• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

१५औँ नेपाल फेस्टिवलको आय–व्यय सार्वजनिक

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले १५औँ नेपाल फेस्टिवलको आय–व्यय तथा नेपाल हाउसका लागि जग्गा खरिद र टेन्डर प्रक्रियाबारे सार्वजनिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

एनआरएनए जापानका अनुसार कार्यक्रम अक्टोबर ४, २०२६ आइतबार दिउँसो २ बजे शिन–ओकुबोस्थित सोलमारी रेस्टुरेन्टमा हुनेछ ।

कार्यक्रममा १५औँ नेपाल फेस्टिवलसँग सम्बन्धित आम्दानी तथा खर्चको विवरण, साथै नेपाल हाउसका लागि जग्गा खरिद र टेन्डर प्रक्रियाबारे जानकारी सार्वजनिक गरिने जनाइएको छ ।

जापानमा नेपाली कला, संस्कृति र पहिचान प्रवद्र्धनका लागि आयोजना गरिएको १५औँ नेपाल फेस्टिवलको आम्दानी नेपाल हाउस निर्माण अभियानमा समेत उपयोग गर्ने योजना रहेको यसअघि सार्वजनिक गरिएको थियो ।