• २०८३ कार्तिक २४, सोमबार
  • 2026 November 09, Monday

अवैद्य पटका बरामद गरी नष्ट

  • २०८३ कार्तिक २४, सोमबार

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले तिहार लक्षित गरी अवैध रूपमा बिक्री गनए थालिएको पटका बरामद गरी नष्ट गरिएको छ ।

प्रहरीको सक्रियतामा दुई हजार ३३७ थाप पटका बरामद गरी नष्ट गरिएको प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

रकेटबम १०, चक्रबम १०, तोरी बम ४२, आलुबम ४, झिरमिरे ७९, खुर्सानी २१९०, फुलझडी २ लगायतका पटका निस्क्रिय गराइ खाडलमा पुरिएको प्रहरीले जनाएको छ ।
चाडपर्वका समयमा कानूनले बर्जीत गरेको पटका खरिद बिक्रीभएको पाइएपछि बरामद गरेर नष्ट गरेको हो ।

  • २०८३ कार्तिक २४, सोमबार