बागलुङ । रेष्टुरेन्ट तथा क्याफे व्यवसायी संगठन बागलुङको तदर्थ समिति गठन भएको छ ।
समितिको अध्यक्षमा बेम्बो क्याफे एण्ड किचनका सञ्चालक शेखर खड्का चयन हुनुभएको छ ।
खड्काको अध्यक्षतामा मंसिर मसान्तभित्र सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी पहिलो अधिवेशन गर्ने गरी ११ सदस्यीय समिति गठन गरिएको रेष्टुरेन्ट व्यवसायी फेमिली गार्डेनका सञ्चालक गणेश थापाले जानकारी दिनुभयो ।
तदर्थ समितिको उपाध्यक्षमा लसाकुसाका सञ्चालक शौरभ श्रेष्ठ, सचिवमा कौसीका सञ्चालक सुमन जिसी र कोषाध्यक्षमा मिङ्ग प्यालेसका सञ्चालक लक्ष्मण थापा चयन हुनुभएको छ ।
