बाढी, पहिरोले सडक बन्द, बाटोमै सुत्केरी
बागलुङ । बागलुङको बडिगाडमा एक महिला बाटोमै सुत्केरी भएकी छिन्। बडिगाड गाउँपालिका–३ की २५ वर्षीया सरिता थापालाई प्रसव पीडा सुरु भएपछि डोकोमा बोकेर स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा आइतबार बिहान बाटोमै शिशु जन्म भएको हो। असोज ८ गतेदेखि परेको पानी र हावाहुरीका कारण सडक अवरुद्ध भएपछि उहाँलाई स्वास्थ्य चौकी पु¥याउन कठिनाइ भएको थियो। शनिबार रातिदेखि नै […]