एक आर्थिक वर्षमा चार वटा स्वास्थ्य संस्थामा निर्माण गरेको प्रसुती प्रतिक्षा घरबाट १३२ जनाले सेवा लिएका छन् ।
प्रसुती प्रतिक्षा घरले बागलुङका स्थानीय तहमा स्वास्थ्य सेवा सुधार, मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा र सीमान्तकृत समुदायको स्वास्थ्य सेवामा सुधार आएको छ ।

फेयरमेड फाउण्डेशन नेपालको सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजीडिएफ) सँगको साझेदारीमा सञ्चालित ‘सम्बोधन परियोजना’ले संस्थागत प्रसुती प्रवद्र्धनका लागि ढोरपाटनको लाकुरीबोट आधारभूत स्वास्थ्य केन्द्र, बडिगाड आधारभूत अस्पताल, गलकोट नगर अस्पताल र कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति प्रतीक्षा घर स्थापना गरेर १३२ जानले सेवा लिएको फेयरमेड फाउण्डेशनका संयोजक गणेश बरुवालले जानकारी दिनुभयो ।

परियोजनाले तीन÷तीन लाख खर्चेर गलकोट र लाकुरीबोटमा भवन निर्माण गरेको हो भने बडिगाड र कुश्मिसेरामा निर्माण भएको भवनमा आवश्यक सामाग्री खरिद गरेको थियो ।
परियोजानले १० वटै स्थानीय तहमा स्वास्थ्य उपकरणमा सहयोग, आमा प्रतिक्षा घर निर्माण तथा स्वास्थ्य सचेतनामा ठूलो योगदान पु¥याएको पाइएको छ ।

परियोजनाले जिल्लाभरका ४९ स्वास्थ्य संस्थाको स्तरोन्नती र गुणस्तरीय सेवा प्रभावहमा समेत सघाउदै आएको छ । परियोजनाको सहयोगमै गलकोट नगरपालिका–२ स्थित नरेठाँटी स्वास्थ्यचौकीको न्यूनतम सेवा मापदण्ड (एमएसएस) को अंक चार वर्षमा ४६ बाट बढेर ९८ पुगेर प्रदेशकै उत्कृष्ट स्वास्थ्य चौकी बनेको छ ।

परियोजनाको सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा प्रयोगविहीन उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ । धौलागिरि प्रादेशिक अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) सुदृढीकरणले समय नपुगी र न्यून तौलमा जन्मिएका शिशुको उपचारमा सहजता भएको हो ।

  • २०८३ कार्तिक २७, बिहीबार