गण्डकीका सहकारी रजिष्ट्रार रिजालको सरुवा : २८ महिनामा ५० करोड बचत फिर्ता
सारांश २८ महिनामा भएका मुख्य काम निष्क्रिय सहकारी संख्या ५२२ बाट घटाएर २७७ मा झारियो । अद्यावधिक सहकारी संख्या ४२२ बाट बढाएर ५९५ पु¥याइयो । सहकारी हिनामिनामा संलग्न संस्थामाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइयो । विभिन्न सहकारीबाट करिब ५० करोड रुपैयाँ बचतकर्तालाई फिर्ता गराइयो । वार्षिक १०० भन्दा बढी सहकारी संस्था अनुगमन गरियो । […]