• २०८३ कार्तिक २३, आईतवार
  • 2026 November 08, Sunday

बडिगाडको नौटुवा गाउँमा स्वास्थ्यको पहुँच

  • २०८३ कार्तिक २३, आईतवार

बागलुङको दुर्गम गाउँ नौटुवामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । बागलुङको बडिगाड गाउँपालिका–१ नौटुवामा सामुदायिक स्वास्थ्य इकाइ शुक्रबारबाट सञ्चालनमा आएको छ ।

बडिगाड गाउँपालिकाले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिने वातावरण बनाएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा लिन एक घण्टाभन्दा बढी पैदल हिँडेर दगातुन्डाँडा स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता रहँदै आएकोमा नौटुवा क्षेत्रका नागरिकले गाउँमै स्वास्थ्य सेवा पाउन थालेको अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि खोप सेवासहित आधारभूत स्वास्थ्य सेवा लिन स्थानीयलाई सहज भएको छ ।

गण्डकी प्रदेश सरकारको रु. १० लाख लागतमा गतवर्षनै निर्माण भएको भवनमा नगरपालिकाले स्वास्थ्यकर्मी र औषधीको व्यवस्था मिलाएको छ ।स्वास्थ्य इकाइमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी खडा गरेर सेवा दिन थालिएको हो । यसअघि खोप केन्द्रका रूपमा रहेको उक्त स्थानबाट अब बर्थिङ सेवाबाहेक अन्य आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि स्थानीय खुसी भएका छन् ।
स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पु¥याउने गाउँपालिकाले स्वास्थ्यचौकीको पहुँच टाढा रहेको स्थानमा स्वास्थ्य इकाई स्थापना गरेको हो ।

  • २०८३ कार्तिक २३, आईतवार